• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुन्धुमको व्यवसायीकरण : हिन्दू पुरोहितलाई गतिलो पारिश्रमिक, मुन्धुमीलाई किन निःशुल्क?

64x64
विश्वरसिंह मेवाहाङ बुधबार, भदौ ९, २०७८  ०७:०४
1140x725

आदिवासी जनजातिको पहिचानको पाँच वटा मुख्य आधार भाषा, संस्कार, परम्परा, इतिहास र भूगोल हुन्। किराँत जातिको मुन्धुममा यी पाँचै वटा आधार पाइन्छ। त्यसैले किराँतहरुको जातीय पहिचानको मुख्य आधार मुन्धुम हो।

किराँतीहरुलाई मुन्धुमी जाति पनि भनिन्छ। मुन्धुम उनीहरुको जीवन दर्शन हो। आदर्श, सिद्धान्त र जीवन शैली पनि हो।

आदिवासी जनजातिमा सूचीकृत लिम्बू, राई, सुनुवार र याख्खा जातिले आफूलाई मुन्धुमी भनेर चिनाउन चाहन्छन्। हुन त कुन–कुन जाति किराँत हुन् भन्नेमा मतैक्य छैन। मुन्धुमविद् डा.चन्द्रकुमार शेर्मा त नेपालका सबै आदिवासी जनजाति किराँती भएको दाबी गर्छन्। सबै आदिवासी जनजातिको साझा आदर्श मुन्धुम हो भन्ने शेर्माको तर्क छ।

विश्वरसिंह मेवाहाङ

जातीय र भाषिक विविधताअनुसार मुन्धुमको नामकरण पनि फरक छ। लिम्बू जातिले मुन्धुम, सुनुवारले मुग्दुम, याख्खाले मुन्तुम भन्छन्। राई जातिमा विभिन्न भाषिक समुदायपिच्छे नामकरण फरक छ। वान्तवा, चाम्लिङ र लोहोरुङले मुन्दुम भन्छन्। दुमी, साम्पाङ र मेवाहाङले मुद्दुम भन्छन्। त्यसैगरी पुमाले मुत्दुम, याम्फूले मिन्दुम र कुलुङले रिदुम भन्छन्। मुन्धुम सम्बन्धी अनुसन्धानकर्ता भोगिराज चाम्लिङका अनुसार यो भाषिक विविधता मात्र हो, सारमा सम्पूर्ण किराँत समुदायको दर्शनशास्त्र एउटै मुन्धुम हो।

मानिसको जीवनशैलीबारे सरल गेयात्मक लयको श्लोकमा वर्णन गरिएको अलिखित संग्रह हो, मुन्धुम। यो मौखिक परम्परामा आधारित हुन्छ। अर्थात मुन्धुमको ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा मौखिक हस्तान्तरण हुने गर्छ।

मुन्धुमका चार पक्ष छन्। तीमध्ये पहिलो हो, सृष्टि। यसले पृथ्वी, ब्रह्माण्ड, जीव र मानव विकासको वर्णन गर्छ। दोश्रो पक्ष धर्म र संस्कार हो। मानिसले धारण गर्नु पर्ने संस्कार र संस्कृतिबारे यसले उल्लेख गर्छ। तेस्रो हो, जीवन पद्धति। अर्थात्, जीवन विकासको सिलसिला। चौथो हो, धर्म र कर्मकाण्ड। यसले परम्परागत धर्म, संस्कारको विधिविधानबारे व्याख्या गर्छ।

मुन्धुमको एउटा जटिल परम्परा यसको पुस्ता हस्तान्तरण हो। मुन्धुमको अभ्यास गर्ने व्यक्तिलाई मुन्धुमी (पुरोहित) भनिन्छ। मुन्धुमीलाई लिम्बूहरुले फेदाङ्बा, साम्बा, येबा भन्छन्। त्यस्तै राईहरुले नाक्छोङ, माङ्पा, ङोपा, याख्खाहरुले माङ्बा र सुनुवारले फुम्बु भन्छन्। यी मुन्धुमीहरु दैवी शक्तिले युक्त हुनुपर्छ भन्ने मान्यता छ। त्यसैले कसैले इच्छा गर्दैमा जो कोही मुन्धुमी हुन सक्दैन। दैवी शक्तिले इच्छाएको व्यक्तीले नै मुन्धुम अनुसार कर्मकाण्ड गराउँछ। यो समस्याको कारण मुन्धुमको पुस्ता हस्तान्तरण जटिल बन्दै गइरहेको छ।

