फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग अलमलिएर बसेकाहरुलाई आफूतिर आउन आग्रह गरेका छन्। उनले प्रचण्डको मोहजालमा नपर्नसमेत सुझाए।
उनले प्रचण्डले मान्छे भुलाउने र हो कि जस्तो गराउने बताए। 'प्रचण्ड यस्तो तान्त्रिक जस्तो हुन्। यस्तो मायावी मान्छे हुन्। जादुगरले जस्तो मान्छे भुलाउने, अलमल्याउने काम गर्छन्। कुरा सुन्दा हो कि त जस्तो। दुनियाँ नै ढाँटेर खाएका छन्। एकपल्ट त देशभरिका युवालाई पछि लगाइदे, हो कि क्या हो प्रचण्डजस्तो पारेर, साँच्चै परिवर्तन ल्याउँछ कि जस्तो पारेर, युवाहरु होमिएका छन्, होमिएका छन्। २०६४ मा भोट थुप्रिएको हेर्नुस् त। त्यसपछि सरकार बनाएर के गरे?,' उनले भने।
प्रचण्ड सबै हिसाबले राम्रो भएता पनि छट्टु र धोकेवाज नेता भएको ओलीको आरोप छ। 'उहाँ एउटा असल बाबु, असल काका, असल ससुरो हो तर धोकेवाज नेता हो,' ओलीको भनाइ छ, 'राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाइँ, राम्रो बा, राम्रो काका। बेइमान नेता। उहाँ सबै हिसाबले राम्रो हुनुहुन्छ। एउटा मात्रै खराबी छ। छट्टु नेता, धोकेवाज नेता।'
ओलीले प्रचण्डमा कार्यकर्तालाई छक्याएर, मराएर अनि तिनको रगत, बेहाल, पसिना, क्रन्दनमाथि आफ्नो राजनीतिक दुनो सोझो पारिहाल्ने स्वभाव रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।