• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नागरिकको आँखाबाट हेर्दा यस्तो फोहोर देखिन्छ राजनीति

64x64
हेमन्त मल्ल ठकुरी शनिबार, भदौ १२, २०७८  २०:४०
1140x725

राजनीति भनेको नीतिको राजा हो। तर, हाम्रा ‘राजनेता’ले राजनीतिलाई आफू सुहाउँदो बनाए। सही व्यक्तिबाट सल्लाह लिनु या सिक्नु हाम्रा नेताहरुका लागि असम्भवजस्तै छ। उनीहरुका सल्लाहकार पनि त्यस्तै ‘अनुहार’का छन्, जस्तो राजनीतिकर्मीको छ।

हरेक क्षेत्रमा नयाँ पुस्ता आइसकेका छन्। प्रविधिले सूचना प्राप्त गर्न सहज बनाएको छ। संसार उज्यालोतिर लम्किरहेको छ। तर, हाम्रा नेता पुरानै विचार बोकेर हिँडेका छन्।

विश्वव्यापीकरण, द्रुत फैलने विश्वका समाचार, सामाजिक सञ्जालले सर्वसाधारणको चेतना र जानकारीको क्षेत्र व्यापक भइसकेको छ। तर, राजनीतिको नेतृत्वकर्ता यसलाई स्वीकार्न चाहँदैनन्। मार्क्स, लेनिन र माओलगायत आफ्ना पुराना गुरुका मक्किसकेका सिद्धान्तको बाजा बजाइरहन्छन्। पुरानै समाजवादको नारा सुनाउन छाडेका छैनन्। सायद, त्यसबाहेक अरु जानकारी पनि छैन, उनीहरुलाई।

नेपालमा भविष्य नदेखेपछि बुद्धि र पाखुरा भएका धेरै नेपाली विदेशिएका छन्। उनीहरुलाई अहिलेको दूषित राजनीतिले वाक्क बनाएकै हो। खराब राजनेताका कारण भविष्य नदेखेकै हुन्। उनीहरुको क्षमता र सामर्थ्यलाई अरु देशले प्रयोग गरिरहेका छन्। तर, यो विषय हाम्रो नेतृत्वलाई थाहा नभएको पक्कै होइन। उनीहरुको आँखामा सत्ताको चस्मा छ। त्यो चस्माले आसेपासे, चाकरीबाज र कार्यकर्ताभन्दा केही देखिँदैन।

देश विकासका लागि गर्नुपर्ने काम कति छन् कति। आयोजना एउटा वा दुई वटा मात्र चलाएर र त्यसैलाई देखाएर भोट माग्ने परिपाटीले विकासका काम अघि नबढेको हो। हामीलाई त्यस्ता ठूला आयोजना सयौँको संख्यामा चाहिएको छ। जसले गर्दा हाम्रा दक्ष युवा जनशक्तिले काम पाऊन्। विदेश जान रोकिऊन्।

यसो भए यसअघि विदेशिएका जनशक्तिलाई पनि बोलाउन सक्छौँ। बोलाइएको पनि छ। तर, फेरि पनि राजनीतिक आस्थाका आधारमा मौका दिने प्रथा यथावत् छ। विदेश गएर विज्ञता हासिल गरेकालाई बीचमा बोलाउँदा उनीहरु पनि झल्याकझुलुक आउँछन्। राजनीतिक आस्थाका आधारमा ठूला पद धारण गर्छन्। आफ्नो ‘प्रोफाइल’ बढाउँछन् र फेरि विदेशतिरै सुइँकुच्चा ठोक्छन्। यो परिपाटीलाई नेताहरुले नै संस्थागत गरिदिए। यो काम देशको लागि नभइ नेताकै स्वार्थका लागि भएको छ।

हामीलाई चाहिने जनशक्ति भनेको विदेश गएर पनि पार्टी राजनीतिमै लिप्त भएका ‘कार्यकर्ता’ होइनन्। हामीले त राजनीतिक आस्थाबाट टाढा रहेर विदेशमा विज्ञता हासिल गरेकाहरुलाई फर्काउन सक्नुपर्छ। उनीहरुको ज्ञानलाई प्रयोग गर्न सक्नुपर्छ।

राजनीतिका लागि राजनीति!
राजनीतिको उद्देश्य समाज सेवा र देश विकास हुनुपर्ने हो। तर, नेपालमा राजनीतिका लागि मात्र राजनीति गरिन्छ। अर्थात्, खिचातानी, आरोप–प्रत्यारोप, व्यक्तिगत र समूहको स्वार्थ, भ्रष्टाचार राजनीतिको केन्द्रमा छन्। सकारात्मक र गतिशील सोच नभएका अल्छीको हातमा नेतृत्व पुग्नु नै समस्या हो।