समाजको आधुनिकीकरण र जीवनशैलीको पाश्चात्यकरणको कारण पनि मुन्धुमको अस्तित्वमाथि प्रश्न खडा हुन थालेको छ। यसले किराँतीहरुको जातीय, भाषिक, सांस्कृतिक र धार्मिक पहिचानमा ठूलो समस्या ल्याउने निश्चित छ।

Ncell 2
Ncell 2
nimb
nimb

मुन्धुमलाई जीवनशैलीको रुपमा अँगाल्नेहरुको संख्या दिनदिनै घट्दै गइरहेको छ। त्यही अनुपातमा मुन्धुमको अभ्यासकर्ताको संख्या पनि घटिरहेको छ। यसले निकट भविष्यमा नै किराँत पहिचानको अस्तित्व नै संकटमा पार्नेछ।

समस्याका अनेकन आयाम र कारण छन्, तर तिनको समाधानको लागि राज्यसत्ताको मात्र मुख ताक्ने प्रवृत्ति सबैभन्दा ठूलो चुनौती हो। विगतमा एकल धार्मिक राज्यसत्ताको अवधारणा थियो। त्योबेला मुन्धुमको अभ्यास र संरक्षणमा राज्यबाट शून्य योगदान भयो।

अहिले व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै छ। मुन्धुमको रक्षा र विकासका लागि राज्यले गर्नु पर्ने योगदान र निभाउनु पर्ने दायित्वप्रति निरन्तर दबाब आवश्यक छ। सम्बन्धित सरोकारवालाहरुले आफ्नो ठाउँबाट निभाउनु पर्ने भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। मुन्धुमको संरक्षण र विकासको निम्ति गर्नुपर्ने एउटा उपाय भनेको यसको व्यावसायिकीकरण हो।

मुन्धुमको अर्थशास्त्र
मुन्धुमलाई अर्थ उपार्जनको साधन बनाउन नसक्नु पहिलो समस्या हो। मुन्धुमीहरुले अरुको काम गर्न आफ्नो अमुल्य समय निःशुल्क खर्च गर्नु नै मुन्धुम अभ्यासमा आएको ठूलो चुनौती हो। मुन्धुम कर्मकाण्डको अभ्यास गर्न कम्तिमा आधा दिन र बढीमा तीन दिन लाग्छ। कतिपय ठाउँमा ये काम गर्न मुन्धुमीहरु हिँडेर धेरै टाढासम्म पुग्नु पर्ने हुन्छ।

Xtrem

Xtrem

मुन्धुमीहरु निःशुल्क सेवा गरिरहेका छन्। यसो हुँदा मुन्धुमीहरुलाई दुई किसिमको प्रष्ट नोक्सान भइरहेको छ, पहिलो– समयको बर्बाद, दोश्रो– आर्थिक उपार्जन शून्य। त्यही समयमा अन्य व्यक्तिले उत्पादनको काममा लागेर केही न केही आम्दानी गरिरहेको हुन्छ।

मुन्धुमीहरुले खर्च गरेको यो समयको आर्थिक मूल्याङ्कन गरिँदैन, न त मुन्धुम कर्मकाण्ड गरेवापत पारिश्रमिक नै पाउँछन्। मुन्धुमीहरु निःशुल्क सेवा गरिरहेका छन्। यसो हुँदा मुन्धुमीहरुलाई दुई किसिमको प्रष्ट नोक्सान भइरहेको छ, पहिलो– समयको बर्बाद, दोश्रो– आर्थिक उपार्जन शून्य। त्यही समयमा अन्य व्यक्तिले उत्पादनको काममा लागेर केही न केही आम्दानी गरिरहेको हुन्छ।

हिन्दू समुदायमा कर्मकाण्डलाई व्यावसायिक बनाइएको छ। पुरोहितहरुले कर्मकाण्ड गरेर जीवन गुजारा मात्र गरेका छैनन्, यश र कृति पनि कमाएका छन्। कतिपय पुरोहितले कर्मकाण्डको निश्चित पारिश्रमिक नै तोकेका छन्। बौद्ध धर्मावलम्बीहरुमा पनि कर्मकाण्डका लागि लामाहरु व्यावसायिक रुपमा नै नियुक्त हुन्छन्। तर, यो अवस्था किराँत मुन्धुममा छैन।

