• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकाले अफगानिस्तानमा यसरी खडा गरेको थियो तालिबान

64x64
नेपाल लाइभ सोमबार, भदौ १४, २०७८  ०६:५०
1140x725
तस्बिर : गेट्टी इमेज

अफगानिस्तानका स्थानीय गुरिल्ला लडाकुले अमेरिकाको सहयोगमा वर्षौसम्म तत्कालीन सोभियत संघविरुद्ध लडेका थिए। अमेरिकाले उनीहरुलाई हतियार र पैसा उपलब्ध गराएको थियो। सोभियत संघको अफगानिस्तान मिसन असफल होस् भन्ने अमेरिकाको चाहना थियो। 

गोप्य दस्तावेज, पत्रकारहरुको खोजी रिपोर्टिङ र उक्त समयका खास मानिसहरुको बयान र अन्तरवार्ता हेर्दा अफगानिस्तानमा अमेरिकाको चाहना स्पष्ट हुन्छ। अमेरिका सोभियत संघलाई यस्तो दलदलमा फसाउन चाहन्थ्यो कि, जहाँ उसलाई धेरै नोक्सान होस्। अमेरिका आफूले भियतनाम युद्धमा भोगेको नियति अफगानिस्तानमा सोभियत संघको पनि होस् भन्ने चाहन्थ्यो। 

त्यसका लागि अमेरिकाले ‘अपरेशन साइक्लोन’ मिसन चलाएको थियो। उक्त समयका सञ्चार माध्यमले उक्त मिसनलाई ‘अमेरिकी गुप्तचर निकाय सीआईएले चलाएको इतिहासकै सबैभन्दा ठूलो जासुसी अभियान’ भएको बताएका थिए। 

अफगानिस्तानबाट फर्किँदै सोभियत सैनिक। तस्बिर : गेट्टी इमेज

अफगानिस्तानबाट सोभियत संघका सैनिक फिर्ता भएको आठ वर्षपछि तालिबानले काबुल कब्जा गरेको थियो। अनि अफगानिस्तानमा इस्लामी कट्टरपन्थी शासन सुरु भएको थियो। त्यसपछि त्यहाँ मानव अधिकारको उल्लंघन भएको भन्दै विश्वभरबाट आलोचना भयो।

त्यतिबेला पनि एउटा प्रश्न उठेको थियो– तालिबानको यो जितमा अमेरिकाको कुनै भूमिका थियो?

अफगानिस्तानमा अमेरिका–सोभियत संघर्षको सुरुआत 
सन् १९७९ को वसन्त ऋतुमा सोभियत संघका ३० हजारभन्दा धेरै सैनिक विमान र ट्यांकसहित अफगानिस्तान प्रवेश गरे। यी सैनिक काबुलको ‘क्रान्तिकारी’ कम्युनिष्ट सरकारको सहयोगका लागि अघि बढेका थिए। त्यसको एक वर्षअघि कथित ‘सौर्य क्रान्ति’बाट अफगानिस्तानमा साम्यवादी सरकार गठन भएको थियो। तर, उक्त सरकारले इस्लामी मिलिसियाको विरोधको सामना गर्नुपर्‍यो। उनीहरु आफूलाई मुजाहिद्दीन भन्ने गर्थे। र, उनीहरुलाई लाग्थ्यो कि उनीहरु इस्लामीशास्त्रअनुसार 'जिहाद' गरिरहेका थिए।

सोभियत संघ अफगानिस्तानमा साम्यवादी सरकार कामय राख्न चाहन्थ्यो। तर, राष्ट्रपति बबरक करमालको शासनविरुद्ध मुजाहिद्दीनको विद्रोह तीव्र गतिमा बढिरहेको थियो। 

स्ट्यान्फोर्ड विश्वविद्यालयमा अफगान इतिहासका विशेषज्ञ रोबर्ट क्रुज भन्छन्– ‘अमेरिकालाई तत्कालीन समयमा धक्का पुगेको थियो, जबकि सन् १९५० को दशकदेखि नै अफगानिस्तानमा व्यवस्थित ढाँचाको विकास परियोजनामा काम गर्नका लागि सोभियत संघसँग अमेरिकाले प्रतिस्पर्धा गर्न परिरहेको थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

यो अवस्थामा तत्कालीन अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकार जबिगन्यू ब्रेजेजिस्की र अन्य सल्लाहकारले अफगानिस्तानमा जासुसी अभियान सुरु गर्न र त्यसकै माध्यमबाट त्यहाँ चलेको विद्रोहलाई हतियार उपलब्ध गराउन प्रस्ताव राखे।

