काठमाडौं- एक स्थानीय तहमा एकभन्दा बढी शाखा रहेका बैंकले एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने भएको छ।
अपाङ्गता भएका व्यक्तिलाई वित्तीय सेवामा सहज पहुँच सुनिश्चित गर्न यस्तो नीति लिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा स्थानीय तहमा निश्चित संख्याभन्दा बढी शाखा रहेका स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा एक शाखा र एटीएम लाउञ्ज भएका स्थानमा एक एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने व्यवस्था गरिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।