• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १७, २०८३ Thu, Apr 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘अहिलेको निर्वाचन हाम्रो लागि क्वाटरफाइनल हो’

64x64
नेपाल लाइभ शनिबार, भदौ १७, २०७४  १२:५०
1140x725

स्थानीय तहको दुई चरणको निर्वाचनमा नयाँ राजनीतिक शक्तिहरुलाई जनताले खासै रुचाएको देखिएन। संघीय समाजवादी फोरमसँग सहकार्य गर्दा समेत नयाँशक्ति नेपाल ओझेलमै रह्यो। स्थानीय तह निर्वाचनको तेस्रो चरणको पूर्वसन्ध्यामा नयाँशक्ति र फोरमको सहकार्य पनि टुटिसकेको छ र माओवादीबाट आएका धेरै नेता माउ पार्टीमै फर्किएका छन्। यही सेरोफेरोमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईसँग सरोजराज अधिकारी र किशोर दहालले गरेको कुराकानीः 

तपाईंको स्वास्थ्य कस्तो छ ?
ठीक छ। प्रोस्टेटको अपरेसन भएको ३ हप्ता भयो। केही समय आराम गरें, अहिले ठीक छु।

पार्टीको स्वास्थ्य त ठीक देखिएन। नयाँ निर्माण गर्दै जाँदा भत्किने उपक्रम पनि सुरु भएको छ। यसलाई कसरी लिनुभएको छ?

यो विकास प्रक्रियाको नियम नै हो भन्ने लाग्छ। विरुवा हुर्कंदै गर्दा पुरानो बोक्रा झर्ने, नयाँ पलाउने गर्छ। बच्चा पनि हुर्कंदै गर्दा पुरानो दाँत झर्ने र नयाँ पलाउने हुन्छ। मैले यसलाई स्वभाविक रुपमा लिएको छु। किनकि यो वैकल्पिक राजनीतिक धारा हो। त्यसलाई नबुझेर पुरानै सोच राखेका मानिसहरु पनि प्रवेश गरे। जब उनीहरुले बुझे कि यो त नयाँ चिज हो, त्यसपछि एडजस्ट गर्न नसकेर फर्किए। 

तपाईंको पूर्वपार्टीबाट जो मानिस आए, उनीहरुले तपाईंको आनीबानी, क्षमता सबै बुझेकै थिए। के कुरामा चित्त बुझेन र फर्किए भन्ने लाग्छ?

पहिले पनि मैले समूह लिएर आएको थिइनँ। मैले माओवादी पार्टी एक्लै छोडेको हुँ। र, यहाँ आउँदा पनि सबैलाई मैले अलग–अलग ढंगले आउन प्रेरित गरेको हुँ। त्यसैले हामीले ध्रुवीकरण भन्यौं, एकीकरण कहिल्यै भनेनौं। ती साथीहरु पनि आ–आफ्नै सुरले जोडिनुभएको थियो। सायद भावनाको ढंगले मात्रै उहाँहरु पहिले आउनुभयो। तर, यो विचार अलिकति कष्टसाध्य ढंगको छ भन्ने बुझिसकेपछि धैर्य गर्न सक्नु भएन र फर्किनुभयो। उहाँहरुको बहिर्गमनले हामीलाई अगाडि बढ्नका निम्ति, नयाँ वैकल्पिक शक्ति बन्नका निम्ति मद्दत नै गरेको छ। त्यसलाई मैले अन्यथा ठानेको छैन। 

जानेहरुमध्ये केहीले सामूहिकभन्दा पनि एकल निर्णयमा चल्ने तपाईंको स्वभावको कारण अडिन सकिएन भन्ने प्रतिक्रिया दिनुभएको छ। के भन्नुहुन्छ?

