• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
जेठ २ को ‘लेजिटिमेट बोर्डरलाइन’मा पुग्ने सहमति हो, त्यहाँ बादल समूह पनि हुन्छ: ईश्वर पोखरेल [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ सोमबार, भदौ ७, २०७८  २०:०७
1140x725

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनी पक्षधर भनिएका बहुसंख्यक स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा साथ दिएनन्। तर, वर्तमान अवस्थामै एमालेमा समाहित हुन नसक्ने पनि बताउँदै आएका छन्। सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीसँग नेपाललाई छाडेका ९ जनाले संवाद गरे। संवादपछि २०७५ जेठ २ पूर्वको पार्टी संरचनाअनुसारको स्थायी कमिटी बोलाएर विवाद टुंग्याउने सहमति भएको बताइएको छ। उक्त विषयमा एमाले महासचिव ईश्वर पोखरेलसँग डिबी खड्काले गरेको संवाद:

तपाईंको ‘इन्ट्री’पछि आजको सहमतिको वातावरण निर्माण भयो भन्ने चर्चा छ। आजसम्म नमिलेको विषयमा तपाईंले त्यस्तो के जादु चलाउनुभयो र असन्तुष्ट पक्ष सहमतिमा आयो?
सबै साथीहरुलाई पार्टीमा विग्रह हुनुहुँदैन, सहमतिका साथ अघि बढ्नुपर्छ भन्ने नै थियो। सबै साथीहरुको साझा चाहना, प्रतिबद्धता पनि थियो। त्यही चाहनामा हामी अघि बढेका हौं। असार २७ गते १० बुँदे सहमति भएको छ, त्यसलाई पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको थियो। त्यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा ठोस रुपमा निर्देशन गर्न बाँकी थियो। कसका अभिव्यक्ति कतिबेला के भए भन्नेतर्फ नजाउँ, हामी सबै एउटै लक्ष्यमा थियौं। सबैको साझा चिन्ता, चासो र सरोकार पनि त्यही थियो। त्यसैबाट आजको साझा सहमतिमा पुग्ने बाटो बनेको हो। 

असन्तुष्ट पक्षसमेत समेटेर भोलि (मंगलबार) जेठ २ पूर्वको स्थायी कमिटी बैठक बस्ने तय भएको भनिएको छ। उक्त बैठकमा बादल समूह हुन्छ कि हुँदैन? 
बादल समूह किन नहुनु? यो विकसित एमाले हो। जेठ २ को ‘लेजिटिमेट बोर्डरलाइन’मा जाने हो। यो बीचमा कतिपय अरु पार्टीका साथीहरुमा पनि हाम्रो पार्टीमा आउनुभयो, कतिपय हाम्रै पार्टीका साथीहरु पनि बाहिरिनुभएको छ। कतिपय पार्टीकै मान्छेले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। त्यस हिसाबले यो विकसित एकताबद्ध एमालेको धरातलमा को उभिएको छ, उनीहरुलाई समेटेर अघि बढ्छौं। 

केन्द्रदेखि गाउँसम्म जो–जो जुन भूमिकामा थिए, त्यही भूमिकामा फर्काउने भन्ने कुरा भएको भन्ने पनि छ नि? 
त्यसलाई यान्त्रिक ढंगले बुझ्नुहुँदैन। नयाँ पार्टी दर्ता गरिएको छ, ती व्यक्तिहरु पनि पूर्ववत् जिम्मेवारी फर्किने जसरी यान्त्रिक ढंगले बुझ्न खोजियो भने त हुँदैन। यस बीचमा भएको विकासक्रम पनि त्यसमा सम्मिलित हुन्छ। कोही छोडे होलान्, कोही जोडिए होलान्। जेठ २ को लेजिटिमेट बोर्डरमा उभिएर नै हामी अगाडि बढ्छौं। 

१० बुँदे सहमति कार्यान्वयनका लागि मंगलबारको बैठकले त्यस्तो निश्चित केही मापदण्ड तय गर्ने तयारी पनि भएको छ? 
आज हामीले त्यहाँ पुग्ने मोटामोटी सहमति गरेका हौं। कसरी अघि बढ्ने भन्ने तय भोलिको स्थायी कमिटी बैठकले गर्नेछ। किनभने निर्णय गर्ने औपचाकि थलो स्थायी कमिटी नै हो। 

