• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

स्वास्थ्य सेवामा छैन ‘सेवा’, समाधान पर्खिरहेका पाँच सवाल

डा. सुवास प्याकुरेल बुधबार, भदौ १६, २०७८  ०७:०४
1140x725

कोभिड–१९ ले विश्वभरिको जीवनशैली फेरिएको छ। अरु देशमाझैँ नेपाली पनि स्वास्थ्यका सन्दर्भमा थप ‘स्मार्ट’ र सचेत भएका छन्। यस्तो बेला सरोकारवाला निकायले जारी गर्ने पहिलाजस्तो ‘कपी एण्ड पेस्ट’ घोषणा-पत्र र श्राद्धमा बिरालो बाँधेको शैलीको प्रतिबद्धता-पत्र स्वीकार्य हुन गाह्रो छ।

दाताकेन्द्रित नीति तथा कार्यक्रम होइन, डाटा–केन्द्रित योजनाको खोजी हुनुपर्छ। काठमाडौंको कालिमाटी मात्र हेरेर होइन कालिकोट के खोज्छ र क्यालिफोर्निया कस्तो रिसर्च गर्छ भन्ने बुझेर तथा सन्तुलित नजर लगाएर काम गर्नु पर्ने गरी ‘पाराडाइम शिफ्ट’ भैसकेको छ। पहिला मन्त्रीको अस्तित्व भएर जनताको अस्तित्व बनेको होइन, डाक्टरको अस्तित्व हुने भएर रोगको र  बिरामीको अस्तित्व भएको पनि होइन। स्वास्थ्य मन्त्रालयको भवन काठमाडौंको मुटुमा ठडिएको हुनाले जनतालाई मुटुरोग लाग्ने पनि होइन। 

अब सोचाइको च्यानल परिवर्तन गर्नैपर्छ। सोच्ने र हेर्ने टाउकोबाट नै हो, तर टेक्ने चाँही खुट्टाले हो। जनता के चाहन्छन्, सेवाग्राहीलाई के सेवा दिने र कसरी दिने, बिरामी खुशी छन् कि छैनन्, आफैं बिरामी बनेर जाँदा अनुभूति कस्तो रह्यो भन्ने ‘बटम–टप अप्रोच’ नै चाहिन्छ। बहस कम गर्ने र ‘हस्’ ज्यादा गर्ने प्रकृतिका कोठे गोष्ठीले पैदा गर्ने ‘टप–डाउन अप्रोच’ डेट एक्सपायर मोडल भैसकेको छ। पेसेण्ट स्याटिस्फ्याक्सन, पब्लिक स्याटिस्फ्याक्सन र प्रोफेसनल स्याटिस्फ्याक्सन नै पोलिसी स्याटिस्फ्याक्सन हुुनुपर्छ भन्ने धरातलमा रहेर स्वास्थ्यक्षेत्रले निम्न सवालमा बहस छेड्ने र समाधान खोज्नेतिर अविलम्ब अग्रसर हुनुपर्नेछ।

पहिलो सवाल : स्वास्थ्य बीमाको सबलीकरण 
स्वास्थ्य बीमाको व्यवस्थित प्रणालीमा शुल्क तिरिदिने आधार मात्र होइन स्वास्थ्यसेवाको पुरा ‘इको–सिस्टम’लाई नै सम्बोधन गर्ने क्षमता हुन्छ। प्रोटोकल र व्यवस्था बसाल्ने ताकत हुन्छ। स्वास्थ्य बीमा आफैमा एक ‘जादूगरी’ अवधारणा हो, जसले ‘क्लिनिकल’ अभ्यास र अनुसन्धानमा आधारित अभ्यासको आदत बसाल्छ। अस्पताललाई थप चुस्त, वैज्ञानिक, बिरामी–केन्द्रित, छरितो, पारदर्शी र आर्थिक रुपले समृद्ध बनाउन सक्छ। 

त्यसैगरी यसले पूर्वसूचना र ‘रेफरल सिस्टम’ व्यवस्थित गर्न सक्छ। तर, भुल्न नहुने कुरा चाँही, बीमा भनेको आगो जस्तै हो, ढंग पुगे मीठो खाना पाक्ने र नपुगे आगलागी हुने जोखिम हुन्छ। अहिले विद्यमान सरकारी बीमामा ‘क्लेम–प्रोसेसिङ’लाई अटोमेटिक नबनाएसम्म, तेस्रो–पक्ष विश्लेषक नल्याएसम्म, सफ्टवेयर र सूचना प्रविधिको अधिकतम प्रयोग गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड अनिवार्य नगरेसम्म स्वास्थ्य बीमाको गति धिमा हुने र साँघुरो सीमा हुने निश्चित छ। तसर्थ यो कार्यक्रमको ‘ग्याप एनालाइसिस’ र ‘कोर्स करेक्सन’ स्वास्थ्य क्षेत्रको मुख्य सवालमा पर्छ। 

