• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २८, २०८३ Sun, Jul 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सुँगुरको मूर्तिको विरोध गर्नुअघि किराँत संस्कृति त बुझ

64x64
विश्वरसिंह मेवाहाङ शुक्रबार, साउन २९, २०७८  ०६:४४
1140x725
तस्वीर फेसबुकबाट साभार

उदयपुरको बेलका नगरपालिकाले करिब ६० लाख रुपैयाँ खर्च गरेर सुँगुरको प्रतिमा बनाएपछि सामाजिक संजालमा यसको पक्ष र विपक्षमा बहस भइरहेको छ। बहसले सीमा नाघ्दै जाँदा धार्मिक र साम्प्रदायिक आक्षेपहरु पनि लगाउन थालिएको छ। यसलाई ‘सामाजिक सञ्जालको चरित्र’को रुपमा मात्र बुझ्नु हुँदैन। फरक संस्कृति, सम्प्रदाय र जातजातिलाई हेर्ने दृष्टिकोणको नमूना पनि हो।

देशभरका स्थानीय तहमध्ये अधिकांश केही न केहीको प्रतिमा बनाउन लागि परेका छन्। कतै फलफूलका, कतै तरकारीका, कतै जनावरका प्रतिमा बनेका छन्। यसमा बेलका पनि फरक भएन, उसले सुँगुरको मूर्ति बनायो। यसको पछाडि किराँत समुदायका केही सांस्कृतिक मूल्यले काम गरेका छन्।

त्यसैले सुँगुरको मूर्ति बनाउनु सही हो वा गलत भन्ने बहस गर्नुअघि किराँतहरुको सांस्कृतिक पक्ष बुझ्न जरुरी छ। त्यसपछि मात्र हामी बहसलाई सार्थक निस्कर्षमा पुर्‍याउन सक्छौँ। तर, जातीय घृणा फैलाउने गरि हुने बहसले भने कसैलाई फाइदा गर्दैन। 

प्रतिमाको ऐतिहासिकता
प्राचीनकालमा देवदेवीको प्रतिमा बनाएर सार्वजनिक ठाउँमा राख्ने चलन थियो। राज्य सत्ताको विकास र आधुनिकीकरणसँगै राजा महाराजाहरुको प्रतिमाले सार्वजनिक स्थान पाउन थाले। नेपालकै इतिहास हेर्ने हो भने प्रजातन्त्रको उदय (२००७) हुनुअगाडि लिच्छवि, मल्ल, शाह र राणावंशीय शासकहरुको प्रतिमा सडक, गल्ली र मन्दिरको प्राङ्गणमा सजिन्थे।

विश्वरसिंह मेवाहाङ

प्रजातन्त्र प्राप्तिदेखि बहुदलीय व्यवस्थाको स्थापना (२०४६) सम्म नेता, कलाकार, साहित्यकार, समाजसेवीको प्रतिमाले पनि प्राथमिकता पाए। गणतन्त्रको स्थापनापछि भने प्रतिमा स्थापनाको नयाँ युग सुरु भयो। 

स्थान विशेषको महत्व भएका गैर-मानव प्रतिमाहरु सडक, गल्ली, चौकतिर देखिन थाले। कतै गुराँस, कतै काउली, कतै तोङ्बा, कतै रुद्राक्ष, कतै फुटबल, कतै वाद्यवादनका साधनहरु राख्न थालिए। त्यति मात्र नभइ बच्चाहरुले असाध्यै मन पराएका कार्टुन शृंखलाका पात्र पनि प्रतिमाको रुपमा देखिन थाले।

उदयपुरको बेलका नगरपालिकाले भने वडा नं. ७, मैनामैनीमा सुँगुरको प्रतिमा स्थापना गर्‍यो। यही कारण सामाजिक सन्जालमा बहसको विषय बन्यो। धेरैले यसलाई ‘अनावश्यक कार्य’को रुपमा व्याख्या गरे। यसरी व्याख्या गर्नेहरु गैरकिराँत थिए। किराँत संस्कृतिमा सुँगुरको महत्वबारे यसै क्षेत्रमा बस्ने गैरकिराँत समुदायलाई भने पक्कै जानकारी हुनुपर्छ। त्यसैले यसरी टिप्पणी गर्नेहरु किराँत क्षेत्रबाहिरका बासिन्दा भएको अनुमान गर्न गाह्रो छैन।