मुन्धुमलाई व्यावसायिक बनाउन नसक्दा मुन्धुमीहरुमा नैराश्यता छाएको छ। जसले गर्दा मुन्धुम कर्मकाण्डमा मुन्धुमीहरु सहज उपलब्ध नहुने समस्या छ।

आदिवासी किराँत समुदायमा बढ्दै गइरहेको धर्म परिवर्तनको एउटा कारण मुन्धुमीहरुको व्यावसायीकरण नहुनु पनि हो। कर्मकाण्डमा आर्थिक लाभ नहुने हँुदा कतिपय मुन्धुमीहरुले खाएरै पारिश्रमिक असुल गर्ने मानसिकता लिन्छन्। त्यस्तो अवस्थामा किराँत परम्पराअनुसार मादक पदार्थको सेवन र प्रयोग अत्यधिक हुने गर्दछ। यसले मुन्धुम कर्मकाण्ड नै विकृत हुँदै गइरहेको छ।

व्यावसायीकरणका लागि दुई उपाय
मुन्धुम विकासका लागि यसमा अनुसन्धान र अभ्यासमा व्यावसायीकरण पहिलो आवश्यकता हो। मुन्धुम अध्येता भोगिराज चाम्लिङले मुन्धुम अनुसन्धानमा व्यावसायीकरण नभई मुन्धुमको वैज्ञानिक अभ्यास हुन नसक्ने बताएका छन्। उनले मुन्धुम अनुसन्धानकर्ताहरुको जीविकोपार्जन हुन सक्ने वातावरण सृजनाको लागि एक कम्पनी निर्माण गर्नु पर्ने र सो कम्पनीको मुनाफाबाट मुन्धुम अध्येयताहरुलाई आर्थिक सहयोग गर्नुपर्ने उल्लेख गरेका छन्।

आर्थिक रुपमा बलियो भए मात्र मुन्धुमको वैज्ञानिक र व्यावहारिक अनुसन्धान हुन्छ। विदेशी एजेन्सीहरुको सहयोगमा गरिने अनुसन्धान अल्पकालीन र कर्मकाण्डी मात्र हुने भएकोले किराँती माटो अनुकुलको अनुसन्धान केन्द्र स्थापनाको खाँचो छ। हालै त्रिभुवन विश्वविद्यालयले मुन्धुम अध्ययनको लागि नयाँ पाठ्यक्रम तयार गरेको छ। यसले मुन्धुमको प्राज्ञिक अनुसन्धानमा ठूलो टेवा पुग्न सक्छ।

मुन्धुमको व्यावसायीकरणको अर्को पाटो हो, मुन्धुमीहरुको आर्थिक उन्नति। यसको लागि किराँत समुदाय जागरुक र विवेकशील हुन पर्छ। सत्यनारायणको पूजा लगाउन एउटा ब्राह्मण पुरोहितको लागि दशौँ हजार खर्च गर्न तयार हुनेहरु आफ्नो मुन्धुम संस्कार गर्न लोभ गर्छन्। यो नै मुन्धुमको व्यावसायीकरणको प्रमुख समस्या हो। यसले गर्दा मुन्धुमीहरु हतोत्साही र निरुत्साहित दुवै हुन्छन्।

अब किराँत समुदायले आफ्नो मुन्धुम अनुसारको कर्मकाण्ड गराउँदा मुन्धुमीहरुलाई निश्चित रकम दिने परिपाटीको सुरुवात गर्नुपर्छ। मुन्धुमीहरुले पनि आफूले गरेको श्रमको ज्याला तोकेरै लिने प्रथा सुरु गर्नुपर्छ। सुरुवाती चरणमा यो अनौठो र अपाच्य हुन सक्छ। यसको लागि जातीय संगठनहरुले समन्वय र सहजीकरण गर्नुपर्छ।

हाल करिब तीन दर्जनभन्दा बढी किराँती जातीय संस्थाहरु छन्। कुनै पनि जातीय संथाले मुन्धुमको व्यावसायीकरणको मुद्धा उठाएको पाइँदैन। केही जातीय संस्थाहरुले आफ्नो भाषिक भेदअनुसारको मुन्धुमको लिखित दस्तावेज पनि प्रकाशन गरेका छन्। तर, त्यसको पालना र अभ्यासका लागि कुनै कार्य गरेको पाइँदैन।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विश्वरसिंह मेवाहाङ
लेखकबाट थप
म सडकको मालिक
बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!
ढकमक गुराँसले राताम्मे तीनजुरेको वन (तस्बिरहरू)
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्