काठमाडौं– नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्।
संसदीय दलको मान्यता पाएपछि मंगलबार बसेको बैठकले सोडारीलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो।
नेकपा एमाले विभाजन भइ गठन भएको नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सभामा १४ जना प्रदेश सभा सदस्य (सांसद) छन्। एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।