• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
नियात्रा

लोमन्थाङमा बुद्धको खोजी

डा.दामोदर पुडासैनी ‘किशोर’ शनिबार, भदौ १९, २०७८  ०७:००
1140x725

जाडोसँगै रमाएर घुमिरहेछन् विदेशी पर्यटकहरू। लोमन्थाङका कुना कुना जापानीहरूको लर्कन घुसिरहेछ। जोम्पा गुम्बाको छेउमै भेटिए हङ्गेरीका एक जोडी। उनीहरूले भने– ‘समवान् सेड लोमन्थाङ इज फरबिडन किङ्डम, बट वि ह्याभ रियलाइज्ड, दिस इज रियल हेभेन।’ अर्थात्, लोमान्थाङ निषेधित सहर हो भन्थ्यो कसैले, तर, यो त साँचो स्वर्ग रहेछ भन्ने अनुभूति गर्दैछौँ।

सुख–दुःख आफ्नै छन्। जीवनका क्रम उपक्रम आफ्नै छन्। न केन्द्र छ भन्ने मतलब छ, उसलाई। न उसलाई केही गर्नुपर्छ भन्ने सोचेको छ, केन्द्रले। रूप, गुण र सौन्दर्यले धपक्क बलेकी बालिका खोजखबरविना नै दूर प्रदेशमा अल्झिए झैँ, सुदूर मरुभूमिको सीमानामा ढकमक्क फलफूल बोकेर रुख एक्लै उभिए झैँ, न उसलाई बाहिरी विश्वको मतलब छ, न बाहिरी विश्वले उसको त्यो दिव्य मुहार देखेको छ।

त्यसै गरी एक्लिएर बसिरह्यो लोमन्थाङ आधुनिक युगको अन्तिम कालखण्डसम्म। सन् १९०३ मा जापानी भिक्षु एकाइ काबागुची पोखराबाट म्याग्दी हुँदै तिब्बत पसेपछि पो बल्ल थाहा भयो संसारभर ती लुकेकी सुन्दरी–लोमन्थाङको बारेमा। सन् १९९२ देखि सरकारले विश्वका लागि लोमन्थाङको ढोका खोलिदिएपछि सबैका लागि आकर्षणको केन्द्र बनेको हो, लोमन्थाङ। ‘लन्ली प्लानेट’ नामको यात्राविशेष संस्थाले विश्वका दस उत्कृष्ट पदयात्रा गन्तव्यको सूचीमा लोमन्थाङलाई तेस्रो स्थानमा राखेपछि विश्वभरबाट त्यहाँ जाने लर्को राम्रैसँग बढ्न थालेको छ।

डा.दामोदर पुडासैनी ‘किशोर’

लोमन्थाङका साँघुरा गल्लीमा घर नै घरको माटेजङ्गल भेटिन्छ। माटेजङ्गलको हरेक फेदमा विदेशी काला, गोरा पर्यटकहरू र थाइल्यान्ड, जापान र कम्बोडियातिरका बुद्धमार्गीहरू लमक लमक लम्केका छन्। उनीहरूमा लुकिरहेछ शान्तिको स्पृहा। बुद्धका मन्त्रहरू र शान्ति आव्हानका स्वरहरूले स्पन्दित छ सहर। ‘ॐ मणि पद्मे हुँ’ का समवेत प्रतिध्वनिहरूले गुञ्जायमान छ सहर। तिनै स्वरहरूभन्दा अझ चर्को आवाजमा फैलिइरहेछ गुम्बाहरूबाट ढ्याङ्ग्रोका ध्वनिहरू। तिनै ध्वनिहरूमा अन्वित हुँदै पुगिरहेछ परपरका डाँडाहरूमा – लामा, लमिनी, भिक्षु र आनीका अपूर्व प्रार्थनाहरू।

लोमन्थाङ सहर यज्ञ र भजन चलिरहेको मन्दिर बनेर फैलिइरहेछ। चोक चोकमा छोर्तेनहरू, मानेहरू, चैत्यहरू बुद्धका मूर्तिहरू राखिएका छन्। हरेक छानामा बुद्धमन्त्र अङ्कित तोरणहरू फहराइएका छन्। कुनै घरहरू छैनन्, जहाँ कुनै न कुनै बौद्ध चिन्ह अङ्कित नभएको होओस्।

