Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यी सांसद जसको लम्बिइरहेछ मन्त्री बन्ने पर्खाइ !

64x64
नेपाल लाइभ मंगलबार, भदौ २९, २०७८  १९:२३
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना नाघिसकेको छ। तर, सरकारमा अहिलेसम्म प्रधानमन्त्रीबाहेक चारजना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन्। सरकारले पूर्णता नपाउँदा सार्वजनिक रुपमा समेत प्रधानमन्त्री देउवा र गठबन्धनको आलोचना चुलिएको छ।

तर, चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री देउवा र गठन्धनका नेताहरुको भाका कैयौं पटक सरेको सर्‍यै छ। त्यसमा अनेक कारण अगाडि सारिएका छन्। गठबन्धनका घटकहरुभित्र मन्त्री बन्ने आकांक्षीको ठूलो संख्या, मन्त्रालय भागवण्डालगायत कुरा छँदैछन्, राजनीतिक दल सम्बन्धी अध्यादेशबाट खुकुलो पारिएको दल विभाजनसम्बन्धी व्यवस्था पनि यसमा जोडिएको छ। अहिले यो विषय सर्वोच्चमा विचाराधीन छ। 

गठबन्धनमा सहभागी दलका नेताहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई दबाब दिइरहेका छन्। अध्यादेश संसद्‌मा टेबल भएपनि एमालेले निरन्तर संसद् अवरुद्ध गरेकाले यसको टुंगो लाग्नसकेको छैन। 

अध्यादेश यथावत् रहेको अवस्थामा पार्टी फुट्ने जोखिम कायमै हुने भएकाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पहिले अध्यादेश निष्क्रिय पार्न आग्रह गरिरहेका छन्। तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अध्यादेश निष्क्रिय पार्न नहुने पक्षमा रहेको गठबन्धनका एक नेता बताउँछन्। यसले गर्दा मन्त्रीका आकांक्षीहरुको पर्खाइ झन् लम्बिएको छ।

केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका सबै (४९) प्रतिनिधि सभा सदस्यहरु मन्त्रीका आकांक्षी बनेको भन्दै सार्वजनिक कार्यक्रममै कटाक्ष गरेका थिए। पछिल्लो समय गठबन्धनका सबै घटकभित्र मन्त्री बन्नेको नाम मोटामोटी टुंगो लागिसकेको नेताहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘मन्त्री बन्नेको मोटामोटी टुंगो लागिसकेको छ, मन्त्रालय भागवण्डामा पनि कुनै समस्या छैन, त्यो केहीबेरमै मिल्छ। मुख्य कुरा मन्त्रिपरिषद् विस्तार कहिले गर्ने भन्ने मात्र समस्या हो’, जसपाका एक शीर्ष नेताले नेपाल लाइभसँग भने। 

मन्त्रीका आकांक्षीका रुपमा चर्चामा आइरहेका कतिपयले त अग्रिम बधाई खाएको पनि लामो समय हुन लाग्यो। ‘नाम सार्वजनिक भइसक्यो, अब हामी मन्त्री नबन्दै चलखेल भएर अरु नै मन्त्री बनिदेलान् भन्ने तनाव छ’, मन्त्रीका रुपमा चर्चामा आएका एक सांसदले भने, ‘एक रातमै राजनीति उलटफेर हुन्छ, फेरि पनि चर्चा मात्र हुने हो कि भन्ने चिन्ता छ।’ 

यी हुन् मन्त्रीको पर्खाइमा रहेकाहरू
देउवा नेतृत्वको मन्त्रिपरिषद्‌मा कांग्रेसले प्रधानमन्त्रीबाहेक ६ वटा मन्त्रालय पाउने टुंगो लागेको छ। देउवाले यसअघि नै आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइसकेका छन्। कांग्रेसभित्र आफ्नो समूहबाट अब पुष्पा भुसाल र मीन विश्वकर्मालाई मन्त्री बनाउनुपर्ने दबाब देउवामाथि छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर, पार्टीभित्रको सन्तुलन मिलाउन देउवालाई निकै कठिन छ। संस्थापनइतर पक्षले संस्थापनबाट तीनजना मन्त्री बनिसकेकाले कोटा पुगेको भन्दै दबाब बढाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने निश्चित जस्तै छ। तर, उनको यो पर्खाई कहिलेसम्म लम्बिने हो टुंगो छैन। पौडेलपक्षबाट तेजुलाल चौधरी र मिनेन्द्र रिजालमध्ये थप एकजना मन्त्री बन्नसक्ने पौडेलनिकट कांग्रेसका एक सांसदले बताए। त्यस्तै, कृष्णप्रसाद सिटौलापक्षबाट उमाकान्त चौधरीको नाम चर्चामा छ। 

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल मन्त्री हुने निश्चित जस्तै भइसकेको माओवादीका एक नेता बताउँछन्। सिनियर नेता सरकारमा जाने भएमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हरिबोल गजुरेल पनि मन्त्री बन्न सक्ने उनले बताए। माओवादीबाट यसअघि नै अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल देउवा मन्त्रिपरिषद्‌मा छन्। यसबाहेक समानुपातिक समावेशी प्रतिनिधित्वलाई ख्याल गरेर सुदन किराती, सन्तकुमार थारु, महेश्वर गहतराज र अमनलाल मोदी पनि मन्त्री बन्न सक्ने माओवादी स्रोतले बतायो। 

एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा पनि मन्त्रीका आकांक्षी धेरै रहेपनि लगभग नाम तय भइसकेको एक नेताले बताए। ती नेताका अनुसार अन्तिम घडीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छाडेर आएकाहरुलाई प्राथमिकता दिइने भएको छ। एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, गोपाल बम, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खपुङ, रामकुमारी झाँक्री र निरादेवी जैरुमध्ये मन्त्री बन्ने लगभग टुंगो लागेको बताइन्छ। 

जसपाबाट पनि मन्त्री बन्नेहरुको नाम मोटामोटी टुंगो लागेको छ। तर, अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरमारमा जाने वा नजाने भन्ने निर्क्योल भइसकेको छैन। उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएमा यादव आफैं सरकारमा जाने तयारीमा छन्। जसपाबाट महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, मोहम्मद इस्तियाक राई, अमृता अग्रहरी र प्रमोद साहमध्येबाटै मन्त्री हुने लगभग तय भएको एक नेताले बताए। 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा
नारायणगढ मुग्लिड सडक बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द
सम्बन्धित सामग्री
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध शिक्षा, अर्थतन्त्र, विकास, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव संगालेका बज्राचार्यलाई पार्टी अध्यक्ष कुलमान घिसिङले... शनिबार, मंसिर १२, २०८३
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा डा.शर्माले डोल्पाबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केए... शनिबार, मंसिर १२, २०८३
महावीर पुनको योजना : हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधिबाट पुनर्जीवन दिने शुक्रवार हेटौँडा कपडा उद्योगको अवलोकन गर्दै मन्त्री पुनले उद्योगमा रहेका मेसिनहरू निकै पुरानो प्रविधिका भएपनि अझै काम गर्न सक्ने अवस... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध शनिबार, मंसिर १२, २०८३
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा शनिबार, मंसिर १२, २०८३
नारायणगढ मुग्लिड सडक बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द शनिबार, मंसिर १२, २०८३
महावीर पुनको योजना : हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधिबाट पुनर्जीवन दिने शनिबार, मंसिर १२, २०८३
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
प्रधानमन्त्री बालेन पनि राष्ट्रपति भेट्न शीतल निवासमा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्