• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘अहिलेको निर्वाचन हाम्रो लागि क्वाटरफाइनल हो’

64x64
नेपाल लाइभ शनिबार, भदौ १७, २०७४  १२:५०
1140x725

स्थानीय तहको दुई चरणको निर्वाचनमा नयाँ राजनीतिक शक्तिहरुलाई जनताले खासै रुचाएको देखिएन। संघीय समाजवादी फोरमसँग सहकार्य गर्दा समेत नयाँशक्ति नेपाल ओझेलमै रह्यो। स्थानीय तह निर्वाचनको तेस्रो चरणको पूर्वसन्ध्यामा नयाँशक्ति र फोरमको सहकार्य पनि टुटिसकेको छ र माओवादीबाट आएका धेरै नेता माउ पार्टीमै फर्किएका छन्। यही सेरोफेरोमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईसँग सरोजराज अधिकारी र किशोर दहालले गरेको कुराकानीः 

तपाईंको स्वास्थ्य कस्तो छ ?
ठीक छ। प्रोस्टेटको अपरेसन भएको ३ हप्ता भयो। केही समय आराम गरें, अहिले ठीक छु।

पार्टीको स्वास्थ्य त ठीक देखिएन। नयाँ निर्माण गर्दै जाँदा भत्किने उपक्रम पनि सुरु भएको छ। यसलाई कसरी लिनुभएको छ?

यो विकास प्रक्रियाको नियम नै हो भन्ने लाग्छ। विरुवा हुर्कंदै गर्दा पुरानो बोक्रा झर्ने, नयाँ पलाउने गर्छ। बच्चा पनि हुर्कंदै गर्दा पुरानो दाँत झर्ने र नयाँ पलाउने हुन्छ। मैले यसलाई स्वभाविक रुपमा लिएको छु। किनकि यो वैकल्पिक राजनीतिक धारा हो। त्यसलाई नबुझेर पुरानै सोच राखेका मानिसहरु पनि प्रवेश गरे। जब उनीहरुले बुझे कि यो त नयाँ चिज हो, त्यसपछि एडजस्ट गर्न नसकेर फर्किए। 

तपाईंको पूर्वपार्टीबाट जो मानिस आए, उनीहरुले तपाईंको आनीबानी, क्षमता सबै बुझेकै थिए। के कुरामा चित्त बुझेन र फर्किए भन्ने लाग्छ?

पहिले पनि मैले समूह लिएर आएको थिइनँ। मैले माओवादी पार्टी एक्लै छोडेको हुँ। र, यहाँ आउँदा पनि सबैलाई मैले अलग–अलग ढंगले आउन प्रेरित गरेको हुँ। त्यसैले हामीले ध्रुवीकरण भन्यौं, एकीकरण कहिल्यै भनेनौं। ती साथीहरु पनि आ–आफ्नै सुरले जोडिनुभएको थियो। सायद भावनाको ढंगले मात्रै उहाँहरु पहिले आउनुभयो। तर, यो विचार अलिकति कष्टसाध्य ढंगको छ भन्ने बुझिसकेपछि धैर्य गर्न सक्नु भएन र फर्किनुभयो। उहाँहरुको बहिर्गमनले हामीलाई अगाडि बढ्नका निम्ति, नयाँ वैकल्पिक शक्ति बन्नका निम्ति मद्दत नै गरेको छ। त्यसलाई मैले अन्यथा ठानेको छैन। 

जानेहरुमध्ये केहीले सामूहिकभन्दा पनि एकल निर्णयमा चल्ने तपाईंको स्वभावको कारण अडिन सकिएन भन्ने प्रतिक्रिया दिनुभएको छ। के भन्नुहुन्छ?