Ncell 2
Ncell 2

नेपाली राजनीति स्वार्थरहित सामूहिक विचारबाट चल्दैन। त्यसरी चल्यो भने एउटा व्यक्तिको वरिपरि घुम्नुपर्ने अवस्था आउँदैन। सामूहिक विचारले देश अगाडि बढ्न सक्छ। नेतृत्वकर्तालाई त्यसको जरुरी नै छैन।

अरु देशमा राजनीतिक पृष्ठभूमि नभएका मानिस पनि राजनीतिमा आउँछन्। नेतृत्व दिन्छन्। उनीहरु निश्चित पदमा एक वा दुई पटक पुगेपछि बिदा हुन्छन्। उनीहरुले आफ्नो क्षमताले सक्ने गरिसकेका हुन्छन्। विकासको नयाँ गोरेटो कोरिसकेका हुन्छन्।

तर, यहाँ भने जिन्दगीभरि पद ओगट्छन्। सकेसम्म अरुका लागि ढोका बन्द गरेर पटक–पटक सत्ताको चास्नीमा रमाउने चलन छ। राजनीतिलाई पेसा र व्यवसाय बनाउँदा नै भ्रष्टाचार बढेको हो। देश समृद्धिको बाटोमा नहिँडेको हो।

अहिले हालिमुहाली गरिरहेको वर्गलाई हेर्ने हो भने ती अर्काको रिस गरेर राजनीतिमा आएका हुन्। उनीहरु हीन भावनाले ग्रस्त छन्। अचेल ती देखासिखीमा दरबारिया बोली बोल्छन्। आफूलाई नयाँ सामन्तको रुपमा प्रस्तुत गरिसकेका छन्।

जसले बनाए राजनीतिलाई पेसा
नेपालको राजनीति औँलामा गन्न सकिने ‘थोत्रा’ नेताको विर्ता जस्तो भएको छ। यिनीहरुलाई देख्दा लाग्छ ‘नेता भनेको सबैभन्दा जान्ने’हरु हुन्, जसलाई गफ सिबाय केही आउँदैन। न सिक्न चाहन्छन्, न बुझ्न।

नेपालको राजनीति दक्षिण एसियाबाट प्रभावित छ। भारत, बाङ्लादेश, श्रीलंका, पाकिस्तान जस्ता देशमा पनि बाँचुन्जेल राजनीतिमा लाग्ने र पद ओगटिरहने परम्परा छ। खासगरी भारतीय राजनीतिको प्रभाव यो क्षेत्रमा परेको छ।

बाँचुन्जेल राजनीतिमै लाग्नेहरुले अन्य पेसा र व्यवसाय गर्दैनन्। त्यसैले उनीहरुको पेसा नै राजनीति हो। राजनीतिबाटै भात पाक्छ। राजनीतिबाटै घर–घडेरी जोडिन्छ। गाडी चढिन्छ। जे जस्तो प्रगति हुन्छ, राजनीतिबाटै हुन्छ। धेरैको त दिन दुगुना, रात चौगुना प्रगति हुन्छ। र, यो पनि ‘ओपन–सिक्रेट’ हो कि भ्रष्टाचार नगरी यस्तो प्रगति हुँदैन।

राजनीतिको अपराधीकरण
अपराधीलाई राजनीतिकर्मीले संरक्षण गरेको विषय त बारम्बार उठेकै छ। तर, अब त राजनीतिकै अपराधीकरण भइसकेको छ। राजनीतिलाई अपराधका लागि प्रयोग गर्न थालिएको छ।

कुनै समय प्रधानमन्त्री निवास बालुवाटार नै रक्तचन्दन तस्करहरुको अड्डा बनेको खबरहरु आएका थिए। तुलसी अग्रवाल अपहरण काण्डका अपराधीलाई गृहमन्त्रीको क्वार्टरमा लुकाइएको आरोप पनि लागेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट ठेक्का दिएर देशको सरकारी संयन्त्रलाई डलर, सुन, लागू औषध तस्करीका लागि प्रयोग गर्न दिइएको छ। प्रधानमन्त्री निवास बालुवाटारको जग्गासमेत बेचिएको छ। आफैं अपराध गराउने र आफैँले तिनीहरुलाई ‘सुनपानी छर्किने’ रमिता छ, यहाँ।

नेपाली समाजका केही मान्यता नकारात्मक राजनीतिकै कारण फेरिएको छ। जसको हातमा पैसा र मुङ्ग्री छ, उसको इज्जत हुन्छ। जयजयकार हुन्छ। अघिपछि लावालस्कर हुन्छ। त्यही कारण शक्तिको दुरुपयोग भएको छ। र, शक्तिको दुरुपयोग भएको अनुगमनका लागि बनाइएका निकायकै दुरुपयोग भएको छ। अनि नेता फुक्काफाल भएका छन्।

