काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्ने भएको छ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने तय भएको माओवादी स्थायी समिति सदस्य गणेश साहले बताए। बैठकमा सरकारमा जाने मन्त्री, एमसीसी र समसामायिक राजनीतिक विषयमा छलफल हुने बताएको छ।
बैठकमा नियमावली र निर्वाचन निर्देशिकाबारेमा छलफल हुने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए।
संसद्मा भइरहेको अवरोधका विषयमा पनि बैठकमा छलफल हुने माओवादीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।