काठमाडौं- नेकपा एमालेले मंगलबारको प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको छ। भदौ २३ देखि वेल घेरेर अवरोध गरिरहेको सो पार्टीले त्यसलाई निरन्तरता दिएको हो।
औपचारिक रुपमा बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु बेल घेर्न पुगेका थिए। तर सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई 'विनियोजन विधेयक २०७८' माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए। शर्माले प्रस्ताव प्रस्तुत गरेसँगै त्यसमाथि छलफल सुरु भएको छ।
एमालेको अवरोधका बीच भदौ २३, २५ र २७ गतेका बैठक पनि सञ्चालन गरिएको थियो। मंगलबार पनि विनियोजन विधेयकमाथिको छलफल अघि बढिरहँदा एमालेका सांसद्हरुले नाराबाजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।