त्यो सत्य होइन। किनकि, मुख्य जिम्मेवारीमै उहाँहरु हुनुहुन्थ्यो। मुख्य जिम्मेवारी लिएका मान्छेहरुले नै त्यस्तो भन्न मिल्छ र? हामीकहाँ अलग्गिएपछि मनगढन्ते कुरा गर्ने पुरानै प्रचलन छ। म त्यसबारे कुनै टिप्पणी गर्न चाहन्नँ। 
पहिलो र दोस्रो चरणको स्थानीय चुनावको परिणाम हेर्दा नयाँ र वैकल्पिक शक्तिहरुलाई जनताले साथ दिएको देखिएन। समाजले नयाँलाई स्वीकार्न नसकेको हो कि नयाँ शक्तिहरुले त्यो तप्कालाई सम्बोधन गर्न नसकेकोे?
नयाँ र वैकल्पिक शक्तिको औचित्य र आवश्यकता त छ। किनकि, नेपाली समाज ७०–८० वर्षको एउटा लोकतान्त्रीकरणको प्रक्रियापछि नयाँ विकास, समृद्धि र आर्थिक सामाजिक रुपान्तरणको चरणमा प्रवेश गरेको छ। त्यसको नेतृत्व गर्न, पुरानो राज्य व्यवस्था ध्वंश गर्न हालका राजनीतिक दलको चिन्तनशैलीबाट पुग्दैन। एउटा नयाँ र वैकल्पिक शक्ति चाहिन्छ भन्ने कुरा चाहिँ सत्य हो। तर, कुनै पनि नयाँ र वैकल्पिक शक्ति स्थापित हुन समय लाग्छ। त्यस अर्थमा यसले केही समय अवश्य लिन्छ। हाम्रो देश विविधतापूर्ण छ। यो पूरै शहरीकरण भएको युरोप अमेरिकाजस्तो वा दिल्लीजस्तो महानगर पनि होइन। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंमा बेलाबेलामा भुल्काहरु उठ्ने गर्छन्। तर, काठमाडौंमात्रै नेपाल होइन। हुम्लादेखि ताप्लेजुङ, झापादेखि कञ्चनपुरसम्मको विविधतालाई सम्बोधन नगरेसम्म नयाँ शक्ति स्थापित हुन समय लाग्छ। त्यसैले हामीले सुरुवाती चरणमा सबै जिल्लामा बिउ रोप्ने काम ग¥यौं। अब खासखास ठाउँमा केन्द्रित भएर यसलाई विकसित गर्छौं। यसले केही वर्ष लिन्छ भन्ने हाम्रो सुरुदेखिकै आँकलन थियो। 

भारतमा आम आदमीको उदयबाट हौसिएर नेपालमा पनि वैकल्पिक शक्ति निर्माणको सुरुवात भएको देखिन्छ। तर, काठमाडौंजस्तो सहरमै पनि त्यसले आफ्नो छाप छोड्न सकेको देखिएन, किन?

मैले त सुरुदेखि नै भनेको छु, दिल्लीको आम आदमीसँग तुलना गरेर यहाँ हुँदैन। किनकि, त्यो त एउटा भ्रष्टाचारको मुद्दामा मात्रै केन्द्रित भएर बनेको पार्टी हो। नेपालमा चाहिँ विकास र समृद्धि मुख्य एजेन्डा हुन्छ। हिमाल, पहाड र तराई–मधेसको जुन जातीय, क्षेत्रीय विविधता छ त्यसको बीचमा एकता कायम गर्ने समावेशी समानुपातिक लोकतन्त्रको मुद्दा पनि छ। सुशासनको मुद्दा पनि छ। सँगसँगै जटिल भूराजनीति छ। भारत र चीनबीच ठीक ढंगले सन्तुलन नमिलाएसम्म नेपालमा राजनीतिक स्थिरता र स्थायित्व हुँदैन। यी विषयलाई पनि ध्यान दिएर नेपालको वैकल्पिक राजनीति अगाडि बढाउनुपर्छ। अरुसँग तुलना गर्न मिल्दैन। मैले यो कुरा पहिलेदेखि भनेको थिएँ। त्यसमा अहिले पनि दृढ छु। 