दोस्रो सवाल:  चुस्त अनुगमन र गुणस्तरको सुनिश्चितता 
विश्व मानचित्रमा टेकेर सोचाइको राडार घुमाउने हो भने स्वास्थ्य सबैभन्दा कसिलो नियमन र अनुगमन हुनुपर्ने क्षेत्र हो। नेपालको सन्दर्भमा आकारमा ट्याङ्का जस्ता, गतिमा ट्याक्टर जस्ता र शुल्कमा हेलिकप्टर जस्ता एम्बुलेन्स कुद्न पाउँछन्। बिरामी झारिदिएर एम्बुलेन्सले ‘क्यास अन डेलिभरी’ लिने देश पनि नेपाल हो। 
साँघुरो घरमा अस्पताल खोल्न पाउने, त्यसैमा भर्‍याङमुनि ल्याब खोल्न पाउने देश पनि हो, नेपाल। निजी अस्पताल मात्रै होइन, सरकारी अस्पताललाई समेत जति भद्रगोल छोडे पनि हुने देश हो। संविधानले छुट्टै धारा खोलेर स्वास्थ्यलाई नैसर्गिक हक भनिदिँदासम्म पनि र डीएम तथा एमसीएच तहसम्मको पढाइ संचालनमा आइसक्दा स्वास्थ्यसेवा प्रदायकलाई भने बेलगाम छोडिदिएको छ।

अबका दिनमा व्यवस्थित, वैज्ञानिक र नियमित अनुगमनले गुणस्तरको सवाललाई ‘यू टर्न’ गराउनु पर्ने देखिन्छ। कि त नियम कडा गरेर, नभए ‘एक्रेडिटेसन’ प्रणाली खडा गरेर यो मुद्दा सुल्झाउन सकिन्छ।

तेस्रो सवाल : शुल्क निर्धारण र नियमनको विषय 
बिल देखेपछि नदुखेको दिल पनि दुख्न थाल्ने ‘ट्रोल’ हामी सबैले सुन्दै आएकै हो। प्याज कति पर्छ थाहा हुने, ब्याज कति पर्छ थाहा हुने, सुन कति पर्छ थाहा हुने, लसुन कति पर्छ थाहा हुने, हार्ट एट्याक ठीक गर्न के गर्दा कति शुल्क लाग्छ थाहै नहुने!

Ncell 2
Ncell 2
nimb
nimb

आईसीयू भनेर दिनको १० हजार रुपैयाँसम्म लिएर त्यसमा फेरि मोनिटर चार्ज, अक्सिजन चार्ज, नर्सिङ चार्ज र सर्भिस चार्ज थपेर लिन पाइने हो कि होइन? फिल्म हेर्न जाँदा टिकट भनेर पैसा लिइसकेपछि सिटको छुट्टै, पर्दाको छुट्टै, पंखाको छुट्टै पैसा लिने गरेको थाहा छैन। अझ तेस्रो पक्षले भुक्तानी गरिदिने सवारी दुर्घटना र विदेशी नागरिकको उपचारको सवालमा त यति धेरै समस्याको चाङ छ कि झट्ट हेर्दा स्वास्थ्य क्षेत्रको स्वास्थ्य जाँच नभएको स्पष्ट हुन्छ।

राज्यले शुल्क तिरिदिने बीमा कार्यक्रम र आमा–सुरक्षा कार्यक्रमको शुल्क तोकेर अस्पताललाई आव्हान हुन सक्छ भने नागरिक आफैंले र तेस्रो पक्षले तिर्ने सन्दर्भमा राज्यको मौनता रहिरहन कसरी सम्भव छ? नजानेर यो स्थिति रहेको होस कि नचाहेर वा नसकेर होस, यसको अन्त्य हुनै पर्छ। सरकारले चाहने हो भने ‘सिंगल–सट–सोलुशन’ निस्कने अजेण्डा हो, यो। 

चौथो सवाल : स्वास्थ्य सेवामा छैन ‘सेवा’  
स्वास्थ्य शब्दको सुहाउँदो ‘बाइ–डिफल्ट’ जोडी शब्द भनेकै सेवा हो, व्यापार होइन। विभागको नाम नै स्वास्थ्य सेवा राखिएको छ, स्वास्थ्य व्यवसाय विभाग होइन। भनिरहनै परेन कि स्वास्थ्यक्षेत्रमा बिरामीले कसरी जानकारी पाउँछन्, कसरी अस्पताल आउँछन्, कति बेर अस्पतालमा बिताउँछन्, कति पटक लाइनमा धाउँछन्, अन्यौलमा पर्छन् कि ढुक्कै हुन्छन्, कति पैसा तिर्छन्, कसरी तिर्छन्, आफैँ मात्रै आउने आँट गर्छन कि के–केका लागि कता–कता कुद्नु पर्ने हो भनेर दुई–तीन जनाको डफ्फै बोकेर आउँछन्, रिपोर्ट कतिखेर कसरी पाउँछन्, चित्त नबुझे अरुलाई सोध्न पाउँछन कि पाउँदैनन्? यी सवाल साझा हुन्।