आकाशबाट घाम हराइसकेको छ। घाम नभए पनि नरमाइलो छैन। नभिजिने तर कुहिरोका कण जस्ता जलवाष्पका थोपाहरूले ताजा र रसिलो बनाउँदैछ ज्यानलाई। दिनभर हिँड्दा र गाडीमा घिच्चिँदाका पीडाहरू पाखा लागेका छन्। नयाँ ठाउँ र नयाँ मान्छेहरू भनेका सम्भावनाहरू हुन्। संभावनाहरूलाई कोट्याउनुपर्छ, अर्थ खोज्नुपर्छ र संयोजन गर्नुपर्छ परिस्थिति र नवीनतासँग। यसले जीवन र जगत्लाई फरक ढङ्गले बुझ्न सहयोग मिल्छ जस्तो ठान्छु म। 

‘यो हो मुस्ताङे राजा जिग्मे परवल विष्टको दरबार।’ महाकरुणा शाक्यपा विद्यालय, लोमन्थाङका शिक्षक बोधराज पौडेलले सहरको बिचमा रहेको सेतो प्राचीर देखाउनुभयो। लोमन्थाङका लागि हाम्रा मित्र र पथप्रदर्शक दुवै बन्नुभएथ्यो पौडेलजी।

‘लोमन्थाङ सहर, दरबार र गुम्बाहरू चौधौँ शताब्दीतिर नै बनाइएका थिए। हिमाली बौद्ध परम्परा, हिमाली राज परम्परा र हिमाली सहरको उच्चतम नमुना हो लोमन्थाङ।’ विगत पाँच वर्षदेखि लोमन्थाङ बस्दा जानेका कुरा बताउनुहुन्छ पौडेलजी। ‘दरबारमा एक सय आठ कोठाहरू र त्यति नै गजुरहरू छन्। एक सय अठहत्तर घरहरू र आठ सय छयहत्तर मान्छेहरू रहेको यो सहरका आदिवासीहरू आपूmलाई ‘ल्होबास’ भन्न रुचाउँछन्।’

Ncell 2
Ncell 2
nimb
nimb

मित्रबाट अरू स्पष्ट भएको छ। दरबारलाई बायाँ पारेर अघि बढिरहेछौँ हामी।

लोमन्थाङ नियाल्ने भनेको प्रकृति र धार्मिक सजधजको स्पर्श गर्ने पनि हो। दरबारको अलि अघिल्तिर पुगेपछि भेटिँदो रहेछ लहरै तिन गुम्बाहरू। पहिलो गुम्बा ‘जोम्पा लाखाङ’ वा जोम्पा गुम्बा रहेछ। त्यसमा मैत्रेयको मूर्ति राखिएको रहेछ। पन्ध्रौँ शताब्दीमा निर्मित त्यो गुम्बा ठूलो त देखियो, तर साँझ पर्न लागेकाले बन्द भइसकेको थियो। त्यो गुम्बालाई स्थानीय ल्होबासीहरू ‘ईश्वरको घर’ भन्न रुचाउँदा रहेछन्।

त्यसको दस कदम अघि बढेपछि अर्को गुम्बा भेटियो– थुक्चेन गुम्बा। यस गुम्बामा शाक्यमुनिको मूर्तिवरिपरि अन्य देवीदेवताका मूर्तिहरू छन्। मूलद्वारमै डरलाग्दो रूपका द्वारपालका मूर्तिहरू छन्। बुद्धमूर्तिको अघिल्तिर विशाल प्रार्थना कक्ष छ। प्रार्थना कक्षमा हजारौँ भिक्षु भिक्षुणीहरूले एकै साथ प्रार्थना गर्न सक्ने रहेछन्। केही मान्छेहरू बुद्धमूर्तिअगाडि बत्ती जगाइरहेथे। पन्ध्र बिस जना भिक्षु भिक्षुणीहरू प्रार्थनामा मग्न थिए। नौ पुरुष र तिन महिलाहरू बुद्धमूर्तिको अघिल्तिर र दायाँतिर डोरीमा झुन्डिएर र अग्ला कुर्सीहरूमा अडिएर भित्तामा कुची चलाइरहेथे। भित्ताभरि बुद्ध जीवनी र बौद्धदर्शनका थाङ्काहरू कोर्ने योजना सफल पार्न बर्षौँदेखि दर्जनौँ चित्रकारहरू जुटेका रहेछन्। त्यसका लागि अमेरिकी सरकारले करोडौँ रुपियाँ खर्चिसकेको र अझै करोडौँ रकम दुई वर्षभित्र लगानी गर्ने योजना सुनाउनुभयो, पेम्बाजीले। उहाँ त्यस्तो थाङ्का कोर्न सुरुको स्केच गर्नु हुँदोरहेछ।