हाम्रो समाज अहिले पनि नयाँ कुरालाई झट्टै पचाइहाल्न नसक्ने अवस्थामै हो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाम्रो मात्रै होइन, आम रुपमै त्यही प्रवृत्ति हुन्छ। नयाँ विचारलाई सुरुमा बहुत थोरै मान्छेले ग्रहण गर्छन्। जब विज्ञानको आविष्कार हुन्छ, नयाँ विचारको आविष्कार हुन्छ, नयाँ दर्शनको आविष्कार हुन्छ सुरुमा ग्रहण गर्ने मानिस अत्यन्तै थोरै हुन्छन्। तर, केही अगुवा मान्छेले कष्टसाध्य बाटो लिएर लामो प्रयोग गरेपछि बल्ल जनतामा झाँगिन थाल्छ र धेरै मान्छे त्यसमा आकर्षित हुन्छन्। विकासको नियमै यही हो। र, वैकल्पिक राजनीतिको हकमा पनि त्यही हो। त्यसैले हामीले केही वर्ष धैर्य गर्नुपर्छ।  खासगरी अहिले कांग्रेस, एमाले र माओवादी नै स्थापित भएको जस्तो अवस्था देखापर्छ। त्यसो हुनुको कारण के हो भने उनीहरु कुनै खास कालखण्डमा स्थापित भएका लोकप्रिय ब्रान्ड हुन्। त्यस कारणले पनि हाम्रो जस्तो अल्पविकसित र विभिन्न संस्कृति भएको मुलुकमा मानिसहरु विचार र दर्शनभन्दा ब्रान्डको पछि लाग्छन्। केही समय यो हुनु स्वभाविक छ। तर, हामीले आफ्नो सत्कर्मबाट, व्यवहारबाट जनताको मन जित्ने ठाउँमा पुगेपछि त्यो जनमत फर्किन्छ। त्यसैले केही वर्ष धैर्य गरेर काम गर्नुपर्छ।

कति वर्षजति लाग्ला?

मैले भनेको पनि छु, यो अहिलेको निर्वाचन हाम्रो लागि क्वार्टरफाइन र सेमिफाइनल मात्रै हुन्छ। फाइनल भनेको अर्को निर्वाचन हुन्छ। 

मैले तत्कालका दुई वटा समस्या देखेको छु। पहिलो, चरम भ्रष्टाचार हो। एनसेल प्रकरण हुँदै बुढी गण्डकी र आयल निगमसम्म अर्बौंका भ्रष्टाचार काण्ड बाहिर आएका छन्। यसमा यी प्रमुख दल र प्रमुख नेताहरु सबै मिसिएका छन्। अहिले स्थानीय तहको निर्वाचनमार्फत तिनै दलहरुका संयन्त्र तलसम्म फैलिएको छ। आगामी केही वर्षमा त्यो भ्रष्टाचार तलसम्मै पुग्छ। जनताले त्यसको प्रत्यक्ष बोध गर्छन्। यसकारण पनि जनताले विकल्प खोज्छन्।
दोस्रो, नेपालको शासकीय प्रणाली ठिमाहा खालको संसदीय र मिश्रित निर्वाचन प्रणालीमा आधारित छ। यसले राजनीतिक स्थिरता दिँदैन। फेरि, यही प्रकारको सिन्डिकेट प्रणाली केही समय चलिरहन्छ। राजनीतिक अस्थिरता चलिरहन्छ। हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली बिना राजनीतिक स्थायित्व हुन्न भनेका छौं। त्यसको महत्त्व पनि जनताले बुझ्छन्। आउँदो निर्वाचन पछिको एक डेढ वर्षमा जनताले भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताको कारण बुझ्छन्। त्यसपछि वैकल्पिक राजनीतिको औचित्य स्थापित हुन्छ भन्ने मेरो बुझाइ छ। 

सँगसँगै पछिल्लो समय भूराजनीतिक आयाम गम्भीर ढंगले अगाडि बढेर आएको छ। भारत र चीनबीचको संवेदनशील भूराजनीतिलाई ध्यान दिएर नेपालको राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता हिजो पनि थियो। तर, केही समययता भारत र चीनबीच द्वन्द्व अगाडि बढेको छ। हाल साम्य भए पनि दोक्लममा त्यो प्रकट रुपमा देखियो। त्यसैले नेपालको राजनीति दक्षिणमुखी र उत्तरमुखी गरी दुई ध्रुवमा ध्रुवीकृत हुने खतरा म देख्छु। नेपालका पुराना राजनीतिक शक्तिले आफ्नो स्वार्थका निम्ति उत्तर र दक्षिण फर्कने काम गरेका छन्। त्यसले गर्दा नेपालको राष्ट्रियता संकटमा पर्छ। र, एउटा सच्चा देशभक्त शक्तिको खोज नेपाली जनताले गर्छन्। त्यस अर्थमा वैकल्पिक राजनीतिले पनि आफूलाई सच्चा देशभक्तका रुपमा उभ्याउने आँट गर्नुपर्छ। 

