फाइल तस्वीर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ। अपराह्न ४ बजेका लागि बोलाइएको बैठक आधा घण्टापछि सुरु भएको हो।
बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक संसद्बाट तत्काल पारित नहुने भएपछि सरकार बजेट खर्च गर्न नपाउने अवस्थामा पुग्न लाग्दा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
संसद्मा विधेयक पेस भएपनि प्रमुख प्रतिपक्ष एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठक असोज ४ गते बस्नेगरि सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।