त्यो सत्य होइन। किनकि, मुख्य जिम्मेवारीमै उहाँहरु हुनुहुन्थ्यो। मुख्य जिम्मेवारी लिएका मान्छेहरुले नै त्यस्तो भन्न मिल्छ र? हामीकहाँ अलग्गिएपछि मनगढन्ते कुरा गर्ने पुरानै प्रचलन छ। म त्यसबारे कुनै टिप्पणी गर्न चाहन्नँ। 
पहिलो र दोस्रो चरणको स्थानीय चुनावको परिणाम हेर्दा नयाँ र वैकल्पिक शक्तिहरुलाई जनताले साथ दिएको देखिएन। समाजले नयाँलाई स्वीकार्न नसकेको हो कि नयाँ शक्तिहरुले त्यो तप्कालाई सम्बोधन गर्न नसकेकोे?
नयाँ र वैकल्पिक शक्तिको औचित्य र आवश्यकता त छ। किनकि, नेपाली समाज ७०–८० वर्षको एउटा लोकतान्त्रीकरणको प्रक्रियापछि नयाँ विकास, समृद्धि र आर्थिक सामाजिक रुपान्तरणको चरणमा प्रवेश गरेको छ। त्यसको नेतृत्व गर्न, पुरानो राज्य व्यवस्था ध्वंश गर्न हालका राजनीतिक दलको चिन्तनशैलीबाट पुग्दैन। एउटा नयाँ र वैकल्पिक शक्ति चाहिन्छ भन्ने कुरा चाहिँ सत्य हो। तर, कुनै पनि नयाँ र वैकल्पिक शक्ति स्थापित हुन समय लाग्छ। त्यस अर्थमा यसले केही समय अवश्य लिन्छ। हाम्रो देश विविधतापूर्ण छ। यो पूरै शहरीकरण भएको युरोप अमेरिकाजस्तो वा दिल्लीजस्तो महानगर पनि होइन। 

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौंमा बेलाबेलामा भुल्काहरु उठ्ने गर्छन्। तर, काठमाडौंमात्रै नेपाल होइन। हुम्लादेखि ताप्लेजुङ, झापादेखि कञ्चनपुरसम्मको विविधतालाई सम्बोधन नगरेसम्म नयाँ शक्ति स्थापित हुन समय लाग्छ। त्यसैले हामीले सुरुवाती चरणमा सबै जिल्लामा बिउ रोप्ने काम ग¥यौं। अब खासखास ठाउँमा केन्द्रित भएर यसलाई विकसित गर्छौं। यसले केही वर्ष लिन्छ भन्ने हाम्रो सुरुदेखिकै आँकलन थियो। 

भारतमा आम आदमीको उदयबाट हौसिएर नेपालमा पनि वैकल्पिक शक्ति निर्माणको सुरुवात भएको देखिन्छ। तर, काठमाडौंजस्तो सहरमै पनि त्यसले आफ्नो छाप छोड्न सकेको देखिएन, किन?

मैले त सुरुदेखि नै भनेको छु, दिल्लीको आम आदमीसँग तुलना गरेर यहाँ हुँदैन। किनकि, त्यो त एउटा भ्रष्टाचारको मुद्दामा मात्रै केन्द्रित भएर बनेको पार्टी हो। नेपालमा चाहिँ विकास र समृद्धि मुख्य एजेन्डा हुन्छ। हिमाल, पहाड र तराई–मधेसको जुन जातीय, क्षेत्रीय विविधता छ त्यसको बीचमा एकता कायम गर्ने समावेशी समानुपातिक लोकतन्त्रको मुद्दा पनि छ। सुशासनको मुद्दा पनि छ। सँगसँगै जटिल भूराजनीति छ। भारत र चीनबीच ठीक ढंगले सन्तुलन नमिलाएसम्म नेपालमा राजनीतिक स्थिरता र स्थायित्व हुँदैन। यी विषयलाई पनि ध्यान दिएर नेपालको वैकल्पिक राजनीति अगाडि बढाउनुपर्छ। अरुसँग तुलना गर्न मिल्दैन। मैले यो कुरा पहिलेदेखि भनेको थिएँ। त्यसमा अहिले पनि दृढ छु। 

हाम्रो समाज अहिले पनि नयाँ कुरालाई झट्टै पचाइहाल्न नसक्ने अवस्थामै हो?