त्यसैले यी दुई–तीनवटा कुराको योगफल स्वरुप दुई–तीन वर्षभित्रमा नेपालमा नयाँ राजनीतिक परिवर्तन आउँछ। र, त्यसको निम्ति हामीले तयारी गर्नुपर्छ भन्ने मेरो बुझाइ छ।

नयाँ शक्ति स्थापना गर्दा तपाईंमा एक प्रकारको उत्साह थियो। स्थानीय चुनावमा आएको न्यून प्रतिक्रियाले कत्तिको निराश बनाएको छ?

मोटामोटी रुपमा मैले योभन्दा पृथक नतिजा सोचेको थिइनँ। तर, योभन्दा थोरै राम्रो त गर्न सकिन्थ्यो यो चुनावमा। यदि हामीलाई बेइमानीपूर्वक ढंगले चुनाव चिह्नबाट वञ्चित नगरिएको भए हामी आफ्नै निर्वाचन चिह्नमा प्रचार गरेर जान्थ्यौं। हामीलाई योभन्दा अलि बढी लाभ हुन्थ्यो। त्यसको केही प्रत्यक्ष लाभ हामीले काठमाडौंमा लिन सक्थ्यौं। हामी आफैं मात्र निर्वाचन लड्न पाएको भए हामीले केही राम्रा र नयाँ अनुहारलाई अगाडि सारेर जान सक्थ्यौं। तर, हामीले चुनाव चिह्नको निम्ति अर्को पार्टीसँग सम्झौता गर्नुपरेपछि पुरानै चेहरा जनताका माझमा सार्नुपर्योव। यसले हामी जनताका बीचमा नयाँ ढंगले प्रस्तुत हुन सकेनौं। त्यसैले काठमाडौंमा चाहिँ हामीलाई अलिकति नोक्सान नै भयो।

तपाईंहरुले संघीय समाजवादी फोरमसँग चुनाव चिह्नका लागि मात्रै सहकार्य गर्नुभएको हो र?

तत्काल त चुनाव चिह्नकै लागि हो। साथै फोरमसँग अरुको तुलनामा वैचारिक निकटता पनि भएको हुनाले पार्टीगत ध्रुवीकरण गर्ने पनि प्रयत्न थियो। अहिले पनि छ।

सेलरोटी, क्यामरा जस्ता चिह्न लिएर पनि तपाईंहरुको भन्दा बढी मत ल्याए नि!

हामीले एक ठाउँमा मात्रै त्यसो गर्न मिलेन। देशव्यापी रुपमा सम्झौता गरिसकेपछि काठमाडौंमा मात्रै कुनै चिह्न लिनु भएन। देशभरी लिनुपर्योत। त्यो सम्भव थिएन। त्यसैले, पुरानो निर्वाचन चिह्न लिँदाखेरी नकारात्मक प्रभाव पर्‍यो ।

अब हुने तेस्रो चरणको चुनावमा पनि फोरमसँगको सहकार्य जारी रहन्छ?

उहाँहरुसँग हाम्रो सहकार्य तत्कालका लागि स्थगित भएको अवस्था छ। त्यसैले तराई मधेसमा हामी फरक ढंगले जान्छौं। प्रदेश र संसदको निर्वाचनका क्रममा अहिले बनेको नयाँ कानून अनुसार हामीले हाम्रो आफ्नै ‘आँखा’ चिह्न पाउँछौं। हामी आफ्नै चिह्न लिएर लड्छौं।

फोरमसँगको कार्यगत एकता वा पार्टी एकताको प्रक्रिया समाप्त भयो?