के अब वीर अस्पतालमा उपचार लिन जान बिरामी वीर नै हुनु पर्ने हो? नत्र त दुई घण्टा टिकटको लाइन, चार वटा अरु लाइन लागेर भिड छिचोल्न सकिने नै देखिँदैन। सैद्धान्तिक कुरा गर्दा भने सरकारी अस्पताल भनेको दूरदराजका जनताका लागि खोलिएको हो भन्ने, अनि सोझो र निर्धो मान्छे चाहिँ वीर अस्पताल जाउँ र जचाएर आउँ भन्ने आँट गर्न नसक्ने? प्लेनदेखि फिल्मसम्मको टिकट हातैमा आइपुग्ने व्यवस्था धेरैअघि सुरु भैसकेको नेपालमा अस्पतालको किन यस्तो हालत छ? 

पाँचौ सवाल : मेडिकल एजुकेशनको सबलीकरण 
शिक्षा र अनुसन्धान भनेका दुई यस्ता मूल हुन् जसबाट ज्ञान, विज्ञान ,सीप र मानव–श्रोतको उद्गम हुन्छ। सेवाको द्वार खुल्छ। चिकित्सा शिक्षा आयोगको नयाँ अभ्याससँगै नेपालमा चिकित्सा शिक्षा र आङ्गिक शिक्षाको स्तरोन्नति गर्ने परिकल्पना लिइएको छ। तर, पछिल्ला टीका–टिप्पणी केलाउँदा भने चिकित्सा शिक्षा आयोगले मेडिकल एजुकेशन झलमल पार्ला कि झन् अलमल पार्ला भनी सोच्नु पर्ने भएको छ। 

कोभिडको अस्तव्यस्तताका बाबजुद पनि अन्य संस्थाको शैक्षिक क्यालेन्डर नभत्किएको अवस्थामा मेडिकल एजुकेशनको क्यालेण्डर बिग्रिनु भनेको देशलाई दूरगामी असर पर्नु हो। विद्यार्थी, अभिभावक र कलेजहरुको निद्रा खराब हुनु हो। कानुनको ताकतमा भन्दा प्रस्तुतिको ताकतमा चिकित्सा शिक्षाको प्राण भरिनुपर्छ। 

चिकित्सा शिक्षा प्रवाह गर्ने प्रतिष्ठानहरुको प्रतिष्ठामा नै दाग लाग्ने दृश्य बाहिरिरहँदा आम मानिसमा समेत प्रश्न उठेको छ– मुहान नै फोहोर भए धारामा कसरी सफा पानी आउला र? स्वास्थ्य मन्त्रालय, सम्पूर्ण सम्बन्धित काउन्सिल, गोविन्द केसी सर र मिडियाहरुले ‘वेट एण्ड वाच’को टाइमलाइन तोकेर आवश्यक पर्दा ‘वाक एण्ड टक’को मुडमा उत्रिनुपर्छ।  

स्वास्थ्य तथ्यांकको व्यवस्थापन, भण्डारण, विश्लेषणका विषय, डिजिटाइजेसन र त्यसको कानुनको विषय, औषधि र मेसिनरीको अनुगमन, जनशक्ति व्यवस्थापन र दरबन्दी बढाउने विषय, मेडिकोलेगल व्यवस्थापन, महिला स्वास्थ्य स्वयंसेविकाको वृत्तिविकास, मेडिकल टुरिजमको दीर्घकालीन विषयदेखि सम्बोधनको पर्खाइमा रहेका मुद्दाका लामो सूची बनिसकेको छ। 

खाँटी कुरा के हो भने स्वास्थ्य क्षेत्रले समन्वय र ‘होलिस्टिक अप्रोच’ खोज्छ। स्वास्थ्यको इको–सिस्टम ठूलो हुने भएको हुँदा यस क्षेत्रमा एकीकृत ढाँचा विकास नहुने हो भने वाद्यवादन ठीक भएर पनि तालमा नबज्दा जसरी कर्णकटु हल्ला बन्छ त्यस्तै स्थिति बन्छ। पाँचवटा ‘आई’ अर्थात् इन्फर्म्याटिक्स, आईटी, इनोभेसन, इन्स्योरेन्स र इन्टरनेशनल प्राक्टिसको समुचित प्रयोग गर्ने पाँच वटा ‘पी’ अर्थात् पेसेण्ट, पब्लिक, प्रोफेशनल, पेयर र पोलिसी–मेकरलाई सूत्रबद्ध गरी स्वास्थ्य क्षेत्रलाई सुधार्न सकिन्छ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्