हाम्रो मात्रै होइन, आम रुपमै त्यही प्रवृत्ति हुन्छ। नयाँ विचारलाई सुरुमा बहुत थोरै मान्छेले ग्रहण गर्छन्। जब विज्ञानको आविष्कार हुन्छ, नयाँ विचारको आविष्कार हुन्छ, नयाँ दर्शनको आविष्कार हुन्छ सुरुमा ग्रहण गर्ने मानिस अत्यन्तै थोरै हुन्छन्। तर, केही अगुवा मान्छेले कष्टसाध्य बाटो लिएर लामो प्रयोग गरेपछि बल्ल जनतामा झाँगिन थाल्छ र धेरै मान्छे त्यसमा आकर्षित हुन्छन्। विकासको नियमै यही हो। र, वैकल्पिक राजनीतिको हकमा पनि त्यही हो। त्यसैले हामीले केही वर्ष धैर्य गर्नुपर्छ।  खासगरी अहिले कांग्रेस, एमाले र माओवादी नै स्थापित भएको जस्तो अवस्था देखापर्छ। त्यसो हुनुको कारण के हो भने उनीहरु कुनै खास कालखण्डमा स्थापित भएका लोकप्रिय ब्रान्ड हुन्। त्यस कारणले पनि हाम्रो जस्तो अल्पविकसित र विभिन्न संस्कृति भएको मुलुकमा मानिसहरु विचार र दर्शनभन्दा ब्रान्डको पछि लाग्छन्। केही समय यो हुनु स्वभाविक छ। तर, हामीले आफ्नो सत्कर्मबाट, व्यवहारबाट जनताको मन जित्ने ठाउँमा पुगेपछि त्यो जनमत फर्किन्छ। त्यसैले केही वर्ष धैर्य गरेर काम गर्नुपर्छ।

कति वर्षजति लाग्ला?

मैले भनेको पनि छु, यो अहिलेको निर्वाचन हाम्रो लागि क्वार्टरफाइन र सेमिफाइनल मात्रै हुन्छ। फाइनल भनेको अर्को निर्वाचन हुन्छ। 

मैले तत्कालका दुई वटा समस्या देखेको छु। पहिलो, चरम भ्रष्टाचार हो। एनसेल प्रकरण हुँदै बुढी गण्डकी र आयल निगमसम्म अर्बौंका भ्रष्टाचार काण्ड बाहिर आएका छन्। यसमा यी प्रमुख दल र प्रमुख नेताहरु सबै मिसिएका छन्। अहिले स्थानीय तहको निर्वाचनमार्फत तिनै दलहरुका संयन्त्र तलसम्म फैलिएको छ। आगामी केही वर्षमा त्यो भ्रष्टाचार तलसम्मै पुग्छ। जनताले त्यसको प्रत्यक्ष बोध गर्छन्। यसकारण पनि जनताले विकल्प खोज्छन्।
दोस्रो, नेपालको शासकीय प्रणाली ठिमाहा खालको संसदीय र मिश्रित निर्वाचन प्रणालीमा आधारित छ। यसले राजनीतिक स्थिरता दिँदैन। फेरि, यही प्रकारको सिन्डिकेट प्रणाली केही समय चलिरहन्छ। राजनीतिक अस्थिरता चलिरहन्छ। हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली बिना राजनीतिक स्थायित्व हुन्न भनेका छौं। त्यसको महत्त्व पनि जनताले बुझ्छन्। आउँदो निर्वाचन पछिको एक डेढ वर्षमा जनताले भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताको कारण बुझ्छन्। त्यसपछि वैकल्पिक राजनीतिको औचित्य स्थापित हुन्छ भन्ने मेरो बुझाइ छ। 

सँगसँगै पछिल्लो समय भूराजनीतिक आयाम गम्भीर ढंगले अगाडि बढेर आएको छ। भारत र चीनबीचको संवेदनशील भूराजनीतिलाई ध्यान दिएर नेपालको राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता हिजो पनि थियो। तर, केही समययता भारत र चीनबीच द्वन्द्व अगाडि बढेको छ। हाल साम्य भए पनि दोक्लममा त्यो प्रकट रुपमा देखियो। त्यसैले नेपालको राजनीति दक्षिणमुखी र उत्तरमुखी गरी दुई ध्रुवमा ध्रुवीकृत हुने खतरा म देख्छु। नेपालका पुराना राजनीतिक शक्तिले आफ्नो स्वार्थका निम्ति उत्तर र दक्षिण फर्कने काम गरेका छन्। त्यसले गर्दा नेपालको राष्ट्रियता संकटमा पर्छ। र, एउटा सच्चा देशभक्त शक्तिको खोज नेपाली जनताले गर्छन्। त्यस अर्थमा वैकल्पिक राजनीतिले पनि आफूलाई सच्चा देशभक्तका रुपमा उभ्याउने आँट गर्नुपर्छ। 

