• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

परराष्ट्रले सोध्यो एनआरएनएलाई स्पष्टीकरण, ५ दिनभित्र जवाफ पठाउन निर्देशन (पत्रसहित)

64x64
नेपाल लाइभ शनिबार, भदौ १९, २०७८  १५:३८
1140x725

काठमाडौं- परराष्ट्र मन्त्रालयले पाँच दिनको समय दिएर गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई स्पष्टीकरण सोधेको छ।

दशौं विश्व सम्मेलनको मिति नजिकिइरहेका बेला मन्त्रालयले संघको राष्ट्रिय समन्वय परिषद् तथा महाधिवेशन प्रतिनिधि(डेलिगेट्स) चयनका लागि भएका निर्वाचनमा देखिएको कमजोरी र धाँधलीका बारेमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी)लाई स्पष्टीकरण सोधेको हो।

एनसीसीहरुको निर्वाचनमा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीहरुको अधिवेशनका लागि तोकिएको मितिभन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मितिभन्दा पछि पनि महाधिवेशन प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरु नै निर्वाचन प्रक्रियामा सहभागी भएकोले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको, निर्वाचन आचारसंहिता पालना तथा लागू नगरिएको, महाधिवेशन प्रतिनिधिहरुको विवरण संघको वेभसाइटमा प्रकाशित नगरिएको लगायतका विषयमा मन्त्रालयले एनआरएनए आईसीसीसँग स्पष्टीकरण माग गरेको हो।

गैरआवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो। संघको दशौं विश्वसम्मेलनका लागि मन्त्रालयले पनि छुट्टै समिति गठन गरिसकेको छ।

जापानलगायतका केही देशहरुको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा संघकै उच्च नेतृत्वले हस्तक्षेप गरी स्वच्छ र निष्पक्ष निर्वाचन हुन नदिएको उजुरीपछि मन्त्रालय तातेको हो। परराष्ट्र मन्त्रालयले संघलाई यसरी स्पष्टीकरण सोधेको पहिलोपटक हो।

मन्त्रालयले पाँच दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। ‘माथि उल्लेख गरिएका विषयमा के भएको हो, सत्यतथ्य के हो, आजका मितिले पाँच दिनभित्र सत्य तथ्य जानकारी पठाइदिनुहुन निर्देशनानुसार अनुरोध छ,’ मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीद्वारा लेखिएको पत्रमा उल्लेख छ।

मन्त्रालयले ‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र अब हुने दशौं महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन स्वच्छ, धाँधलीरहित, निष्पक्ष र विश्वसनीय बनाउन संघले के-कस्तो व्यवस्था गरेको छ सो बारेमासमेत विस्तृत जानकारी गराउन’ संघलाई निर्देशन दिएको छ।

संघको एनसीसीहरुलाई अधिवेशन गर्न जुलाई १ देखि ३१ सम्मको मिति तोकेको थियो। अधिकांश एनसीसीहरुमा अनलाइन निर्वाचन गरिएको थियो। तर, अनलाइन निर्वाचन भनिए पनि निर्वाचनको निष्पक्षतामा भने धेरै स्थानमा प्रश्न उठेको थियो।

Ncell 2
Ncell 2

No description available.

जापानको विवाद के हो?
खासगरी एनसीसी जापानको निर्वाचनलाई लिएर परेको उजुरीका आधारमा मन्त्रालयले आईसीसीसँग स्पष्टीकरण सोधेको हो। जापानमा भएको निर्वाचन निष्पक्ष नभएको भन्दै अध्यक्षका चार उम्मेदवारसहित विभिन्न पदका २९ जना उम्मेदवारले त्यहाँको निर्वाचन समितिमा उजुरी गरेका थिए। सोही उजुरीका आधारमा गरिएको छानबिनमा पनि निर्वाचन निष्पक्ष हुन सकेको पाइएको थियो। जापानको निर्वाचन विवादका बारेमा छानबिन गर्न गठित समितिले १० दिन अगाडि नै प्रतिवेदन आईसीसीलाई बुझाए पनि आईसीसीले कुनै निर्णय गरेको छैन।

जापानका उम्मेदवार तथा संघका केही पञ्जीकृत सदस्यहरुले परराष्ट्र मन्त्रालयमा पनि उजुरी दिएका छन्। केही पञ्जीकृत सदस्यहरुले त नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा पनि उजुरी दिएका छन्। आफ्नो नाममा छुट्टै इमेल बनाइ अर्कै व्यक्तिले मतदान गरेर साइबर क्राइम गरेको सीआईबीमा दिइएको उजुरीमा उल्लेख छ।

गत जुलाई ३० का लागि तोकिएको एनसीसी जापानको निर्वाचनमा २९ सयभन्दा बढी मत ग्रुप मेलमार्फत् मतदान गरिएको पाइएको छ। साठी वटा ग्रुप मेलमार्फत् ती मत मतदान गरिएको हो। 
राजन प्रधानांगको संयोजकत्वमा गठित छानबिन समितिले निर्वाचन निष्पक्ष हुन नसकेको, जापान भन्दाबाहिरबाट पनि मतदान गरिएको, ग्रुप मेलबाट दुई हजार ९०४ जना मतदाताको मतदान गरिएको र उनीहरुलाई मतदानबाट वञ्चित गरिएको निष्कर्षसहितको प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनको निष्कर्षका आधारमा जापानमा पुनः निर्वाचन गराउनुपर्ने देखिए पनि आईसीसीले भने बेवास्ता गर्दै आइरहेको छ। 

यसअघि नै जापानस्थित नेपाली राजदूतवासले पनि छानबिन समितिको प्रतिवेदनसहितको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको थियो। विभिन्न कोणबाट गरिएका छानबिन र अनुसन्धानका कारण आगामी अक्टोबरमा हुने आईसीसीको निर्वाचन पनि धाँधलीरहित र निष्पक्ष हुनेमा आशंका बढेपछि परराष्ट्रले चासो देखाएको हो।

स्पष्टीकरण पठाउँछौं  : पन्त
यसैबीच, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले सोधेका प्रश्नको जवाफ समयसीमाभित्रै पठाउने बताएका छन्।

परराष्ट्र मन्त्रालयको चिठी सार्वजनिक भएपछि संवाददाताहरुसँग कुरा गर्दै पन्तले भनेका छन्, 'मन्त्रालयले चासो व्यक्त गरेका सबै विषयमा समयभित्रै जवाफ पठाउँछौं।’

परराष्ट्र मन्त्रालय संघको नियामक निकाय हो। यसअघि गत जनवरीमा आयोजना गरिएको विशेष महाधिवेशनपूर्व पनि परराष्ट्रमा उजुरी परेको थियो। मन्त्रालयले सचेत गराएपछि संघको नेतृत्व सहमतिमा विशेष अधिवेशन गर्न तयार भएको थियो।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक बस्दै
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश
बढ्यो सुनको मूल्य
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, फागुन १२, २०८२
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
बढ्यो सुनको मूल्य मंगलबार, फागुन १२, २०८२
वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली मंगलबार, फागुन १२, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य सोमबार, फागुन ११, २०८२
बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्