• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

गम्भीर मानवअधिकार हननका मुद्दामा माफी दिने कानुन निर्माण हुँदैन : कानुनमन्त्री तामाङ (अन्तर्वार्ता)

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २५, २०७५  ०९:०३
1140x725

काठमाडौं– कानुनमन्त्री शेरबहादुर तमाङ पेशाले कानुन व्यवसायीसमेत हुन्। कानुनकै पृष्ठभूमिबाट आएका उनलाई सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिएको छ। मन्त्री तमाङसँग द्वन्द्वकालीन मुद्दाहरुको समाधान गर्न गठन भएको आयोगहरुको ऐन संशोधन गर्नेदेखि संविधान कार्यान्वयनका लागि आवश्यक कानुन समयमै निर्माण गर्नुपर्ने चुनौती पनि छ। अर्कोतर्फ सर्वोच्च अदालत गत चैत १ देखि नेतृत्व विहीन अवस्थामा छ। प्रधानन्यायाधीशका लागि तीन जना वरिष्ठ न्यायाधीशको नाम पठाए पनि उनी समेत सदस्य रहेको परिषद्ले हालसम्म सिफारिस गरेको छैन। यिनै विषयमा केन्द्रित रही नेपाल लाइभका दुर्गा दुलालले मन्त्री तामाङसँग गरेको वार्ताः

मौलिक हक सम्बन्धी कानुनहरु असोज २ सम्म जारी गर्नुपर्ने संविधानको बाध्यात्मक सीमा छ, कानुन मन्त्रालयले त्यसमा के काम गरिरहेको छ? 

कानुन मन्त्रालयले संविधानले तोकेका तत्काल जारी हुनुपर्ने कानुनहरुको विषयमा चासोका साथ काम गरिरहेको छ। सम्बन्धित अन्य मन्त्रालयसँग पनि सहकार्य र समन्वय गर्दै मौलिक हक कार्यान्वयनका कानुनहरुको अन्तिम मस्यौदा बनाउने काम भइरहेको छ। संसदको यही अधिवेशनमा अधिकांश विधेयक पेश गर्ने कानुन मन्त्रालयको तयारी छ। मन्त्रिपरिषद्मा हामी स्वीकृतिका लागि पठाउँछौ र त्यहाँबाट स्वीकृत भएर आएपछि सदनमा पेश गर्छौं। 

स्थानीय तह र प्रदेश सरकार आएको यत्तिका समयसम्म पनि उनीहरुलाई आवश्यक हुने नमूना कानुनहरु किन रोकिएका छन् त? 

कानुन मन्त्रालयमा रोकिएको होइन, मस्यौदा हुने कार्य चलिरहेको छ। म मन्त्री भएर आएलगत्तै यसमा समयसीमा तोकेरै काम हुँदैछ। मैले प्रदेशका लागि २२ वटा नमूना कानुन तत्काल बनाएर पठाउने भनेको थिएँ। १७ वटा मस्यौदा भई तल्लो तहमा पठाइसकिएको छ। बाँकी कानुन एक सातामै पठाउने तयारीमा छौं। 

हामीले स्थानीय तहमा न्यायिक अधिकार प्रयोग सम्बन्धी कानुनको नमूना निर्माण गरी पठाएका छौं। कतिपय गाउँ र नगर अहिले पनि संघीय मामिलाले पठाएको कार्यविधि अन्तर्गत नै चलेका छन्। तिनीहरुलाई हामी आवश्यक कानुन पठाउँछौं। संघका लागि मौलिक हकसम्बन्धी कानुनहरु असोज २ गतेभित्र पारित गर्नुपर्ने भएकाले यसमा केन्द्रित भएर हामी काम गरिरहेकै छौं। 

असोज २ गतेको समयसीमालाई सम्झिरनु भएको छ उसो भए? 

