काठमाडौं- नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो पार्टी सुन र हिराको भएको बताएका छन्।
बिहीबार एमालेको काठमाडौं जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीबाट केही पित्तलहरु झरेर गएको र केही काँचका टुक्राहरु फुटेर गएको बताए।
'हरेक पहेँला धातुहरु सुन हुँदैन। हरेक चम्किला सिसाहरु हिरा हुँदैनन्। हिरा हो कि सिसा हो भनेर छुट्याउने क्षमता तपाईंहरुसँग हुनुपर्छ। एमाले काँचको टुक्राहरुको पार्टी होइन। हिराहरुको पार्टी हो। हिरा र सिसा छुट्याउने आँट तपाईंहरुसँग हुनुपर्छ', उनले कार्यकर्ताहरुलाई भने।
श्रेष्ठले एमालेलाई नर्कटहरुको नभई सतीसालको पार्टी भएको पनि बताए। तर मुखले भनेर मात्रै सतीसालको पार्टी नबनिने उनको भनाइ छ। 'मेचीमा के भयो, महाकालीमा के हुँदैछ। सबैले जानकारी राख्न सक्दैन। काठमाडौंमा के भयो। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सबैले जानकारी राख्न सक्छ', काठमाडौंमा प्रशिक्षणको महत्त्व बताउँदै उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।