के हो सुँगुरको साँस्कृतिक र धार्मिक महत्व?
धेरै मान्छेहरु सुँगुरलाई फोहोरी जनावरको रुपमा लिन्छन्। अर्थात्, उनीहरुका लागि सुँगुर र सुँगुरसँग सम्बन्धित वस्तु फोहोर हुन्। सुँगुरलाई फोहोरको बिम्बका रुपमा व्याख्या गर्ने ‘न्यारेटिभ’ नै छ। कतिपय जाति र धार्मिक समुदायका लागि त यो जिवित वा मृत रुपमा ‘छुन नहुने’ प्राणी हो।

nimb
nimb
Ncell 2
Ncell 2

तर, पूर्वी पहाडको बहुसंख्यक जाति किराँतीका लागि सुँगुर एक पवित्र जनावर हो। किराँतीहरुको जन्म, मृत्यु, विवाह जस्ता मुख्य सांस्कृतिक अभ्यासमा सुँगुर अनिवार्य हुन्छ। लिम्बू जातिको विवाहमा बेहुला पक्षले सुँगुर मारेर बेहुली पक्षको घरमा सिङ्गै कोशली लैजानुपर्छ। त्यसरी सुँगुर लैजाँदा बोक्ने र कोशेली दिने निश्चित विधि छन्।

राई, याख्खा, सुनुवारहरुको विवाहमा पनि सुँगुरको फिला र पेरुङ्गोमा मासु च्यापेर बेहुली पक्षको घरमा कोशेली लैजानुपर्छ। मृत्यु संस्कारमा त अधिकांश किराँतीलाई सुँगुर नभई हुदैन। सुँगुरको मासुको पक्वान बनाएर मृतात्माको नाममा चढाउने परम्परा छ। कतिपय किराँतीले मृत्यु संस्कारमा हिंसा गर्न नहुने भन्दै यो परम्परा छोड्दै पनि गएका छन।

यसप्रकार किराँतीहरुको सांस्कृतिक महत्व बोकेको जनावर हो, सुँगुर। किरातीहरु सुँगुरलाई गौरवका साथ आफ्नो जातीय भोजनको रुपमा लिने गर्छन्। किराँतीका प्रायः घरमा सुँगुर पालिएकै हुन्छ। 

किराँती समुदायमा सुँगुरको धार्मिक महत्व अझ ठूलो छ। हिन्दू धर्म अनुसार सत्य युगमा हिरण्यक्ष नाम गरेका राक्षसले लात्तीले हानेर पृथ्वीलाई पातालमा पुराइदिए। समग्र जलचर, थलचर र पृथ्वीलोकको रक्षाको निम्ति भगवान विष्णु बराह अवतार लिएर पाताल गए। 

बराह अवतारका विष्णु र हिरण्यक्ष राक्षसबीच भयंकर युद्ध भयो। हिरण्यक्षको वध गरी बराहले पृथ्वीलाई पुनः साविककै ठाउँमा पुनःस्थापना गरे। यसरी पृथ्वीलगायत सम्पूर्ण जीव जगतको रक्षा गर्ने बराह (बँदेल) को घरपालुवा रुप नै सुँगुर हो। जंगलमा हुने बँदेल र घरमा हुने सुँगुरबीच नाममा मात्र फरक छ, शारीरिक बनावट र आनीबानी उस्तै हुन्छ।

व्यर्थको बहस
उदयपुर जिल्ला किराँत समुदायको सघन बस्ती भएको ठाउँमै पर्छ। खासगरी राई जातिको बसोबास छ। त्यसैको सम्मानका लागि बेलका नगरपालिकाले सुँगुरको मूर्ति बनाएको हो। यसबाट किराँती सभ्यता, संस्कार र पहिचानको सम्मान भएको उनीहरुको बुझाइ छ।

