फाइल तस्बिर।
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने बताएका छन्।
बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताए।
उनले संविधान संशोधन गर्नुपर्ने आवश्यक रहेको समेत स्मरण गरे। 'मैले त दोस्रोपटक प्रधानमन्त्री भएका बेला दुई पटक संसद्मा संशोधन प्रस्ताव दर्ता गराएको हुँ। प्रतिमागी र दक्षिणपन्थी कारण त्यो संशोधन त्यतिबेला सम्भव भए। हाम्रो कोसिस छ संविधान संशोधन गर्ने', प्रचण्डले भने, 'यसलाई परिमार्जन गर्दै राष्ट्र र जनताको आवश्यकता अनुसार अगाडि बढियोस् भन्ने हाम्रो चाहना छ।'
शान्तिपूर्ण रूपमा बहसकै हिसाबले जाओस् भन्ने आफूहरूको चाहना रहेको उनले बताए। संविधानले संशोधन र परिमार्जन गर्ने बाटो खुला राखेको प्रचण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।