काठमाडौं- औद्योगिक प्रवर्द्धनका लागि बैंक तथा वित्तीय संस्थाले सहज ब्याजदरमा कर्जा दिनुपर्ने भएको छ।
केन्द्रीय बैंकले आज जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक करोड रुपैयाँ बराबरको उद्यम व्यवसाय कर्जा प्रवाह गर्दा आधार दरमा थप दुई प्रतिशत मात्रै प्रिमियम थप गर्न पाउने व्वस्था गरिएको हो। राष्ट्र बैंकले औद्योगिक प्रवर्द्धन र व्यवसाय विस्तारका लागि यस्तो व्यवस्था गरेको जनाएको छ।
यस्तै, सवारीसाधन खरिद गरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने नीति अगाडि सारिएको छ। देशभित्र रोजगारीको वातावरण सिर्जना गर्ने ध्येयका साथ ऋणी स्वयम स्वरोजगार हुनेगरी सवारीसधान खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ। हाल बैंकले पाँच प्रतिशत ब्याजदरमा त्यस्तो कर्जा प्रवाह गर्दै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।