यसपछि शीतयुद्धको संर्घषको अर्को अध्याय सुरु भयो। दुनियाँमा दबदबा कायम राख्नका लागि अमेरिका र सोभियत संघ एक अर्कासँग प्रतिस्पर्धा त गरिरहेका थिए, तर मैदानमै आमने–सामने थिएनन्। तेस्रो देशमा भइरहेको लडाइँमा एक–अर्काको विरोधीको मद्दत गरिरहेका थिए। अंग्रेजीमा यसलाई ‘प्रोक्सी वार’ भनिन्छ, जसको अर्थ हुन्छ ‘छद्म युद्ध।’

बीबीसीमा जिहादी मिलिसिया विशेषज्ञ रहेकी मुराद शिशानीले पनि अमेरिकाले सोभियत संघसँग शीतयुद्धका लागि उक्त अभियान चलाएको बताइन्। ‘अफगानिस्तानमा आफ्नो सोभियत दुश्मनलाई हराउन अमेरिकाले जिहादीलाई सहयोग गरेको थियो,’ उनले भनिन्।

‘अपरेशन साइक्लोन’ मार्फत् अफगानिस्तानमा हतियार
सुरुमा ‘अपरेशन साइक्लोन’का लागि विद्रोहीलाई ‘सोभियत युग’का पुराना हतियार दिइएको थियो। उनीहरुलाई एके–४७ मात्र नभएर विभिन्न अरब देशबाट विद्रोहीलाई पैसा सहयोग गर्न थालियो। रोबर्ट क्रुजका अनुसार अमेरिकाले आफ्नो संलग्नता सहज रुपमा अस्वीकार गर्न यसो गरेको थियो। 

Xtrem

Xtrem

साउदी अरब यसमा सबैभन्दा सक्रिय देश थियो। इजिप्टका अनबर अल–सादात र अन्य नेताले पनि मुजाहिद्दीनलाई सहयोग पुर्‍याउन भूमिका खेले। यो योजनामा पाकिस्तानको गुप्तचर निकायलाई सहभागी गराउन जरुरी थियो। यहीँबाट धेरैजसो जिहादी गुट चलाउने गरिन्थ्यो। अमेरिकी कंग्रेसको सदस्य रहेका हब आर रिजले टेनेसीदेखि केटुकी सैनिक क्याम्पसम्म ७०० वटा खच्चर आपूर्ति गरेका थिए, जसलाई पाकिस्तान पठाउनु थियो। रिजले यसको खुलासा सन् १९८८ मा गरेका थिए।

मुजाहिद्दीन नेतालाई स्वागत गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन। तस्बिर : गेट्टी इमेज।

ह्वाइट हाउसमा राष्ट्रपति रोनाल्ड रेगन आएपछि अमेरिकाले अफगानिस्तानमा खुला रुपमै उपस्थिति जनायो। त्यहाँ लगातार शक्तिशाली हुदै गएको मुजाहिद्दीनलाई सहयोग गर्न अमेरिकाले पैरवी गरेको थियो। सोभियत संघलाई रोक्नका लागि हतियार मात्र सहयोग गरेर पुग्दैन भन्ने अमेरिकालाई लागेको थियो। सन् १९८४ मा अमेरिकी कंग्रेसले अफगानिस्तान सम्बन्धी एक प्रस्ताव पारित गर्‍यो, जसमा भनिएको छ– ‘अफगानिस्तानको जंग–ए–आजादीका सिपाहीलाई लड्न र मर्नका लागि सहयोग गरेर मात्र स्वतन्त्रताको लक्ष्य प्राप्त हुँदैन।’

रोनाल्ड रेगन यति अघि बढे कि उनले आफ्नो कार्यालय ओवलमा मुजाहिद्दीनका नेतासहितको प्रतिनिधिमण्डललाई स्वागत गरे। सन् १९८६ मा ‘स्टेट द युनियन’लाई दिएको भाषणमा अफगान युवालाई सन्देश दिँदै भने- ‘जंग–ए–आजादीका सिपाही, तपाईंहरु एक्लै हुनुहुन्न। अमेरिका तपाईहरुको साथमा छ।’ 

