काठमाडौं- गृहमन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।
गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार काज सरुवा गरिएको हो।
ललितपुरमा घनश्याम उपाध्याय र भक्तपुरमा रुद्रादेवी शर्मालाई सरुवा गरिएको छ।
यस्तै, पुन्यविक्रम पौडेललाई गुल्मी, शंकरहरि आचार्य गोरखा र काशीराज दाहाललाई मोरङ सरुवा गरिएको छ।
यता, दिपककुमार पहाडीलाई रामेछाप सरुवा गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।