• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नागरिकको आँखाबाट हेर्दा यस्तो फोहोर देखिन्छ राजनीति

64x64
हेमन्त मल्ल ठकुरी शनिबार, भदौ १२, २०७८  २०:४०
1140x725

राजनीति भनेको नीतिको राजा हो। तर, हाम्रा ‘राजनेता’ले राजनीतिलाई आफू सुहाउँदो बनाए। सही व्यक्तिबाट सल्लाह लिनु या सिक्नु हाम्रा नेताहरुका लागि असम्भवजस्तै छ। उनीहरुका सल्लाहकार पनि त्यस्तै ‘अनुहार’का छन्, जस्तो राजनीतिकर्मीको छ।

हरेक क्षेत्रमा नयाँ पुस्ता आइसकेका छन्। प्रविधिले सूचना प्राप्त गर्न सहज बनाएको छ। संसार उज्यालोतिर लम्किरहेको छ। तर, हाम्रा नेता पुरानै विचार बोकेर हिँडेका छन्।

विश्वव्यापीकरण, द्रुत फैलने विश्वका समाचार, सामाजिक सञ्जालले सर्वसाधारणको चेतना र जानकारीको क्षेत्र व्यापक भइसकेको छ। तर, राजनीतिको नेतृत्वकर्ता यसलाई स्वीकार्न चाहँदैनन्। मार्क्स, लेनिन र माओलगायत आफ्ना पुराना गुरुका मक्किसकेका सिद्धान्तको बाजा बजाइरहन्छन्। पुरानै समाजवादको नारा सुनाउन छाडेका छैनन्। सायद, त्यसबाहेक अरु जानकारी पनि छैन, उनीहरुलाई।

नेपालमा भविष्य नदेखेपछि बुद्धि र पाखुरा भएका धेरै नेपाली विदेशिएका छन्। उनीहरुलाई अहिलेको दूषित राजनीतिले वाक्क बनाएकै हो। खराब राजनेताका कारण भविष्य नदेखेकै हुन्। उनीहरुको क्षमता र सामर्थ्यलाई अरु देशले प्रयोग गरिरहेका छन्। तर, यो विषय हाम्रो नेतृत्वलाई थाहा नभएको पक्कै होइन। उनीहरुको आँखामा सत्ताको चस्मा छ। त्यो चस्माले आसेपासे, चाकरीबाज र कार्यकर्ताभन्दा केही देखिँदैन।

देश विकासका लागि गर्नुपर्ने काम कति छन् कति। आयोजना एउटा वा दुई वटा मात्र चलाएर र त्यसैलाई देखाएर भोट माग्ने परिपाटीले विकासका काम अघि नबढेको हो। हामीलाई त्यस्ता ठूला आयोजना सयौँको संख्यामा चाहिएको छ। जसले गर्दा हाम्रा दक्ष युवा जनशक्तिले काम पाऊन्। विदेश जान रोकिऊन्।

यसो भए यसअघि विदेशिएका जनशक्तिलाई पनि बोलाउन सक्छौँ। बोलाइएको पनि छ। तर, फेरि पनि राजनीतिक आस्थाका आधारमा मौका दिने प्रथा यथावत् छ। विदेश गएर विज्ञता हासिल गरेकालाई बीचमा बोलाउँदा उनीहरु पनि झल्याकझुलुक आउँछन्। राजनीतिक आस्थाका आधारमा ठूला पद धारण गर्छन्। आफ्नो ‘प्रोफाइल’ बढाउँछन् र फेरि विदेशतिरै सुइँकुच्चा ठोक्छन्। यो परिपाटीलाई नेताहरुले नै संस्थागत गरिदिए। यो काम देशको लागि नभइ नेताकै स्वार्थका लागि भएको छ।

हामीलाई चाहिने जनशक्ति भनेको विदेश गएर पनि पार्टी राजनीतिमै लिप्त भएका ‘कार्यकर्ता’ होइनन्। हामीले त राजनीतिक आस्थाबाट टाढा रहेर विदेशमा विज्ञता हासिल गरेकाहरुलाई फर्काउन सक्नुपर्छ। उनीहरुको ज्ञानलाई प्रयोग गर्न सक्नुपर्छ।

