• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा एकीकृत समाजवादीले तीन प्रदेशमा दलका नेता चुन्यो, तीनमा बाँकी

64x64
नेपाल लाइभ सोमबार, भदौ २८, २०७८  १७:३९
1140x725

काठमाडौं- शुक्रबारदेखि नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीको प्रदेश सभा सदस्यको मान्यता पाएपछि प्रदेशमा संसदीय दलको नेता चयन गर्ने क्रम सुरु भएको छ।

सातवटा प्रदेशमध्ये ६ प्रदेशमा मात्रै उपस्थिति जनाएको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म तीनवटा प्रदेशमा संसदीय दलको नेता चयन गरिसकेको छ भने तीनवटा प्रदेशमा दलको नेता चयन हुन बाँकी छ।

संसदीय दल गठनपश्चात दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकलाई थप सेवा सुविधा प्रदेशसभा सचिवालयले उपलब्ध गराउनुपर्ने छ। गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादीको सांसद नै नभएकाले त्यहाँ उक्त दलको हैसियत रहने छैन। 

प्रदेश १ को संसदीय दलको नेतामा केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्रकुमार राई चयन भएका छन्। एमाले विभाजित भएर गठन भएको एकीकृत समाजवादीका प्रदेश १ मा १० जना सांसद् छन्। संसदीय दलको नेता चयन गरेपनि अन्य पदाधिकारी भने चयन भइनसकेको सांसद राजन राईले जानकारी दिए। ‘अन्य पदाधिकारी चयन भएका छैनन्,’उनले भने, ‘हामी त्यो पनि छिट्टै टुंगो लगाउछौं। सरकार निर्माणको काम पनि अब अघि बढ्छ।’

यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ। एकीकृत समाजवादीका सांसद अशोककुमार यादवले दलको नेतामा महतो सर्वसम्मत चयन भएको जानकारी दिए। उनका अनुसार प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेलगत्तै महतोलाई नेता बनाउने निर्णय एकीकृत समाजवादीले गरेको थियो।

सोमबार बसेको सांसद तथा केन्द्रीय सदस्यहरूको बैठकबाट समेत उक्त निर्णय पारित भएको यादवले बताए। दलको नेता चयन गरेको विषयमा प्रदेश सभा सचिवालयलाई पनि जानकारी गराइसकिएको छ। उनका अनुसार दलको प्रमुख सचेतक र सचेतक भने अझै चयन गर्न बाँकी रहेको छ। नेकपा (एमाले) एक हुँदा नै महतो संसदीय दलको नेता थिए। प्रदेश २ मा एमालेका २२ सांसद मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेका छन्।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन्। उक्त पार्टीको सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले अन्य पदाधिकारीहरूको पनि टुंगो लगाएको छ। हेटौँडामा बसेको बैठकले दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन गरेको छ। त्यस्तै, प्रमुख सचेतकमा मुनु सिग्देल, सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतिले चयन भएका छन्।

बागमती प्रदेशमा सरकार बनाउन गठबन्धनमा सामेल भएका दलहरू नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्न दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मा दिने निर्णय पनि गरिएको छ। नेकपा (एमाले) का ५६ जना प्रदेश सभा सदस्यमध्ये १३ जना प्रदेश सभा सदस्यहरूले नेकपा एकीकृत समाजवादी रोजेका छन्। 

Ncell 2
Ncell 2

गण्डकी प्रदेश सभामा भने एकीकृत समाजवादी पार्टीको उपस्थित छैन। दल रोज्न दिइएको समयसम्म नेकपा एमाले परित्याग गरेर कुनै पनि सांसदले एकीकृत समाजवादी नरोजेपछि गण्डकीमा माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीको उपस्थिति हुन नसकेको हो। 

लुम्बिनी प्रदेशमा पनि नेकपा एकीकृत समाजवादीको एकमात्र सांसद छन्। नेकपा एमाले परित्याग गरेर प्रदेश सांसद रमा घर्तीले नेकपा एस रोजेकी थिइन्। एकजना मात्रै भएकाले लुम्बिनीमा उनी स्वतः पार्टीको संसदीय दलको नेता चयन हुनेछिन्।

कर्णाली प्रदेश सभामा नेकपा एकीकृत समाजवादी पार्टीका तीनजना मात्रै सांसद रहेका छन्। त्यहाँ दलको नेताको जिम्मेवारी चन्द्रबहादुर शाहीले पाउने देखिएको छ। नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका शाहीले दलको नेता लगायत चयन हुन बाँकी रहेको जानकारी दिए।

‘पार्टीले दलको नेता कसलाई बनाउने भन्ने निर्णय गर्ला। म पनि हुन सक्छु अरु साथीहरू पनि हुन सक्नुहुन्छ,’ उनले भने। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने बेला फ्लोर क्रस गरेका तीनजना सांसदलाई यसअघि एमाले हुँदै कारबाही भइसकेकाले पनि त्यहाँ नेकपा एसमा अहिले तीनजना मात्रै सांसद रहेका छन्। 

नेकपा एकीकृत समाजवादी पार्टीको सबैभन्दा ठूलो उपस्थिति रहेको सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता लगायतका पदाधिकारी चयन भएका छैनन्। त्यहाँ नेकपा एस नै प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेकाले पनि नेता चयनमा समय लाग्ने देखिएको छ।

‘दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बन्न धेरैले आकांक्षा देखाइरहनुभएकाले पनि समय लाग्ने देखिन्छ,’ नेकपा एसका एक सांसद भन्छन्, ‘पार्टीले पनि निर्णय गर्ला। त्यसै अनुसार टुंगिन्छ होला।’

सोमबार ज्येष्ठ सदस्य बलबहादुर स्वडारीको अध्यक्षतामा दलको बैठक बसेपनि नेता चयनको भने कुनै निर्णय हुन सकेन। प्रदेश सभा सदस्य प्रकाश रावलले आजको बैठकले विधान मस्यौदा समिति बनाएको जानकारी दिए। सांसदहरू दुर्गा विक, अमर साउँद र कुलबिर चौधरी रहेको समिति बनाइएको छ।

‘विधान मस्यौदा समितिले भोलि नै बस्ने दलको बैठकमा मस्यौदा पेश गर्छ,’ सांसद रावलले भने, ‘त्यसपछि दलको नेता चयन लगायतको काम हुन्छ।’

उनका अनुसार आजको दलको बैठकले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई समर्थन दिने निर्णय पनि गरेको छ। सरकारमा एकीकृत समाजवादीमा लागेकै दुईजना मन्त्री रहेका छन्। सभामुखसहित २५ सदस्यीय रहेको नेकपा एमालेका १४ सांसदले एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी रोजेपछि सातवटै प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशसभामा पहिलो पार्टीका रुपमा स्थापित भएको हो।

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
सम्बन्धित सामग्री
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ आज सर्लाही ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मधेश कांग्रेसको जन्मभूमि भएको जिकिर गरे। बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले वर्तमान परिस्थितिमा कम्युनिस्ट शक्तिहरू... बुधबार, माघ १४, २०८२
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस बुधबार, माघ १४, २०८२
राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता बुधबार, माघ १४, २०८२
रौतहटमा नक्कली भारुसहित दुई जना पक्राउ बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्