त्यसैले यी दुई–तीनवटा कुराको योगफल स्वरुप दुई–तीन वर्षभित्रमा नेपालमा नयाँ राजनीतिक परिवर्तन आउँछ। र, त्यसको निम्ति हामीले तयारी गर्नुपर्छ भन्ने मेरो बुझाइ छ।

नयाँ शक्ति स्थापना गर्दा तपाईंमा एक प्रकारको उत्साह थियो। स्थानीय चुनावमा आएको न्यून प्रतिक्रियाले कत्तिको निराश बनाएको छ?

मोटामोटी रुपमा मैले योभन्दा पृथक नतिजा सोचेको थिइनँ। तर, योभन्दा थोरै राम्रो त गर्न सकिन्थ्यो यो चुनावमा। यदि हामीलाई बेइमानीपूर्वक ढंगले चुनाव चिह्नबाट वञ्चित नगरिएको भए हामी आफ्नै निर्वाचन चिह्नमा प्रचार गरेर जान्थ्यौं। हामीलाई योभन्दा अलि बढी लाभ हुन्थ्यो। त्यसको केही प्रत्यक्ष लाभ हामीले काठमाडौंमा लिन सक्थ्यौं। हामी आफैं मात्र निर्वाचन लड्न पाएको भए हामीले केही राम्रा र नयाँ अनुहारलाई अगाडि सारेर जान सक्थ्यौं। तर, हामीले चुनाव चिह्नको निम्ति अर्को पार्टीसँग सम्झौता गर्नुपरेपछि पुरानै चेहरा जनताका माझमा सार्नुपर्योव। यसले हामी जनताका बीचमा नयाँ ढंगले प्रस्तुत हुन सकेनौं। त्यसैले काठमाडौंमा चाहिँ हामीलाई अलिकति नोक्सान नै भयो।

तपाईंहरुले संघीय समाजवादी फोरमसँग चुनाव चिह्नका लागि मात्रै सहकार्य गर्नुभएको हो र?

तत्काल त चुनाव चिह्नकै लागि हो। साथै फोरमसँग अरुको तुलनामा वैचारिक निकटता पनि भएको हुनाले पार्टीगत ध्रुवीकरण गर्ने पनि प्रयत्न थियो। अहिले पनि छ।

सेलरोटी, क्यामरा जस्ता चिह्न लिएर पनि तपाईंहरुको भन्दा बढी मत ल्याए नि!

हामीले एक ठाउँमा मात्रै त्यसो गर्न मिलेन। देशव्यापी रुपमा सम्झौता गरिसकेपछि काठमाडौंमा मात्रै कुनै चिह्न लिनु भएन। देशभरी लिनुपर्योत। त्यो सम्भव थिएन। त्यसैले, पुरानो निर्वाचन चिह्न लिँदाखेरी नकारात्मक प्रभाव पर्‍यो ।

अब हुने तेस्रो चरणको चुनावमा पनि फोरमसँगको सहकार्य जारी रहन्छ?

उहाँहरुसँग हाम्रो सहकार्य तत्कालका लागि स्थगित भएको अवस्था छ। त्यसैले तराई मधेसमा हामी फरक ढंगले जान्छौं। प्रदेश र संसदको निर्वाचनका क्रममा अहिले बनेको नयाँ कानून अनुसार हामीले हाम्रो आफ्नै ‘आँखा’ चिह्न पाउँछौं। हामी आफ्नै चिह्न लिएर लड्छौं।

फोरमसँगको कार्यगत एकता वा पार्टी एकताको प्रक्रिया समाप्त भयो?

अहिले तत्कालका लागि त त्यो रोकिएको छ। सधैँका लागि समाप्त भएको छैन। 

त्यो रोकिनुको कारण के हो? वैचारिक मतभेद हो कि पदीय समायोजन मिलाउन नसकेर?