राजनीतिका लागि राजनीति!
राजनीतिको उद्देश्य समाज सेवा र देश विकास हुनुपर्ने हो। तर, नेपालमा राजनीतिका लागि मात्र राजनीति गरिन्छ। अर्थात्, खिचातानी, आरोप–प्रत्यारोप, व्यक्तिगत र समूहको स्वार्थ, भ्रष्टाचार राजनीतिको केन्द्रमा छन्। सकारात्मक र गतिशील सोच नभएका अल्छीको हातमा नेतृत्व पुग्नु नै समस्या हो।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली राजनीति स्वार्थरहित सामूहिक विचारबाट चल्दैन। त्यसरी चल्यो भने एउटा व्यक्तिको वरिपरि घुम्नुपर्ने अवस्था आउँदैन। सामूहिक विचारले देश अगाडि बढ्न सक्छ। नेतृत्वकर्तालाई त्यसको जरुरी नै छैन।

अरु देशमा राजनीतिक पृष्ठभूमि नभएका मानिस पनि राजनीतिमा आउँछन्। नेतृत्व दिन्छन्। उनीहरु निश्चित पदमा एक वा दुई पटक पुगेपछि बिदा हुन्छन्। उनीहरुले आफ्नो क्षमताले सक्ने गरिसकेका हुन्छन्। विकासको नयाँ गोरेटो कोरिसकेका हुन्छन्।

तर, यहाँ भने जिन्दगीभरि पद ओगट्छन्। सकेसम्म अरुका लागि ढोका बन्द गरेर पटक–पटक सत्ताको चास्नीमा रमाउने चलन छ। राजनीतिलाई पेसा र व्यवसाय बनाउँदा नै भ्रष्टाचार बढेको हो। देश समृद्धिको बाटोमा नहिँडेको हो।

अहिले हालिमुहाली गरिरहेको वर्गलाई हेर्ने हो भने ती अर्काको रिस गरेर राजनीतिमा आएका हुन्। उनीहरु हीन भावनाले ग्रस्त छन्। अचेल ती देखासिखीमा दरबारिया बोली बोल्छन्। आफूलाई नयाँ सामन्तको रुपमा प्रस्तुत गरिसकेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जसले बनाए राजनीतिलाई पेसा
नेपालको राजनीति औँलामा गन्न सकिने ‘थोत्रा’ नेताको विर्ता जस्तो भएको छ। यिनीहरुलाई देख्दा लाग्छ ‘नेता भनेको सबैभन्दा जान्ने’हरु हुन्, जसलाई गफ सिबाय केही आउँदैन। न सिक्न चाहन्छन्, न बुझ्न।

नेपालको राजनीति दक्षिण एसियाबाट प्रभावित छ। भारत, बाङ्लादेश, श्रीलंका, पाकिस्तान जस्ता देशमा पनि बाँचुन्जेल राजनीतिमा लाग्ने र पद ओगटिरहने परम्परा छ। खासगरी भारतीय राजनीतिको प्रभाव यो क्षेत्रमा परेको छ।

बाँचुन्जेल राजनीतिमै लाग्नेहरुले अन्य पेसा र व्यवसाय गर्दैनन्। त्यसैले उनीहरुको पेसा नै राजनीति हो। राजनीतिबाटै भात पाक्छ। राजनीतिबाटै घर–घडेरी जोडिन्छ। गाडी चढिन्छ। जे जस्तो प्रगति हुन्छ, राजनीतिबाटै हुन्छ। धेरैको त दिन दुगुना, रात चौगुना प्रगति हुन्छ। र, यो पनि ‘ओपन–सिक्रेट’ हो कि भ्रष्टाचार नगरी यस्तो प्रगति हुँदैन।

राजनीतिको अपराधीकरण
अपराधीलाई राजनीतिकर्मीले संरक्षण गरेको विषय त बारम्बार उठेकै छ। तर, अब त राजनीतिकै अपराधीकरण भइसकेको छ। राजनीतिलाई अपराधका लागि प्रयोग गर्न थालिएको छ।

कुनै समय प्रधानमन्त्री निवास बालुवाटार नै रक्तचन्दन तस्करहरुको अड्डा बनेको खबरहरु आएका थिए। तुलसी अग्रवाल अपहरण काण्डका अपराधीलाई गृहमन्त्रीको क्वार्टरमा लुकाइएको आरोप पनि लागेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट ठेक्का दिएर देशको सरकारी संयन्त्रलाई डलर, सुन, लागू औषध तस्करीका लागि प्रयोग गर्न दिइएको छ। प्रधानमन्त्री निवास बालुवाटारको जग्गासमेत बेचिएको छ। आफैं अपराध गराउने र आफैँले तिनीहरुलाई ‘सुनपानी छर्किने’ रमिता छ, यहाँ।