उत्तरी पर्खालनजिकै अर्को एउटा गुम्बा रहेछ– ढाकार गुम्बा। यसमा अमिताभ, अवलोकितेश्वर, पद्म सम्भव र मैत्रेयका माटाका मूर्तिहरू लहरै छन्। काठका अग्ला खम्बाहरूमा कलात्मकता देखिन्छ र भित्तेचित्रहरूले जीवनका विविध पक्षलाई कोट्याउँछन्। 

‘जीवन बाँच्नुभन्दा अझ गारो छ जिन्दगीका चित्रहरू कोर्न’— अनुभवको निखार बताउनुभयो, पेम्बाजीले। जीवनका प्रत्येक क्षणहरूमा जुध्नुपर्छ जोखिमहरूसँग। अझ तिनको अभिलेख कोर्नु र जोखिम निदानका मार्गचित्रहरू बनाउनु साँच्चै सजिलो छैन। 

‘तपाईंहरू यस्ता बहुमूल्य थाङ्काहरू यी भित्ताहरूमा कोर्दै हुनुहुन्छ। यी भित्ताहरू माटोद्वारा निर्मित छन्। कतै भवितव्य आइप¥यो भने न भित्ता बच्छ न थाङ्का नै। थाङ्का कोर्नुभन्दा अघि भित्ता बलियो बनाउनेतिर सोच्नुपर्छ कि ?’ मैले भने। 

‘गोराहरूले चित्रहरू नै कोर्ने भने, हामीले त्यसै गर्‍यौँ, अरू कुरा सोच्दै सोचिएन।’ विदेशी पैसा पाइयो भने सुरक्षा र संरक्षणको मतलब नै नगर्ने परिपाटी व्याप्त छ, हाम्रो देशमा। साथीहरूले पनि यसमा निकै खसखस मानिरहनुभयो। उच्च हिमाली संस्कृति, बौद्ध आस्थाका सुकिला चिन्हहरू, राजा र प्रजाका परम्परागत मिथक र बिम्ब, तिब्बती स्वरूपको जीवन्तता, हिममरुस्थलका बेग्लै चमक, एकै ठाउँमा विरलै पाइन्छन्, लोमन्थाङमा बाहेक। 

पहिलो पटक आइपुग्नुभएको हो भने राम्ररी नियाल्नु बेस लोमन्थाङलाई। लोमन्थाङलाई नियाल्नु भनेको हिमाली संस्कृति, संस्कार र जीवनलाई पाँच सय वर्ष अगाडिको समयले कोट्याउनु हो,’ थुप्चेन गुम्बाबाट बिदा हुने बेलामा सम्झाउनुभयो पेम्बाजीले। बोध गयामा बुद्धदर्शन अध्ययन गर्नुभएकाले त्यसका धेरै पक्षहरूको ज्ञाता हुनुहुँदोरहेछ। उहाँसँग बसेर बौद्धदर्शनका साङ्गोपाङ्गो वस्तुतथ्यलाई नियाल्न चाहन्थ्यौँ हामीहरू। समयले हामीलाई छोडेर दौडिरहेथ्यो। लामो समय सँगै बस्न पाइएन उहाँसँग। संसार यस्तै हो। भेटेका हरेक मान्छेहरूसँग धीत मरुञ्जेल बस्न, मन खोल्न र मन बुझ्न कहाँ सकिन्छ र?