Ncell 2
Ncell 2

एमाले त विधान महाधिवेशनको तयारीमा थियो। मस्यौदा अध्ययनको क्रममा छ। जेठ २ को बोर्डरलाइनमा पुग्ने कुराले त्यसलाई रोक्छ कि रोक्दैन?
त्यसमा रोकिने कुरा होइन। यो विधान महाधिवेशन पार्टीभित्रको यो वा त्यो पक्षको विशेष रुचिको विषयका रुपमा यसलाई बुझ्नुहुँदैन। हाम्रो पार्टीको वैधानिक नीति भनेको राष्ट्रिय महाधिवेशनअघि अनिवार्य रुपमा विधान महाधिवेशन गर्नैपर्छ। वैधानिक व्यवस्था हो। बाध्यतामत्मक व्यवस्था हो, त्यहीअनुसार बुझ्नुपर्छ। 

नेकपा एमालेको सीमा भनेको २०७९ साल वैशाख १० गतेभित्र हामीले राष्ट्रिय महाधिवेशन गरिसक्नुपर्छ। हाम्रो विधानमा दुईटा महाधिवेशन छन्, विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन। विधान महाधिवेशनले विधान संशोधन, राजनीतिक प्रतिवेदन संगठनात्मक प्रस्ताव जस्ता कुराहरु तय गर्छ। 

विधान महाधिवेशनले  पारित गरेका दस्ताबेजका आधारमा राष्ट्रिय महाधिवेशन हुन्छ। त्यसकारणले हामीले गर्नैपर्छ। कतिपय कारणले एकाध दिन तलमाथि होला, तर हामी महाधिवेशन टार्न सक्दैनौं। फागुनदेखि स्थानीय तहको चुनाव हुन्छ। पार्टीभित्रको पनि पक्षधरहरुको विषेश रुचिका कारण अधिवेशन र महाधिवेशन गर्न खोजेको हो कि भन्ने तरिकाले बुझ्नु पनि  हुँदैन। लिनु पनि हुँदैन। 

shivam cement
shivam cement

एउटा बुझाइ के छ भने तपाईंहरु माधव नेपालबाहेकको एकता चाहनुहुन्थ्यो। उहाँ बाहिरिए पछि तपाईंहरु सहमतिका लागि लचिलो हुन थाल्नुभयो भन्ने कुरामा कति सत्यता छ?  
कार्यदलले असार २७ गते प्रतिवेदन बनायो। २८ गते पार्टी अध्यक्षलाई बुझायो। तत्कालै बसेको  स्थायी कमिटीले अनुमोदन गरेको छ। यो गलत विश्लेषण गर्न खोजिँदैछ। माधव नेपालजीसँग पनि अध्यक्षले पटक–पटक भेट्न खोज्नुभयो। कुरा गर्नुभयो। उहाँका सार्वजनिक प्रतिक्रिया पनि सुनिरहनुभएको छ। हामीले कोही आए हुन्छ, नआए हुन्छ भनेर सोच्ने कुरै भएन। तर,  उहाँ जुन दिशातर्फ जानुभएको छ, त्यो सही बाटो होइन। हामी उहाँसहितको एकताका पक्षमा थिएनौं भन्ने कुरा तथ्यपरक होइन। 

नेपाललाई छाडेका ९ जनाको माग त नेपालसहित कारबाहीमा परेका १४ जनाको कारबाही फिर्ता पनि थियो। त्यो हुन्छ कि हुँदैन?
आज बनेका समझदारीका आधारमा हामी भोलि केही निर्णय गर्छौं। त्यो निर्णयपछि तपाईंहरुले सबै कुरा थाहा पाउनुहुनेछ। 
 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ शनिबार, जेठ ३, २०८२
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक शनिबार, जेठ ३, २०८२
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु शनिबार, जेठ ३, २०८२
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित शनिबार, जेठ ३, २०८२
प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्