काठमाडौं- बजेटको विनियोजन विधेयकमाथि छलफल सुरु भएको छ। सरकारले केही दिन अघि पेश गरेको प्रतिस्थापन विधेयक आज पारित गर्नुपर्ने भएकाले सरकारले उक्त विधेयक संसदमा पेश गरेको हो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकै बीचमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठकको सुरुमा विधेयक पेश गर्ने समय उपलव्ध गराएका थिए।
सभामुख सापकोटाले बैठक सुरु गरे लगत्तै एमाले सांसदहरु बिरोध गर्दै वेल घेर्न पुगेका थिए। बजेटमाथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले आफ्नो धारणा राखेका छन्।
उनले अमेरिकी परियोजना एमसीसी पारित गर्न नहुने बताए। अमेरिकाले एशियामा हतियार बेच्ने थलो बनाउने रणनीति अन्तर्गत आएकाले स्वीकार गर्न नहुने तर्क गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।