मुख्य रुपमा थोरै जोडकोणमै अन्तर हो। हामीले जुन ‘पाँच स’को अवधारणा अघि सारेका छौं। नेपालमा अहिले मुख्य अन्तर्विरोध भनेको अगाडि बढेको राजनीतिक अधिकार र पछाडि परेको आर्थिक संरचनाबीचको अन्तर्विरोध हो। त्यसैले विकास र समृद्धिलाई मुख्य मुद्दा बनाइनुपर्छ। त्यसलाई सहयोग पुग्नेगरी यो समावेशी समानुपातिकको मुद्दा र सुशासनको मुद्दा जोड्नुपर्छ भन्ने हाम्रो बुझाइ छ। उहाँहरुको अलि बढी जोड समावेशी समानुपातिकको मुद्दा प्रधान बन्नुपर्छ भन्नेमा छ। फेरि पनि हामी कुराकानी जारी राख्ने पक्षमै छौं। 

माओवादी अध्यक्ष प्रचण्डले बाबुरामजीहरु पनि पार्टीमा फर्कनुहुन्छ भनिरहनुभएको छ। फेरि मिल्ने सम्भावना कत्तिको छ?

प्रचण्डजीले पुरानै माओवादी धार समातिरहनुभएको छ। मेरो विचारमा माओवाद भनेको माक्र्सवादको एउटा विशिष्ट खालको प्रयोग हो। त्यसको औचित्य अहिले विश्वव्यापी रुपमै समाप्त भइसक्यो। नेपालमा चाहिँ राजतन्त्र विरुद्ध विद्रोह संगठित गर्न त्यसको फौजी र जनयुद्धको पाटो हामीले कुशलतापूर्वक प्रयोग गरेको हो। त्यसको पनि अहिले औचित्य सकिइसक्यो। अब त्यसको राजनीतिक पाटो छ, सर्वहाराको अधिनायकत्व। त्यो त नेपालमा लागू हुँदैन। अर्को आर्थिक पाटो छ, उत्पादनका सबै साधन राज्यले राष्ट्रियकरण गर्ने। त्यो पनि सम्भव छैन। भन्नुको मतलब, व्यवहारमा चाहिँ हामी लागू नगर्ने, तर जनतामा भ्रम छर्नका निम्ति साइनबोर्डमा माओवाद लगाउन उचित हुँदैन। त्यसैले माओवादको साइनबोर्ड झुन्ड्याउन जरुरी छैन। 

अब हामीले नयाँ समाजवादी शक्तिको विकास गरेर जानुपर्छ भन्ने मेरो वैचारिक अडान हो। त्यसमा आउनका निम्ति उहाँले आफ्नो पार्टीको जुन पुरानो संरचना छ, त्यसलाई विघटन गर्ने, माओवाद परित्याग गर्ने, समाजवादी शक्तिका रुपमा आफूलाई स्थापित गर्ने गर्नुभयो भने त सहकार्यको सम्भावना हुन्छ। तर, त्यो नगरेसम्म पुरानै माओवादी सोच, शैली, विचार र पार्टीमा आवद्ध रहेसम्म उहाँसँग सहकार्य सम्भव छैन। 

उहाँ रुपान्तरित हुनुभयो भने उहाँकै नेतृत्वमा पनि सहकार्य सम्भव छ?

पहिले त माओवाद परित्याग गर्नुपर्योक। पुरानो पार्टीलाई विघटित गर्नुपर्यो । नयाँ ढंगको समुन्नत समाजवादको विचार जुन हामीले अगाडि सारेका छौं, त्यसलाई उहाँले ग्रहण गर्नुपर्यो‍। त्यस्तो अवस्था आएछ भने उहाँ लगायत कसैसँग पनि सहकार्य हुन सक्छ। तर, मुख्य कुरा हिजोको माओवादी विचारका आधारमा होइन, नयाँ समाजवादी चिन्तनका आधारमा गर्नुपर्छ भन्ने हाम्रो मुख्य धारणा हो। 

प्रचण्डले त्यसरी पार्टी नै रुपान्तरण गर्न सक्ने सम्भावना देख्नुहुन्छ?

