काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९ विन्दुमा पुगेको हो।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक बिहीबार ५.४६ अंकले बढेको छ। कूल २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ।
आज विकास बैंक उपसूचक सर्वाधिक बढेको छ। विकास बैंक उपसूचक सर्वाधिक ६.४ प्रतिशतले वृद्धि हुँदा उत्पादनमुलक उपसूचक १.७३ प्रतिशत, लगानी उपसूचक १.४६ प्रतिशत, वित्त कम्पनी उपसूचक १.०८ प्रतिशत र बैंकिङ उपसूचक पनि ०.४२ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।