अहिले तत्कालका लागि त त्यो रोकिएको छ। सधैँका लागि समाप्त भएको छैन। 

त्यो रोकिनुको कारण के हो? वैचारिक मतभेद हो कि पदीय समायोजन मिलाउन नसकेर?

मुख्य रुपमा थोरै जोडकोणमै अन्तर हो। हामीले जुन ‘पाँच स’को अवधारणा अघि सारेका छौं। नेपालमा अहिले मुख्य अन्तर्विरोध भनेको अगाडि बढेको राजनीतिक अधिकार र पछाडि परेको आर्थिक संरचनाबीचको अन्तर्विरोध हो। त्यसैले विकास र समृद्धिलाई मुख्य मुद्दा बनाइनुपर्छ। त्यसलाई सहयोग पुग्नेगरी यो समावेशी समानुपातिकको मुद्दा र सुशासनको मुद्दा जोड्नुपर्छ भन्ने हाम्रो बुझाइ छ। उहाँहरुको अलि बढी जोड समावेशी समानुपातिकको मुद्दा प्रधान बन्नुपर्छ भन्नेमा छ। फेरि पनि हामी कुराकानी जारी राख्ने पक्षमै छौं। 

माओवादी अध्यक्ष प्रचण्डले बाबुरामजीहरु पनि पार्टीमा फर्कनुहुन्छ भनिरहनुभएको छ। फेरि मिल्ने सम्भावना कत्तिको छ?

प्रचण्डजीले पुरानै माओवादी धार समातिरहनुभएको छ। मेरो विचारमा माओवाद भनेको माक्र्सवादको एउटा विशिष्ट खालको प्रयोग हो। त्यसको औचित्य अहिले विश्वव्यापी रुपमै समाप्त भइसक्यो। नेपालमा चाहिँ राजतन्त्र विरुद्ध विद्रोह संगठित गर्न त्यसको फौजी र जनयुद्धको पाटो हामीले कुशलतापूर्वक प्रयोग गरेको हो। त्यसको पनि अहिले औचित्य सकिइसक्यो। अब त्यसको राजनीतिक पाटो छ, सर्वहाराको अधिनायकत्व। त्यो त नेपालमा लागू हुँदैन। अर्को आर्थिक पाटो छ, उत्पादनका सबै साधन राज्यले राष्ट्रियकरण गर्ने। त्यो पनि सम्भव छैन। भन्नुको मतलब, व्यवहारमा चाहिँ हामी लागू नगर्ने, तर जनतामा भ्रम छर्नका निम्ति साइनबोर्डमा माओवाद लगाउन उचित हुँदैन। त्यसैले माओवादको साइनबोर्ड झुन्ड्याउन जरुरी छैन। 

अब हामीले नयाँ समाजवादी शक्तिको विकास गरेर जानुपर्छ भन्ने मेरो वैचारिक अडान हो। त्यसमा आउनका निम्ति उहाँले आफ्नो पार्टीको जुन पुरानो संरचना छ, त्यसलाई विघटन गर्ने, माओवाद परित्याग गर्ने, समाजवादी शक्तिका रुपमा आफूलाई स्थापित गर्ने गर्नुभयो भने त सहकार्यको सम्भावना हुन्छ। तर, त्यो नगरेसम्म पुरानै माओवादी सोच, शैली, विचार र पार्टीमा आवद्ध रहेसम्म उहाँसँग सहकार्य सम्भव छैन। 

उहाँ रुपान्तरित हुनुभयो भने उहाँकै नेतृत्वमा पनि सहकार्य सम्भव छ?

पहिले त माओवाद परित्याग गर्नुपर्योक। पुरानो पार्टीलाई विघटित गर्नुपर्यो । नयाँ ढंगको समुन्नत समाजवादको विचार जुन हामीले अगाडि सारेका छौं, त्यसलाई उहाँले ग्रहण गर्नुपर्यो‍। त्यस्तो अवस्था आएछ भने उहाँ लगायत कसैसँग पनि सहकार्य हुन सक्छ। तर, मुख्य कुरा हिजोको माओवादी विचारका आधारमा होइन, नयाँ समाजवादी चिन्तनका आधारमा गर्नुपर्छ भन्ने हाम्रो मुख्य धारणा हो। 

प्रचण्डले त्यसरी पार्टी नै रुपान्तरण गर्न सक्ने सम्भावना देख्नुहुन्छ?

