काठमाडौं– नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा बागमती प्रदेशको इञ्चार्जका रुपमा रामबहादुर थापा 'बादल'ले नै सम्बोधन गरेका छन्।
कार्यक्रम सञ्चालकले उनलाई बागमती प्रदेशको इञ्चार्जकै रुपमा सम्बोधनका लागि अनुरोध गरेका थिए।
बादल अघि भेलालाई प्रशिक्षण दिएकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भने सञ्चालकले सम्बोधनका क्रममा बागमती प्रदेश मुख्यमन्त्री र उपाध्यक्षका रुपमा प्रशिक्षणका लागि बोलाएका थिए।
नेकपा एमालेको संगठन संरचना २०७५ जेठ २ मा फर्किएको बताइए पनि एमालेका अधिकांश कार्यक्रममा त्यसको 'कार्यान्वयन' नभएको पाइन्छ। एमाले बागमती प्रदेशको संयोजकमा अष्टलक्ष्मी शाक्य नै रहेकी छन्।
पार्टी भित्र भएको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनलाई लैजाने भनिए पनि त्यसको पूर्ण पालना भने भएको छैन। भेलालाई सम्बोधनका क्रममा शाक्यले अन्तरपार्टी निर्देशन १२ र १० बुँदे सहमतिलाई अक्षरस: पालना गरेर अघि बढ्नुपर्ने धारणा राखेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।