म देख्दिनँ। किनभने, नेपालमा पार्टी त ब्रान्डजस्ता भए। ०७ सालमा नेपाली कांग्रेसले राणा विरोधी संघर्ष गर्योद। त्यही ब्रान्ड बेचेर उसले अहिलेसम्म खाइरहेको छ। एमालेले पनि पञ्चायत विरुद्ध संघर्ष गर्योर, ०४६/४७ सालसम्म संघर्ष गर्योर। त्यसपछि अगाडि आयो। त्यही माले ब्रान्डको ब्याज खाइरहेको छ। जबकि, माले भनेको खासमा त्यतिबेलाको माओवादी हो। अत्यन्तै क्रान्तिकारी शक्तिलाई माले भनिन्थ्यो। अहिलेको एमालेमा त्यो कुनै पनि गुण बाँकी छैन। तर, त्यो पपुलर ब्रान्ड भएकाले त्यसलाई छाडेको छैन। पछि माओवादी जनयुद्ध मार्फत राजतन्त्रविरुद्ध संघर्ष गरेर नेतृत्वमा आयो, उसले पनि त्यो माओवादी नामको पपुलर ब्रान्ड समातिरहेको छ। जबकि, माओवादीको गुदी तत्व उसले छाडिसकेको छ। त्यसैले यी तीन वटै शक्ति चाहिँ इतिहासको ब्याज खाइरहेका छन्। र, जनतालाई भ्रम छरिरहेका छन्। 

मेरो भनाइ के हो भने इतिहासको कालखण्डलाई सम्मान गर्नुपर्छ। तर, इतिहासको ब्याज खाएर जनतालाई भ्रममा पार्नु हुँदैन। नयाँ परिस्थिति अनुसारको नयाँ विचार लिएर अगाडि जानुपर्छ। त्यसैले पुराना शक्तिहरु सहजै रुपान्तरित भएर आउँछन् भन्ने मलाई लाग्दैन।

तपाईंको लोकप्रियतामा निकै ह्रास आएको बेला संविधान कार्यान्वयन गर्न छाडेर तपाईं त बाहिर आउनुभयो। समयको चयन ठीक भएन कि भन्ने लाग्दैन?

लोकप्रियता कम भएको त होइन। तर, अलिकति भ्रम छरियो। किनकि, नेपालमा गणतन्त्र, संविधानसभाका लागि अग्रपंक्तिमा भूमिका निर्वाह गर्नेहरु मध्येको म पनि हुँ जस्तो लाग्छ। माओवादी आन्दोलनभित्र पनि यी मेरै एजेन्डा थिए। मैले नै स्थापित गरें। र, संविधानसभाबाट संविधान बनाएर मात्रै मैले छोडें। नत्र भने मैले पहिले किन छोडिन भन्नुस् त? किनकि, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएर त्यो एउटा पक्रिया पूरा हुन्छ र विकास र समृद्धिको नयाँ चरण सुरु हुन्छ भन्ने विश्लेषणका साथ मैले छाडेको थिएँ। 

तर, त्यही बीचमा नै मधेस आन्दोलन अगाडि बढ्यो। र, भारतले पनि नाकाबन्दी लगाइदियो। त्यसैले ५–६ महिनासम्म राजनीति विषयान्तर भइदियो। त्यसले गर्दा अलमल भयो। यसले थोरै असुविधा भएको हो। नत्र, मैले संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति जुन ढंगले लडें र संविधानसभाबाट संविधान जारी गर्नका निम्ति पनि भूमिका खेलें, त्यो इतिहासमा लेखिएकै विषय थियो। त्यो ओझेलमा पर्नु चाहिँ दुखद् हो। तर, जनताले ढिलोछिटो बुझ्छन् भन्ने मलाई लाग्छ।

प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
ओमानसँग नेपालको लज्जास्पद हार
सम्बन्धित सामग्री
पोखरामा माउन्टेनमग खुल्यो कफी कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा आफ्... सोमबार, वैशाख ७, २०८३
फोमी पोखरा एक्स्पिरियन्स सेन्टरको शुभारम्भ पोखरा–जोमसोम राजमार्गसँगै बिन्ध्यवासिनीस्थित अर्चलबोटमा स्थापना गरिएको उक्त सेन्टरले अब ग्राहकलाई फोमीका सम्पूर्ण उत्पादनहरू प्रत्यक... सोमबार, वैशाख ७, २०८३
Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy A57 5G र Galaxy A37 5G Samsung ले पहिलेको १२ महिनाको EMI योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिल... शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, वैशाख १७, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्