मौलिक हक कार्यान्वयनका कानुन असोज २ भित्र ल्याउनुपर्नेमा हामी सचेत छौं। सोही अनुरुप मन्त्रालयले गृहकार्य गरिरहेको छ। संसद्को यही अधिवेशनमा मौलिक हक कार्यान्वयन सम्बन्धी कानुनहरु पारित हुन्छ। एक वर्षभित्र कानुन बनाउने म्याद भएका कानुनहरुको हकमा भने बजेट अधिवेशनपछि मन्त्रालयले विधेयक पेश गर्छ। मौलिक हकका लागि संविधानले नै समयसीमा तोकेकाले पहिलो चरणमा यी कानुनको मस्यौदामा समय खर्च भइरहेको छ। मौलिक हकका सम्पूर्ण कानुनका साथै यसअघि जारी भएका केही अध्यादेशहरुको पनि यही अधिवेशनमा प्रतिस्थापन विधेयक पेश हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्च अदालत नेतृत्वविहीन अवस्थामा छ, संविधानमा एक महिनामा प्रधानन्यायाधीश नियुक्त हुनुपर्ने भनिएको छ, किन उल्लंघन गरियो? 

सर्वोच्च अदालतको प्रधानन्यायधीशको नियुक्ति प्रक्रिया रोकिएको भन्न मिल्दैन। न्याय परिषद्ले योग्य व्यक्तिहरुको रोस्टर संवैधानिक परिषद्मा पठाएको छ। संविधानले राजीनामा दिएको अवस्थामा नभई सामान्य अवस्थामा प्रधानन्यायाधीश एक महिनामा नियुक्त गर्ने भनेको हो। अहिले अवस्थामा अलि फरक भएकाले सोही रुपमा बुझ्नुपर्छ। सरकार पनि कुनै प्रक्रिया नै पूरा नगरी चुप लागेर बसेको होइन। हामी प्रक्रियामै चलिरहेका छौं। 

संसद्को नियमावली समयमा नबन्दा केही समस्या भएको छ। नियमावली समयमा जारी नहुँदा संसदीय सुनुवाई समिति निर्माण हुन सकेको छैन। संसदीय सुनुवाई नभई सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्त गर्न संविधानले नदिने भएकाले ढिलाइ भएको हो। नियमावाली पारित गरेको एक सातामै सर्वोच्च अदालतले नयाँ प्रधानन्यायाधीश पाउने कुरामा ढुक्क हुँदा हुन्छ।

यतिका समय किन रोकिएको नियमावली? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संघीय संसद्को नियमावली एक महिनाअघि नै मस्यौदा समितिले आफ्नो प्रतिवेदनसहित संसद्मा पेश गरेको हो। संसद्मा दर्ता भएर संशोधन समेत पेश भएको अवस्थामा दलहरुबीच फरक मत देखिएपछि त्यो रोकिएको थियो। सरकारले प्रतिपक्षलाई पनि संसद्मा सँगै लैजानुपर्छ भन्ने सोचेर सहमती गर्नेतर्फ लाग्दा ढिलाइ भयो। 

फौजदारी अभियोग लागेका सांसद पुर्पक्षका लागि थुनामा रहेको समयमा निलम्वन हुने कि नहुने भन्ने विषयकै विवादले त्यसलाई अहिलेसम्म रोकेको  थियो, अब त्यो सहमति भइसक्यो। शुक्रबारको संसद् बैठकमा नियमावली पेश हुन्छ र बहुमतले पारित हुन्छ। नियमावली पारित हुने बित्तिकै सरकारले संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा धमाधम सिफारिस गर्छ। यकिनका साथ भन्नुपर्दा, अबको एक सातामा समिति गठनको प्रक्रिया सुरु हुन्छ।

द्वन्द्वकालीन मुद्दाहरुको समाधान गर्न गठन भएका दुई आयोगको ऐन संशोधन सम्बन्धी विधेयक अहिले कुन अवस्थामा छ? 

यो विधेयकमाथि तीव्र गतिमा काम भइरहेको छ। यसलाई छिटै टुंग्याउनुपर्नेमा सरकारले उच्च महत्व दिएको छ। १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका मुद्दाको छानबिन गर्ने भन्दाभन्दै १० वर्ष कटिसकेको छ। त्यसैले यसलाई अब ढिला गर्ने पक्षमा सरकार छैन। यही बजेट अधिवेशनमा प्रतिस्थापन विधेयक पेश हुन्छ। 

ऐन संशोधन हुँदा गम्भीर अपराधमा आममाफी दिइन्छ कि भन्ने चासो छ, त्यसलाई कसरी हेर्ने? 

