फाइल तस्बिर
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सदन अवरोध भएको अहिलेको घटना पहिलो नभएको बताएका छन्।
सोमबार नयाँ बानेश्वरमा पत्रकारहरुसँग ठाकुरले बैठकबाट कुनै निचोडमा नपुगिएको बताए। प्रमुख प्रतिपक्षी दलको उपस्थिति बिनाको बैठकले कुनै परिणाम नल्याउने बैठकमा आफूले बताएको उनले बताए।
'मैले भनें, यो पहिलो पटक होइन। योभन्दा अगाडि ५९ दिनसम्म पनि संसद् अवरुद्ध भएको थियो। अहिले त भर्खर दुईतीन दिन भएको छ', उनले भने।
२०५८ सालमा एमालेले झन्डै दुई महिनासम्म संसद अवरोध गरेको थियो। जसलाई अहिले एमालेकै नेताहरुले भुल गरिएको बताउने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।