नेपाली समाजका केही मान्यता नकारात्मक राजनीतिकै कारण फेरिएको छ। जसको हातमा पैसा र मुङ्ग्री छ, उसको इज्जत हुन्छ। जयजयकार हुन्छ। अघिपछि लावालस्कर हुन्छ। त्यही कारण शक्तिको दुरुपयोग भएको छ। र, शक्तिको दुरुपयोग भएको अनुगमनका लागि बनाइएका निकायकै दुरुपयोग भएको छ। अनि नेता फुक्काफाल भएका छन्।

नीति नियममा बस्नु ‘इज्जत’माथि आँच आउने विषय बनेको छ। जति धेरै नियम तोड्न सक्यो उति शक्तिशाली होइन्छ।

ऐन नियम पनि उनीहरुकै स्वार्थ अनुसार बन्छन्। अस्पताल संचालक सांसद हुन्छ र स्वास्थ्यको कानुन बनाउँछ। शैक्षिक व्यापारी सांसद भएर शिक्षाको कानुन बनाउँछ। बैंक संचालकले आर्थिक कारोबार सम्बन्धी कानुन बनाउँछ। वन तस्करले वनसम्बन्धी कानुन बनाउँछ। यो सूची निकै लामो हुन्छ। र, उनीहरुले बनाएको कानुनले फाइदा जनतालाई होइन, व्यापारीलाई नै हुन्छ। त्यसैले अब त राजनीतिको अपराधीकरणलाई पनि ‘वैधानिकता’ दिन थालिसकिएको छ।

कर्मचारीतन्त्र पनि कम छैन
एउटा नेपाली उखान छ– मुर्खसँग टाढै बस्नू। तर, यो उखानअनुसार हामी ‘मुर्ख’सँग टाढा बस्न पाएका छैनौँ। तपाईंलाई काम लिएर सरकारी कार्यालय पक्कै गइरहनुपर्छ। के कुनै सरकारी कार्यालयमा सहजै काम हुन्छ? अनि सरकारी कार्यालयको बेथितीबारे हाम्रा राजनेतालाई जानकारी छैन?

सरकारी कर्मचारी कोही त पक्कै हुन्छ, जसलाई इमान्दारपूर्वक काम गरौँ भन्ने लाग्दो हो। तर, त्यस्ता कर्मचारी कतै टाढै लखेटिन्छन्। जसले नेताको बोलीमा बोली मिलाउँछ ऊ नै राज्य संचालनमा नेतासँग कुम मिलाउँछ। ती कर्मचारी नेताको बोलीमा सरस्वतीको बास देख्छन्, मुखबाट कस्तुरीको बास आएको महसुस गर्छन्, बकम्फुसे कुरामा ताली ठोक्छन्। तिनैको माध्यमबाट नेताले भ्रष्टाचार गर्छन्। र, भ्रष्टाचारमा कर्मचारी पनि सहभागी हुन्छन्। यी कर्मचारी मौसमअनुसार कार्यकर्ताको मुकुन्डो लगाउँछन्।

अन्तर्राष्ट्रिय रुपमा गिरेको छवि
नेपाली राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य राजनीतिज्ञको विदेशी राष्ट्रमा हुने इज्जत दयनीय छ। नेपालमा भएका ठूला देशका राजदूतसँग पनि यिनीहरु डराउँछन्। न भेटघाटको प्रोटोकल छ, न प्रतिष्ठा गुम्ने डर। विदेशी राजदूतसँग व्यक्तिगत फाइदासमेत माग गर्छन्, चाहे त्यो छात्रवृत्तिको नाममा होस् वा अरु कुनै सहयोग।

यहाँ देश चलाउन कुनै विज्ञता, मेरिट, मापदण्ड चाहिँदैन। निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड भनेको आसेपासे, नातागोता र भजनमन्डली नै हुन्। निर्वाचनमा उम्मेदवार होइन, चुनाव चिन्ह मात्र हेर्ने परिपाटी छ। यिनै व्यक्ति सांसद हुँदै मन्त्री बन्छन्। र, यिनैका कारण नेपालको छवि अन्तर्राष्ट्रियस्तरमा धमिल बन्दै गएको छ।

नेपाल र नेपालीलाई भलो नगर्ने चरित्रको यस्तो राजनीति नसुध्रिएसम्म ‘राजनेता’ अहिले हालिमुहाली गरिरहेको वर्ग नै हुन्छ। यिनीहरुबाट देशको भलो हुने अब कुनै कल्पना बाँकी छैन। तर, यो ‘फोहोरी’ राजनीति सुध्रनु आवश्यक छ। त्यसका लागि नयाँ पुस्ताको हस्तक्षेप जरुरी छ।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्