तर, राष्ट्रपति रेगनले केही यस्तो काम गरे जुन उनको भाषणभन्दा महत्वपुर्ण थियो। उनले अफगान गुरिल्ला युवाहरुको लागि स्टिङ्गर मिसाइल पठाए। अमेरिकाको यो सहयोगले अफगानिस्तानको पहाडमा लुकेका मुजाहिद्दीन सोभियत हेलिकोप्टरहरु खसाउन थाले। अब जमिनमा पनि युद्धको समीकरण परिर्वतन हुन थाल्यो। अफगानिस्तानमा गरेको यो सहयोगको डेमोक्रेटिक पार्टीका सिनेटरले पनि प्रशंसा गर्न थाले।

अफगानिस्तानमा सेना पठाउने निर्णय गरेको नौ वर्षपछि सेम्टेबर १९८८ मा सोभियत संघ पछि हट्यो। राष्ट्रपति मिखाइल गोर्वाचोवले सेना फिर्ता बोलाउने आदेश गरे। यो अवधिसम्म सोभियत संघ पनि अफगानी युद्धमा हात हालेर फसेको महसुस गरिरहेको थियो।

के तालिबानलाई अमेरिकी सहयोग थियो?
सन् १९९४ सम्म अफगानिस्तानको दक्षिण शहर कान्धाहारमा पनि कमै मान्छेले मात्र तालिबानबारे सुनेका थिए। उनीहरुले मदरसामा तालिम लिएका थिए। उनीहरु पस्तुन मूलका युवा थिए, जो आफूलाई तालिब (छात्र) बताउँथे। बिस्तारै कान्धाहारमा उनीहरुको लोकप्रियता बढ्न थाल्यो। अमेरिकामा तालिबानीहरुलाई जंग–ए–आजादीको सिपाही भनिन्थ्यो। तर, उनीहरु इस्लामी कट्टरपन्थी लडाकु थिए।

मुराद शिशानीका अनुसार तालिबानको उदय हुँदासम्म सोभियत संघको पतन भइसकेको थियो। तर, तालिबानको स्थापनामा ती नेता सामेल भए, जसले सोभियत संघविरुद्धको लडाइँको समयमा अमेरिकासँग सहयोग लिएका थिए। ‘सोभियत संघलाई हराउनु त्यसबेला महत्वपूर्ण थियो। जिहादी भनिनु त्यस समय नकारात्मक मानिँदैन थियो। यो शब्द पछि अल–कायदा र इस्लामिक स्टेट जस्ता संगठनका कारण कुख्यात भए,’ शिशानीले भनेकी छिन्।

अमेरिकाले अफगानिस्तानमा हतियार पुर्‍याएको साँचो भए पनि अन्य देशले पनि यो काम गरेको उनको भनाइ छ। 

के हासिल भयो अमेरिकालाई?
अफगानिस्तानबाट फिर्ता भएसँगै सोभियत संघको पतन र शीतयुद्धको पटाक्षेपको पटकथा तयार भएको थियो। सन् १९९० को दशकमा अमेरिका झनै शक्तिशाली भएर आयो। आफूलाई चुनौती दिनसक्ने कोही छैनन् भन्ने अमेरिकाको ठम्याइ थियो। चीन चुनौती दिने अवस्थामा नपुग्दासम्म अमेरिका शक्तिको शिखरमा एक्लै खडा थियो। रोबर्ट क्रुजले भनेका छन्, ‘अफगानिस्तान गृहयुद्धको बेला अमेरिकाले सहयोग गरेको मुजाहिद्दीनले मानव अधिकार उल्लंघन गर्न थालेपछि यो मामिलामा उसले आँखा चिम्लिने विकल्प छान्यो।’

रोबर्ट क्रुज अफगानिस्तानको अवस्थाको ती देशसँग तुलना गर्छन्, जहाँ कम्युनिष्ट सरकार थिए र सशस्त्र विद्रोह चलिरहेको थियो। उनका अनुसार अमेरिकी अभिजात वर्ग दोस्रो देशका मान्छेहरुलाई उनीहरुको सफलताको मापनसँग मात्र तुलना गर्छन्। जसले अपरेशन साइक्लोनको समर्थन गरे उनीहरुलाई कहिल्यै पछुतो भएन। राष्ट्रपति जिमी कार्टरका राष्ट्रिय सुरक्षा सल्लाहकार जबिगन्यु ब्रेजेजिस्कीले फ्रान्सको एक पत्रिकालाई दिएको अन्तरवार्तामा भनेका थिए– ‘दुनियाँको इतिहासमा कुन विषयले महत्व राख्छ, तालिबान या सोभियत संघको पतन?’

- बीबीसी हिन्दीबाट भावानुवाद 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा?
सम्बन्धित सामग्री
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलोपटक निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित... बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्