‘साँच्चै के रहेछ हँ लोमन्थाङको अर्थ?’— मौकामा सोधिहालेँ मैले।

‘तिब्बती भाषामा ‘ल्हो’ को अर्थ हरियो दुबो र ‘मान्थाङ’ को अर्थ चउर हो। प्राचीनकालमा आमे पाल भन्ने एक तिब्बती घुम्दै त्यहाँ पुगे। त्यहाँ हरियो दुबाले ढाकिएको चउरमा भेडाहरू चरिरहेका सुन्दर दृश्यले उनको मन लोभियो। उनले तत्कालै बस्ती बसाले। जसलाई ‘लोमन्थाङ’ भन्न थालियो।’ लोमन्थाङको सुरुवाती खुलस्त पार्नुभयो पेम्बाजीले।

खासमा ‘लोमन्थाङ’ होइन ‘लोमेन्थाङ’ हो यो ठाउँको नाम। ‘लो’ को अर्थ ‘पश्चिमतिर’ ‘मेन्’ को अर्थ ‘औषधी’ र ‘थाङ’ को अर्थ ‘सम्म ठाउँ’ हो तिब्बती भाषामा। यसको अर्थ लोमेन्थाङ भनेको पश्चिमतिर रहेको औषधी पाइने सम्म ठाउँ हो। कर्चुङ बहिनी र आङ्गेल भाइले साँझमा बताउनुभयो हामीलाई।

नजिकै ‘छोर्दे’ मुख्य गुम्बा रहेछ। त्यो पनि विशाल रहेछ। गुम्बाभित्र माटाले कुँदिएको ठुलो बौद्धमूर्ति छ। मूर्तिअघिल्तिर प्रार्थना कक्ष रहेछ। बुद्धमूर्तिको दायाँबायाँ र्‍याकहरूमा बुद्ध मन्त्रका प्रशस्त पुस्तकहरू सङ्कलित छन्। ती पुस्तकहरू सुनको मसीले लेखिएको बताउनुभयो पौडेलजीले। ‘सुनौला मन्त्रहरू सुनौला अक्षरले नै त लेखिनुपर्छ नि’— भिक्षुले थप्नुभयो।

छोर्दे गुम्बा परिसरभरि बुद्धकालीन पहिरनमा फर्‍याकफुरुक गरिरहेछन्, बालकहरू। महाकृष्ण शाक्यपा विद्यालय त्यही छोर्दे गुम्बाले सञ्चालन गरेको रहेछ। तिनीहरू विद्यालयका विद्यार्थीहरू रहेछन्। देशका विभिन्न हिमाली जिल्लाहरूबाट पुगेका विद्यार्थीहरू बौद्ध शिक्षामा तल्लीन देखिन्छन् त्यहाँ। गुम्बाको एक भागमा एउटा स्वास्थ्य चौकी रहेछ। साँझमा पनि स्वास्थ्य जाँच गराउनेहरूको धुइरो थियो। निःशुल्क स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरणको व्यवस्थाले लोमन्थाङवासीलाई निकै सजिलो रहेछ। हामीले डायाजीन माग्यौँ र एक एक ओटा खायौँ। बेलुन झैँ फुल्दै गरेको पेट बिस्तारै सुक्दै गयो।

‘लोमन्थाङको यतिको उचाइमा आइपुगेका छौँ, राती लेक लाग्ने हो कि, केही औषधि खानुपर्छ कि?’— लेक लाग्ने डर पसारेँ मैले चिकित्सक सामु। मन कमजोर भयो भने लेक लाग्छ। नआत्तिनूस् केही हुँदैन। प्रशस्त पानी पिउनूस्, लसुन सुप पिउनूस्, केही अप्ठेरो परेमा हामी छदैछौँ नि!’— मज्जाले धाप पाइयो।

हिमाली जडीबुटी प्रयोग गरेर बेग्लै प्रविधिको औषधी तथा चिकित्सकीय सेवा प्रदान गर्ने ‘आम्ची’हरूको ज्ञान लोप हुँदै गएको सुनेको थिएँ मैले। एलोपेथी चिकित्सा प्रणाली नपुग्दा आम्ची प्रणालीले नै हिमाली क्षेत्रमा धेरै मान्छेको ज्यान बचाएको कुरा हुम्लाका केही आम्चीहरूबाट बुझेको थिएँ।

