फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेको प्रशिक्षणमा सम्बोधन गर्दै रामबहादुर थापा बादलले मदन, आश्रितको हत्या २०५० सालमा किन भयो? भन्ने प्रश्न गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले त्यसमा राजनीतिक कारणहरु भएको बताए।
'एउटा दुर्घटनाको रुपमा मदन, आश्रितको हत्या गरियो। त्यसको पछाडि राजनीतिक कारणहरु छन्', उनले भने।
बादलले इतिहासलाई खोतलेर हेर्दाखेरी मदन भण्डारीले जुन राजनीतिक कार्यक्रम र विचार अगाडि सारेका थिए, त्यो राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा भएको बताए। 'त्यो विचार साम्राज्यवाद र विस्तारवादको विरुद्धमा थियो', उनले भने।
बादलले मदन भण्डारीले अघि सारेका विचार र कार्यक्रम राष्ट्रवादको पक्षमा भएको बताए। सम्बोधनका क्रममा उनले भण्डारीको राजाले आफ्नो श्रीपेच फुकालेर राजनीतिक प्रतिस्पर्धामा आउनुपर्छ भन्ने भाषणको पनि स्मरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।