नीति नियममा बस्नु ‘इज्जत’माथि आँच आउने विषय बनेको छ। जति धेरै नियम तोड्न सक्यो उति शक्तिशाली होइन्छ।

ऐन नियम पनि उनीहरुकै स्वार्थ अनुसार बन्छन्। अस्पताल संचालक सांसद हुन्छ र स्वास्थ्यको कानुन बनाउँछ। शैक्षिक व्यापारी सांसद भएर शिक्षाको कानुन बनाउँछ। बैंक संचालकले आर्थिक कारोबार सम्बन्धी कानुन बनाउँछ। वन तस्करले वनसम्बन्धी कानुन बनाउँछ। यो सूची निकै लामो हुन्छ। र, उनीहरुले बनाएको कानुनले फाइदा जनतालाई होइन, व्यापारीलाई नै हुन्छ। त्यसैले अब त राजनीतिको अपराधीकरणलाई पनि ‘वैधानिकता’ दिन थालिसकिएको छ।

कर्मचारीतन्त्र पनि कम छैन
एउटा नेपाली उखान छ– मुर्खसँग टाढै बस्नू। तर, यो उखानअनुसार हामी ‘मुर्ख’सँग टाढा बस्न पाएका छैनौँ। तपाईंलाई काम लिएर सरकारी कार्यालय पक्कै गइरहनुपर्छ। के कुनै सरकारी कार्यालयमा सहजै काम हुन्छ? अनि सरकारी कार्यालयको बेथितीबारे हाम्रा राजनेतालाई जानकारी छैन?

सरकारी कर्मचारी कोही त पक्कै हुन्छ, जसलाई इमान्दारपूर्वक काम गरौँ भन्ने लाग्दो हो। तर, त्यस्ता कर्मचारी कतै टाढै लखेटिन्छन्। जसले नेताको बोलीमा बोली मिलाउँछ ऊ नै राज्य संचालनमा नेतासँग कुम मिलाउँछ। ती कर्मचारी नेताको बोलीमा सरस्वतीको बास देख्छन्, मुखबाट कस्तुरीको बास आएको महसुस गर्छन्, बकम्फुसे कुरामा ताली ठोक्छन्। तिनैको माध्यमबाट नेताले भ्रष्टाचार गर्छन्। र, भ्रष्टाचारमा कर्मचारी पनि सहभागी हुन्छन्। यी कर्मचारी मौसमअनुसार कार्यकर्ताको मुकुन्डो लगाउँछन्।

अन्तर्राष्ट्रिय रुपमा गिरेको छवि
नेपाली राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य राजनीतिज्ञको विदेशी राष्ट्रमा हुने इज्जत दयनीय छ। नेपालमा भएका ठूला देशका राजदूतसँग पनि यिनीहरु डराउँछन्। न भेटघाटको प्रोटोकल छ, न प्रतिष्ठा गुम्ने डर। विदेशी राजदूतसँग व्यक्तिगत फाइदासमेत माग गर्छन्, चाहे त्यो छात्रवृत्तिको नाममा होस् वा अरु कुनै सहयोग।

यहाँ देश चलाउन कुनै विज्ञता, मेरिट, मापदण्ड चाहिँदैन। निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड भनेको आसेपासे, नातागोता र भजनमन्डली नै हुन्। निर्वाचनमा उम्मेदवार होइन, चुनाव चिन्ह मात्र हेर्ने परिपाटी छ। यिनै व्यक्ति सांसद हुँदै मन्त्री बन्छन्। र, यिनैका कारण नेपालको छवि अन्तर्राष्ट्रियस्तरमा धमिल बन्दै गएको छ।

नेपाल र नेपालीलाई भलो नगर्ने चरित्रको यस्तो राजनीति नसुध्रिएसम्म ‘राजनेता’ अहिले हालिमुहाली गरिरहेको वर्ग नै हुन्छ। यिनीहरुबाट देशको भलो हुने अब कुनै कल्पना बाँकी छैन। तर, यो ‘फोहोरी’ राजनीति सुध्रनु आवश्यक छ। त्यसका लागि नयाँ पुस्ताको हस्तक्षेप जरुरी छ।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कुरुवालाई खाना पकाउने व्यवस्थासहित वीरमा थपियो आकस्मिक कक्ष सोमबार, माघ ५, २०८२
कैलाली–५ बाट त्रिविका पूर्व उपप्राध्यापक आनन्द चन्द रास्वपाका उम्मेदवार सोमबार, माघ ५, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
धादिङ-१ बाट आशिका तामाङ बनिन् रास्वपा उम्मेदवार सोमबार, माघ ५, २०८२
मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्