• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
जसपा हाम्रो पार्टी हो, अर्को पार्टी बनाउँदैनौं : शरतसिंह भण्डारी [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ बुधबार, साउन २७, २०७८  २०:३३
1140x725

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादवपक्षलाई दिएको छ। उपेन्द्रपक्षले पार्टीको आधिकारिकता पाएपछि आयोगले महन्थ ठाकुरलाई अध्यक्षबाट हटाउनुका साथै १६ जना कार्यकारिणी सदस्यलाई समेत हटाएर पार्टीको विवरण अध्यावधिक गरेको छ। आयोगको फैसलालाई लिएर महन्थपक्षले असन्तुष्टी जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। आयोग र उपेन्द्रपक्षलाई विपक्षी बनाइएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। पछिल्लो समय जसपामा विकसित घटनाक्रमपछि कसरी पार्टी गतिविधि अगाडि बढ्दै छ? अब महन्थपक्षको योजना र रणनीति के छ? यी विषयमा उक्त पक्षका नेता नेता शरतसिंह भण्डारीसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले कुराकानी गरेका छन्। प्रस्तुत छ भण्डारीसँगको कुराकानीको सारसंक्षेपः-

निर्वाचन आयोगले उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिँदै महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएर अध्यावधिक गर्दा पनि तपाईंहरु जसपामै बस्नुहुन्छ?

निर्वाचन आयोगले गरेको फैसलाविरुद्ध हामीले सर्वोच्च अदालतमा मुद्दा हालेका छौं। र, अहिले अदालतको निर्णय पर्खेर बसेका छौं। त्यहाँबाट उचित न्याय पाउँछौं भन्ने हाम्रो विश्वास छ। निर्वाचन आयोगकै विरुद्धमा अदालत गएपछि अरु कुरा के भयो र? अदालतले जस्तो फैसला दिन्छ त्यहीअनुसार अगाडि बढ्छौं। 

पार्टी आधिकारिकता उपेन्द्रपक्षले पाएपछि नयाँ पार्टी गठन गरेर जानुपर्ने होला नि, होइन?  

निर्वाचन आयोगले जुन धारा अनुसार पार्टी आधिकारिकता प्रदान गरेको छ, त्यो धारामा स्पष्ट रुपमा उल्लेख गरेको छ। त्यसमा बहुमतपक्षलाई आधिकारिता प्रदान गरेर भएपनि अर्कोपक्षलाई दलको मान्यता दिएर दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। हामीले दल विभाजन पनि मागेको होइन। उपेन्द्रजी पनि दल विभाजन सम्बन्धी दफामा जानु भएको होइन। दल विभाजन र दल दर्ताका लागि निर्वाचन आयोगमा अर्कै व्यवस्था छ। पार्टी आधिकारिकता निर्वाचन आयोगले दिने अवस्थामा पार्टी विभाजन कसरी गर्न सक्छ? माग दाबी नभएको विषयमा कसरी फैसला दिन मिल्छ? बहुमतपक्षले पार्टी आधिकारिता पाउने भयो। अर्कोपक्षलाई दलको मान्यता दिने भन्ने कुरा उल्लेख छ। यस्तो अवस्थामा आयोगले दलको मान्यता दिनुपर्‍यो नि! 

तपाईंहरुको सांसद पद कायम हुनेगरी दलको मान्यता दिनु पर्‍यो भन्ने माग हो? 

अर्को दलको मान्यता निर्वाचन आयोगले दिनु पर्‍यो नि? यो हामीले भन्ने कुरा होइन। कानुनी रुपमै एउटापक्षलाई दलको आधिकारिता दिएपछि अर्कोपक्षले चाहेमा दलको मान्यता दिएर दर्ता गर्नु भनिएको छ। तर, दलको मान्यताको विषयमा के गर्ने भन्ने विषयमा निर्वाचन आयोगले केही पनि उल्लेख गरेको छैन। यी सबै विषय कानुन विपरित छ भनेर सर्वोच्चमा गएका छौं। सर्वोच्चको निर्णय कुरेर बसेका छौं। त्यो निर्णय आएपछि मात्रै के गर्ने, निर्णय गरेर जान्छौं।

यदी सर्वोच्च अदालतले निर्वाचन आयोगकै निर्णयलाई सदर गरेमा कसरी अगाडि बढ्नु हुन्छ? 

