काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
सत्तारुढ दल नेकपा एमालेका एक नेताका अनुसार २ जना मन्त्री र ३ जना राज्यमन्त्री थपेर आचार्यले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्। नयाँ मन्त्रीहरुको शपथ केही बेरमा हुन जनाइएको छ।
मन्त्रीमा तुलसी न्यौपाने र हिरा थापाले सपथ लिँदै छन्। यस्तै राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई नियुक्त गर्ने तयारी भइरहेको ती नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।