हिमाली जडीबुटी प्रयोग गरेर बेग्लै प्रविधिको औषधी तथा चिकित्सकीय सेवा प्रदान गर्ने ‘आम्ची’हरूको ज्ञान लोप हुँदै गएको सुनेको थिएँ मैले। एलोपेथी चिकित्सा प्रणाली नपुग्दा आम्ची प्रणालीले नै हिमाली क्षेत्रमा धेरै मान्छेको ज्यान बचाएको कुरा हुम्लाका केही आम्चीहरूबाट बुझेको थिएँ। ‘आफ्नोलाई फलाम, अर्काकोलाई सुन’ देख्ने प्रवृत्तिले हाम्रा ज्ञान नासिए, साधन स्वाहा भए।’ गुनासो थियो धेरैको। औषधीको निश्चित मात्रा नहुने, जति पुरानो भयो त्यति राम्रो गुणस्तरको हुने भन्ने भ्रमले गर्दा आम्चीका औषधी र आयुर्वेद विद्या सङ्कटमा पर्‍यो अचेल। 

‘आम्ची भेट्न पाइन्छ, यहाँ?’ माने घुमाइरहेका भिक्षुलाई सोध्यौँ।

‘यहाँबाट सिधै गएर पहिलो मोडमा सोध्नुस्, त्यही भेट्न सक्नुहुन्छ आम्चीलाई।’ छोर्दे गुम्बा बाहिरको छोर्तेनबाट देखाइदिनुभयो बाटो।

हामीहरू फटाफट अघि बढ्यौँ। बाटो देखाइएको भन्दा अलि अघि नै पुगिसकेछ हाम्रो गति। त्यहाँ त अर्को बाटो पो भेटियो। पूर्वबाट पश्चिम लागेको। 
‘बहिनी!’— जिन्दगीको हरेक मोडमा कोही न कोही मित्र भेटिन्छन् भन्ने सम्झिएँ मैले।

‘भन्नुस्।’ केही काम सम्पन्न गर्न हतार भइसकेको जसरी हिँडेका उनका पाइला टक्क रोकिए। गोरो अनुहार, पुष्ट शरीर, चम्किला आँखाहरू, मुस्कानपूर्ण बोली— साँच्चै हिमालकी छोरी पार्वती भेटेजस्तो लाग्यो हामीलाई।

‘तपाईँको नाम पार्वती हो?’— जोसँग पनि आफूलाई लागेको कुरा पोखिहाल्ने बानी त्यहाँ पनि दबेन मेरो।

‘पार्वती होइन, पेम्पा हो मेरो नाम’— छोपिरहेको बादलले सर्लक्क छोडिदिएपछि खुलेको हिमालजस्तो मुस्कायो बहिनीको मुहार। मैले भने आफ्नी पार्वती सम्झिएँ। दुई रात मात्र घरबाहिर गएँ भने ननिदाउने उनको बानी सम्झिएँ।

‘हामी आम्ची भेट्न हिँडेका’— कुराको चुरो खुल्यो।

‘ए, अलि परै छ आम्चीको घर, आउनूस् म लगिदिन्छु’— हराएको घोडा खोज्न हिँड्नुभएकी बहिनी त हामीलाई बाटो देखाउन पो हिँड्नुभयो। तिन चोक र चार मोड नाघेपछि आम्चीको घर पुगियो। आम्ची अर्को घरमा गइसक्नुभएको जवाफ दियो कसैले। हामीले भाषा बुझेनौँ।

‘रात पर्न आँट्यो। मेरो घोडा कता हरायो कता। म खोज्न जान्छु। हजुरहरू यी दुई बहिनीसँग आम्चीको अर्को घरमा जानूस्, हुन्छ?’— एउटी जून जस्ती र अर्की फूल जस्ती आठ नौ बर्से बहिनीहरूको जिम्मा लगाइदिनुभयो पेम्पाले। ‘पेम्पा भनेका सबै यस्तै सहयोगी र सुशील हुन्छन् कि क्या हो?’— मैले रसुवाको वृद्धिम गाउँमा भेटेकी पेम्पा साङ्मो बहिनी सम्झिएँ।