म देख्दिनँ। किनभने, नेपालमा पार्टी त ब्रान्डजस्ता भए। ०७ सालमा नेपाली कांग्रेसले राणा विरोधी संघर्ष गर्योद। त्यही ब्रान्ड बेचेर उसले अहिलेसम्म खाइरहेको छ। एमालेले पनि पञ्चायत विरुद्ध संघर्ष गर्योर, ०४६/४७ सालसम्म संघर्ष गर्योर। त्यसपछि अगाडि आयो। त्यही माले ब्रान्डको ब्याज खाइरहेको छ। जबकि, माले भनेको खासमा त्यतिबेलाको माओवादी हो। अत्यन्तै क्रान्तिकारी शक्तिलाई माले भनिन्थ्यो। अहिलेको एमालेमा त्यो कुनै पनि गुण बाँकी छैन। तर, त्यो पपुलर ब्रान्ड भएकाले त्यसलाई छाडेको छैन। पछि माओवादी जनयुद्ध मार्फत राजतन्त्रविरुद्ध संघर्ष गरेर नेतृत्वमा आयो, उसले पनि त्यो माओवादी नामको पपुलर ब्रान्ड समातिरहेको छ। जबकि, माओवादीको गुदी तत्व उसले छाडिसकेको छ। त्यसैले यी तीन वटै शक्ति चाहिँ इतिहासको ब्याज खाइरहेका छन्। र, जनतालाई भ्रम छरिरहेका छन्। 

मेरो भनाइ के हो भने इतिहासको कालखण्डलाई सम्मान गर्नुपर्छ। तर, इतिहासको ब्याज खाएर जनतालाई भ्रममा पार्नु हुँदैन। नयाँ परिस्थिति अनुसारको नयाँ विचार लिएर अगाडि जानुपर्छ। त्यसैले पुराना शक्तिहरु सहजै रुपान्तरित भएर आउँछन् भन्ने मलाई लाग्दैन।

तपाईंको लोकप्रियतामा निकै ह्रास आएको बेला संविधान कार्यान्वयन गर्न छाडेर तपाईं त बाहिर आउनुभयो। समयको चयन ठीक भएन कि भन्ने लाग्दैन?

लोकप्रियता कम भएको त होइन। तर, अलिकति भ्रम छरियो। किनकि, नेपालमा गणतन्त्र, संविधानसभाका लागि अग्रपंक्तिमा भूमिका निर्वाह गर्नेहरु मध्येको म पनि हुँ जस्तो लाग्छ। माओवादी आन्दोलनभित्र पनि यी मेरै एजेन्डा थिए। मैले नै स्थापित गरें। र, संविधानसभाबाट संविधान बनाएर मात्रै मैले छोडें। नत्र भने मैले पहिले किन छोडिन भन्नुस् त? किनकि, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएर त्यो एउटा पक्रिया पूरा हुन्छ र विकास र समृद्धिको नयाँ चरण सुरु हुन्छ भन्ने विश्लेषणका साथ मैले छाडेको थिएँ। 

तर, त्यही बीचमा नै मधेस आन्दोलन अगाडि बढ्यो। र, भारतले पनि नाकाबन्दी लगाइदियो। त्यसैले ५–६ महिनासम्म राजनीति विषयान्तर भइदियो। त्यसले गर्दा अलमल भयो। यसले थोरै असुविधा भएको हो। नत्र, मैले संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति जुन ढंगले लडें र संविधानसभाबाट संविधान जारी गर्नका निम्ति पनि भूमिका खेलें, त्यो इतिहासमा लेखिएकै विषय थियो। त्यो ओझेलमा पर्नु चाहिँ दुखद् हो। तर, जनताले ढिलोछिटो बुझ्छन् भन्ने मलाई लाग्छ।

प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्