फाइल तस्बिर।
काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले एमाले मुलुकको ठूलो शक्ति भएकाले नआत्तिन सबैमा आग्रह गरेका छन्।
बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै भुसालले एमाले धेरै ठूलो अप्ठ्यारोबाट अघि बढेपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए।
‘एमाले मुलुकको सर्वथा ठूलो र प्रभावकारी भूमिका खेल्नुपर्ने ठाउँमा आज पनि छ। यो सानोतिनो कुरा होइन। यस हिसाबले भन्दा कमरेडहरु हामी धेरै ठूलो चोटहरुबाट पछारिएर आएका छौं’ भुसालले भने, ‘हामी आत्तिने होइन। आज पनि हामी ठूलो पार्टी हौं। ठूलो शक्ति हौं। राष्ट्रिय रुपमै ठूलो शक्ति हौं।’
एमालेले सोचेर नमात्तिएर अघि बढ्नु पर्ने भुसालले बताए। ‘हामी ठूलो शक्ति हौं भनेर कुनै हिसाबले मात्तिने छुट छैन। हामी मात्तिनु हुँदैन’, भुसालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।