डुब्न लागेको घाम उछिन्दै खुरुखुरु अघि लागे ती बहिनीहरू। सहरको बाहिरपट्टि एउटा ठुलो सडक भेटियो। त्यही बाटोबाट उत्तर मोडियौँ हामी। अलि पर प्रहरी चौकीमा भलिबल खेलिरहेथे प्रहरीहरू। बाटाभरि ‘ॐ मणिपद्मे हुँ’ का माला जप्दै हिँडेका मान्छेहरूको ताँती देख्दा बौद्ध वा स्वयम्भूवरिपरि हिँडिरहेका बुद्धभक्तहरूको झल्को लाग्थ्यो। चौँरीगाईको बगालले हामीलाई केहीबेर बिच बाटोमै रोके। अलि पर भेडाका ताँतीले त्यसै गरी अल्मल्याए। 

बाहिरबाटै ठूलो र भव्य देखियो, आम्चीको घर। साना बहिनीहरूले घरक्क के खोलेका थिए मूल ढोकाको छेस्किनी, भित्रबाट सिंह गर्जे झैँ भुक्यो भोटे कुकुर। हत्त र पत्त ढोका थुनिहाले बहिनीहरूले, र पो, ज्यान बच्यो हाम्रो। नत्र दुई तिन सय भेडा चराउने त्यो डाँगाले हाम्रो आन्द्राभुँडी निकाल्न बेर थिएन। झन्डै ‘आम्ची खोज्न गएकाहरू, आम्चीकै कुकुरले टोकेर मरे’ भन्ने खबर नछापिएको।

आम्चीको घर परिसरभरि जडीबुटी राखिएका छन्। मगमग बास्ना आउँदैछ औषधीको। जरा, हाँगा, पात, लहरा, डाँठ, माटो, ढुङ्गा मात्र होइन सिङ, खुर, रौँहरू पनि औषधी बन्न पालो पर्खिरहेछन्।

हामी ढोकाबाहिर उभिएका छौँ। लोमन्थाङ नै लुगलुग कमाउने गरी कुर्लिरहेछ पर्खालभित्र कुकुर। पर्तिरबाट पाँच घोडा बुर्कुसी मार्दै हामीतिरै आए। ‘लौ घोडाको लात्तीमा परिने भो कि क्या हो ?’— मन फेरि आत्तियो। घोडाको पछि पछि त्यहीँ पुग्नुभयो एउटी पैंतिस चालिस वर्षीया।

‘तपाईँहरूले, आम्चीलाई खोज्नुभएको होला, उहाँ त बिहानै मराङ जानुभएको छ बिरामी जाँच गर्न, दुई दिनपछि मात्र आउनुहुन्छ।’— जवाफ आयो।

‘आम्ची भेट्ने सपना, सपनामै तुहियो।’ अलि खिन्न हुनुभयो मित्र।

ल्होसारमा सिँगारिएका धुपीवृक्ष जस्ता चहकिला दुई बहिनीहरूलाई त्यतैबाट बिदा गर्‍यौँ हामीले। घाम डुबेको सङ्केत देखियो चारैतिर। जति रिसाएर डुबे पनि अर्को बिहान रुञ्चे हाँसो हाँस्दै घाम आउँछ नै तर ती बहिनीहरू भने जिन्दगीमा फेरि भेटिन्छन् भेटिँदैनन् थाहा छैन।

बहिनीहरू बाई बाई भन्दै पूर्वी कुनातिर बिलाए। पश्चिमबाट एक्कासी फुट्यो अँध्याराको बाढी र छोप्न थाल्यो केशोरजोङदेखि कोरलासम्मका शिरपाउसम्म।
लोमन्थाङको पश्चिमी पर्खाल नाघेर लम्कियौँ पूर्वतिर। त्यहीँ पर्खालभन्दा बाहिरपट्टि हामीलाई नै कुरेर बसेको छ हामी बस्ने मिस्टिक होटल।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबार, भदौ २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ २०, २०८३
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्