Ncell 2
Ncell 2

कानुनी दृष्टिकोणमा सर्वोच्चमा गएका छौं। सर्वोच्चको विषयमा थप टिप्पणी गर्न मिल्दैन। राजनीतिक रुपमा हामीले बनाएको जसपा पार्टी हो। यो पार्टी उपेन्द्र यादवले बनाएको पार्टी होइन। त्यति बेला उपेन्द्रजीको पार्टी ध्वस्त हुने अवस्थामा थियो। त्यो बेला जसपा पार्टी बनाएर एकीकरण गरेका हौं। उपेन्द्रजीलाई ‘रेस्क्यू’ गरेको हुनाले त्यो पार्टी हामीले बनाएका हौं।

जसपामै रहेर काम गर्छौं। अर्को दल बनाउने सोचेका छैनौं। सोच्नुपर्ने आवश्यकता पनि छैन। त्यसैले जनता र कार्यकर्ताको बीचमा गएर आफ्ना कुरा स्पष्ट पार्न लागेका छौं। जनता र कार्यकर्ताले सही ठाउँमा पुर्‍याउँछन् भन्ने हाम्रो विश्वास छ।

दलको काम छोडेर किन अभियानमा हिँड्नु भएको हो?

अभियानमा दुईवटा कारणले हिँडेका हौं। उपेन्द्रजीको क्रियाकलापले गर्दा मधेसको शक्ति विभाजन भयो। मधेसको भावनामा कुठाराघात भयो। मधेसी जनजातिहरु विभाजित भएका छन्। उत्पीडनमा परेका वर्गहरुको पहिचान र अधिकारको लडाइँ कमजोर पार्ने काम भएको छ। त्यो लडाइँ किन कमजोर भयो भन्ने विषयमा जनता धेरै चिन्तित छन्। यो विषयमा जनतालाई बुझाउँदै छौं। हामी जनताको माग र मुद्दामा अडिग छौं भनेर आफ्नो कुरा राखिरहेका छौं। यस्तै अरु अहिलेसम्मका सबै घटनाक्रमका विषयमा स्पष्ट पारिरहेका छौं। अब सबै फैसला गर्ने जिम्मा जनतालाई छोडेका छौं। यो माग, मुद्दा कमजोर बनाउन कसले भूमिका खेल्यो? त्यो सबै विषयमा स्पष्ट पार्ने कोसिस गरेका छौं। यी सबै विषयमा जनतालाई सुसूचित गर्न र माग, मुद्दाका विषयमा ध्यानाकषर्ण गर्न अभियानमा हिँडेका छौं।

shivam cement

shivam cement

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएको थियो, अब सरकारमा जानुहुन्छ कि जान्नुहुन्न?

हाम्रो पहिलो प्राथमिकता सरकार होइन। माग र मुद्दा नै हो। उपेन्द्रजीले आफ्नो माग, मुद्दा छोडिसक्नु भएको छ। ती सबै माग, मुद्दा सम्बोधन नहुँदासम्म सरकारमा जाँदैनौं।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देश विकास र सु्शासनका लागि एमालेको बहुमतको सरकार नभइ हुँदैन : ओली
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
देश विकास र सु्शासनका लागि एमालेको बहुमतको सरकार नभइ हुँदैन : ओली शनिबार, जेठ ३, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ शनिबार, जेठ ३, २०८२
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक शनिबार, जेठ ३, २०८२
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्