संक्रमणकालीन न्यायका लागि गठन भएका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग विधेयक सर्वाेच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय कानुन र नेपालको अभ्यासका आधारमा बन्छ। त्यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले आशंका गर्न जरुरी छैन। सरकारले पीडितलाई न्याय दिने र विगतको द्वन्द्वको समाधान गर्ने बाटोमा प्रतिस्थापन विधेयकको तयारी गरिरहेको छ। गम्भीर मानवअधिकार हननका मुद्दामा कुनै पनि अवस्थामा माफी दिने कानुन निर्माण हुँदैन। मैले कानुन मन्त्रालयको जिम्मेबारी सम्हालेदेखि यिनै कुरा भन्दै आएको र विधेयक पनि यही रुपमा निर्माण भइरहेकाले पीडितले न्याय पाउने कुरामा ढुक्क हुन आग्रह गर्छु। 

बालकृष्ण ढुंगेललाई कैदमाफी दिएपछि एक प्रकारको आक्रोश पोखिएको छ। अन्य गम्भीर अपराधमा संलग्नहरुले पनि त्यसैगरी उन्मुक्ति पाउने हुन् कि भन्ने आशंक छ नि? 

उन्मुक्ति हुन्छ भन्ने कुरा बालकृष्ण ढुंगेलसँग जोड्न मिल्दैन। ढुंगेलको मुद्दा जनयुद्धकालीन मुद्दा होइन। सर्वोच्च अदालतले समेत यो नितान्त व्यक्तिहत्या भनेकाले यसलाई जोडेर उन्मुक्ति दिइन्छ भनी प्रचार गर्नु गलत हो। उनी अदालतको फैसला अनुसार नै जेलसमेत बसेकाले यसमा जोडेर गम्भीर अपराधमा संलग्नहरुले छुट पाउने प्रचार गर्नु गलत हुन्छ।

तपाईंले कानुन मन्त्रीको सपथ लिने बित्तिकै न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्छु भन्नु भएको थियो, त्यो प्रक्रिया कहाँ पुगेको छ? 

लोकतन्त्र भनेको पारदर्शीता र जवाफदेहिता हो। पारदर्शीताभित्र सबै कुरा सार्वजनिक हुनुपर्छ। सार्वजनिक पदमा बसेपछि हाम्रा काम कारबाही अब व्यक्तिगत हुँदैन। सार्वजनिक पद धारणा गरेपछि सबैको सम्पत्ति सार्वजनिक हुनुपर्छ भनेरै मैले नियुक्ति भए लगत्तै यसो भनेको हो। अहिले पनि यो अडानमा अडिक छु। 

न्यायाधीश पनि सार्वजनिक व्यक्ति भएकाले उसको पनि सम्पत्ति जनताले हेर्न चाहेको दिन उपलब्ध हुनुपर्छ। मैले सपथ ग्रहण लगत्तै यो कुरा उठाएको हुँ। मैले मन्त्री भएकै दिन मेरो सम्पत्ति सार्वजनिक गर्दै अरुको पनि सार्वजनिक हुनुपर्ने कानुन ल्याउने भनेको हुँ। त्यसका लागि मन्त्रालयले काम अघि बढाइसकेको छ। 

सम्पूर्ण सार्वजनिक निकायका पदाधिकारीको सम्पत्ति जनताले हेर्न सक्ने अवस्थामा हुनुपर्छ। न्यायाधीशको हकमा मैले कानुनमा संशोधन गर्ने प्रक्रिया थालनी गरिसकेको छु। अबको केही समयमा यसको परिणाम देखिनेछ। 

न्यायाधीशहरुविरुद्ध उजुरी पर्ने तर छानबिन नहुने परम्परा छ, त्यसमा के सुधार हुँदैछ? 

कतिपय न्यायाधीशले गलत मनसाय राखेर फैसला गर्ने गरेका उजुरीहरु न्याय परिषदमा परेको मैले पाएको छु। न्यायाधीशका आचरण र फैसलाहरुबारे छानबिन गर्न हामीले भर्खर कार्यविधि निर्माण गरी पारित गरेका छौं। न्याय परिषद्को पछिल्लो बैठकले त्यसलाई पारित गरी न्यायाधीशमाथि छानबिन कार्य सुरु गर्दै छ। जिल्ला र उच्च अदालतका न्यायाधीशका नाममा परेका उजुरीहरुमाथि छानबिन हुनेछ। अब परिषद्मा दर्ता भएका र आधार भएका उजुरीमाथि छानबिन अघि बढ्छ र गलत फैसला गर्ने न्यायाधीशमाथि कारबाही हुन्छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्