फाइल तस्वीर
काठमाडौं– प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ। सभामुखले दिउँसो १ बजेका लागि बैठक बोलाएको संसद सचिवालयले जनाएको छ।
गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ।संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ। एमाले विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन्।
एमाले विभाजन भई माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ।
सर्वदलीय बैठक बहिष्कार गरेकाले एमालेले आजको बैठक पनि अवरोध गर्ने सम्भावना रहेको छ। यसअघिका बैठकमा अवरोधकै बीच सरकारले विभिन्न विधेयक पेस गरेको छ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव राख्ने कार्यसूची रहेको छ।
आजकै बैठकमा शोकप्रस्तावसम्बन्धी कार्यसूचीसमेत तय भएको सचिवालयले जनाएको छ।
यस्तो छ सम्भावित कार्यसूचीः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।