• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले विभाजनसँगै नेताका परिवार पनि विभाजित

64x64
वीरेन्द्र ओली बुधबार, भदौ ९, २०७८  २१:५१
1140x725

काठमाडौं– नेकपा एमालेको विभाजनसँगै कतिपय नेताको परिवारसमेत विभाजित भएको छ। पार्टीसँगै परिवार विभाजन हुने सबैभन्दा उच्च तहका नेता उपाध्यक्ष युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे हुन्।

उपाध्यक्ष ज्ञवाली र उनका भाइ केन्द्रीय सदस्य रामकुमार ज्ञवाली माधवकुमार नेतासँग निकट थिए। उनीहरु एमाले अध्यक्ष केपी ओलीको चर्को आलोचक भनेर चिनिन्थे। अर्का भाइ तथा केन्द्रीय सदस्य लक्ष्मणराज ज्ञवाली भने पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली निकट थिए।

एमाले विभाजन हुँदा उपाध्यक्ष युवराज ज्ञवालीले माधवकुमार नेपाललाई साथ दिएनन्। अन्तिम समयमा उनी ओलीतिर लागे। भाइ रामकुमार भने नेकपा (एकीकृत समाजवादी) तिर लागे। एमालेमै रहेका युवराजका छोरा विकास ज्ञवाली पनि एकीकृत समाजवादीतिर लागेका छन्। उनी युवा संघको सचिव हुन्।

लक्ष्मण लामो समयदेखि वामदेव गौतम खेमामा थिए। तर, पहिलो पटकको प्रतिनिधि सभा विघटनपछि उनी गौतमलाई छाडेर ओलीतिर लागे। उनी तत्कालीन नेकपाको ओली खेमाको ७ पुसको बैठकमा पहिलो पटक सहभागी भएका थिए।

त्यति बेला दाजु युवराजले उनलाई नेपाल समूहमा लाग्न दबाब दिएका थिए। त्यही कारण दुई दाजुभाइको सम्बन्ध बिग्रिएको थियो। युवराज पनि ओलीतिर ढल्किन थालेपछि दाजुसँग रामकुुमारको भेटघाट पातलिँदै गएको थियो। अन्तिम समयमा युवराजले आफूलाई पनि पार्टी नछाड्न आग्रह गरेको भाइ रामकुमारले बताए।

‘मलाई युवराज दाजुले ओलीतिरै बस्न अनुरोध गर्नु भएको थियो। मैले हुँदैन भन्दिएँ, त्यसपछि खासै बल गर्नु भएन’ नेपाल लाइभसँग रामकुमारले भने, ‘युवराज दाजु दाङमा राजनीति गर्नुहुन्छ, म कञ्चनपुरमा गर्छु। त्यहाँको वस्तुस्थिति उहाँलाई थाहा छैन।’ विचार र सिद्धान्तको राजनीति गर्नेलाई परिवार फरक पार्टीमा लागे पनि फरक नपर्ने उनी बताउँछन्। युवराज दाङ, रामकुमार कञ्चनपुर र लक्ष्मण बर्दियालाई कार्यक्षेत्र बनाएर राजनीतिमा सक्रिय छन्। 

यसअघि २०५४ सालमा एमाले विभाजन हुँदा लक्ष्मणले वामदेव गौतमलाई साथ दिँदै नेकपा मालेमा आबद्ध भएका थिए। युवराज र रामकुमार एमालेमै थिए। अहिले युवराज र लक्ष्मण एमालेमा छन् भने रामकुमार नयाँ पार्टीतिर लागेका छन्।

सुरेन्द्र र राजेन्द्र पाण्डे पनि विभाजित
माधव नेपाललाई लामो समयदेखि साथ दिएका सुरेन्द्र पाण्डे एमालेका स्थायी कमिटी सदस्य र सहोदर दाजु राजेन्द्र पाण्डे पोलिट ब्युरो सदस्य थिए। अहिले सुरेन्द्रले माधव नेपालको साथ छाडेका छन्। राजेन्द्र भने एकीकृत समाजवादीतिर छन्। सुरेन्द्र चितवनबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। राजेन्द्र भने धादिङबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्।

Ncell 2
Ncell 2

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर बुझाउने विषयमा नै सुरेन्द्र र राजेन्द्रको मनमुटाव भएको थियो। त्यति बेला सुरेन्द्रले हस्ताक्षर गर्न आनाकानी गरेका थिए। पछि दाजु राजेन्द्रकै दबाबमा वारेसमार्फत हस्ताक्षर बुझाउन सहमत भएको उनी  निकट एक नेता बताउँछन्। 

अदालतमा हस्ताक्षर बुझाइसकेपछि समेत ओलीले नेपालपक्षका नेताहरुलाई हस्ताक्षर फिर्ता लिए एकता हुने बताएका थिए। त्यति बेला सुरेन्द्रले पार्टी एकताका लागि हस्ताक्षर फिर्ता गर्नुपर्ने लबिइङ गरेका थिए। उक्त विषयलाई लिएर पनि राजेन्द्र भाइ सुरेन्द्रसँग चिढिएका थिए।

पार्टी एकताका लागि दुवै पक्षबाट प्रतिनिधित्व गराएर बनाइएको १० सदस्यीय कार्यदलमा माधव नेपालका तर्फबाट सुरेन्द्र पाण्डे सहभागी थिए। त्यति बेला संवादमा सहभागी सुरेन्द्रमाथि राजेन्द्रले शंका गर्न थालेका थिए। नभन्दै ‘१० बुँदे सहमति कार्यान्वयन गर्न ओली सहमत भएको’ भन्दै सुरेन्द्र संस्थापनतिर पुगे। राजेन्द्र र सुरेन्द्र फरक पार्टीमा हुँदा परिवारमा समेत समस्या हुन सक्ने बताइएको छ। 

वामदेवको अलमल
एमाले उपाध्यक्ष वामदेव गौतम कतै नखुलेर पार्टी एकता अभियानमै सक्रिय हुँदा परिवार भने अलमलमा परेको छ। गौतमकै कारण परिवारमा समेत लफडा भएको छ।  

गौतम अलमलमा हुँदा पत्नी तुलसा थापा बुधबार हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगिन्। गौतम निकट बलराम बाँसकोटा पनि निर्वाचन आयोग पुगे। तर, उनीहरुको हस्ताक्षरलाई आयोगले मान्यता दिएन।

यसअघि गौतमकै कारण निर्णय गर्न नसक्दा थापाले प्रस्तावित नयाँ पार्टीका लागि दिइएको निवेदनमा हस्ताक्षर गर्न पाएकी थिइनन्। आयोगले सनाखतका लागि निवेदन दिँदा हस्ताक्षर गर्ने केन्द्रीय सदस्य र सांसदलाई मात्रै मान्यता दिएको छ।

गौतमले पनि एमाले उपाध्यक्षबाट राजीनामा दिएर नेपाल नेतृत्वको पार्टीमा आबद्ध हुने आफू निकट नेताहरुलाई बताइसकेका छन्। नेता बलराम बास्कोटाले गौतम एकीकृत समाजवादी पार्टीमा आउने दाबी गरेका छन्। तर, निर्णय गर्न ढिला गर्दा गौतम परिवार प्राविधिक रुपमा एमालेमै बस्नु पर्ने भएको छ। 

केन्द्रीय नेताका परिवार विभाजन भएजस्तै प्रदेश, जिल्ला र स्थायीय स्तरमा यो संख्या ठूलो हुने नेताहरु बताउँछन्।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  २१:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम... बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्