कतिपयले हिन्दूवादी प्रतिकहरुको विरुद्धमा सुँगुरको प्रतिमालाई ‘गौरव’को रुपमा व्याख्या गरिरहेका छन्। पशुपतिमा साँढेको प्रतिमालाई सबैले स्वीकारेझैँ मैनामैनीको सुँगुरको प्रतिमालाई सबैले स्वीकार्नु पर्ने उनीहरुको तर्क छ। तर, यसलाई कोही सम्प्रदायको विरुद्धमा व्याख्या गर्नु जरुरी छैन। यो आफ्नै जाति र सम्प्रदायको गौरव हो। त्यही रुपमा मात्र ग्रहण गर्नु उचित हुन्छ।

सुँगुरको मूर्तिको पक्ष र विपक्षमा देखिएका बहस वास्तवमै व्यर्थ हुन्। प्रतिमा राख्नेबारे स्थानीय आवश्यकता, पहिचान र ऐतिहासिकता महत्वपूर्ण हुन्छ। उक्त प्रतिमाले स्थानीय जनताको भावनाको सम्मान हुन्छ भने अरुले टाउको दुखाउनु पर्दैन।

यो मूर्तिको विपक्षमा बहस गर्नेहरुले राज्यको ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च भएको बताउने गर्छन्। ‘फोहोरी जनावार’को प्रतिमा बनाएर राज्यको बेइज्जत गरेको भन्ने तर्क पनि छ। अझ कतिपयले त सामाजिक सन्जालमा ‘सुँगुरको जस्तो बुद्धि भएकोले सुँगुरको प्रतिमा बनाएको’ अतिवादी तर्क पनि गरिरहेका छन्। अतिवादी तर्कमा भने कुनै दम छैन।

सुँगुरको मूर्तिको पक्ष र विपक्षमा देखिएका बहस वास्तवमै व्यर्थ हुन्। प्रतिमा राख्नेबारे स्थानीय आवश्यकता, पहिचान र ऐतिहासिकता महत्वपूर्ण हुन्छ। उक्त प्रतिमाले स्थानीय जनताको भावनाको सम्मान हुन्छ भने अरुले टाउको दुखाउनु पर्दैन। पर्यटन प्रवर्द्धनको दृष्टिले त प्रतिमाहरुको महत्व निकै ठूलो हुन्छ। यही कारण संसारकै ठूलो अथवा अग्लो अथवा अनौठो प्रतिमा बनाउने होडबाजी पनि हुन्छ।

तर, मुख्य विषय चाहिँ मैनामैनीमा निर्माण गरिएको सुँगुरको प्रतिमाले उल्लिखित मापदण्ड पालन गर्छ वा गर्दैन भन्ने हो। देश संघीयतामा गइसकेपछि स्थानीय सरकारहरुले यस्तै खाले थुप्रै प्रतिमा स्थापना गरिसकेका छन्। स्थानीय ठाउँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक पहिचानको सम्मानको लागि प्रतिमाहरु राखिएको छ। 

मैनामैनीलाई पौराणिक कोणबाट हेर्ने हो भने सुँगुरको प्रतिमा सान्दर्भिक छ। त्यही ठाउँबाटै बराह अर्थात् बँदेल सप्तकोशीमा हाम फालेर बराह क्षेत्र पसेको किंवदन्ती छ। यही किंवदन्तीका आधारमा बराहको प्रतिमा स्थापना गरिएको बेलकाका मेयर दुर्गाकुमार थापाले स्पष्ट पारिसकेका छन्। 

प्रतिमाबारे फरक मत
सडक, चोक, गल्लीतिर राखिने जुनसुकै प्रतिमाहरु राज्य ढुकुटीको दुरुपयोग हो भन्ने तर्कलाई नजरअन्दाज गर्न मिल्दैन। लाखौँ, करोडौँ खर्च गरेर निर्माण गरिने यस्ता प्रतिमा अनुत्पादक हुन् भन्ने फरक मतवालाहरुको तर्क छ। यस्तो कामले जनताको कर नष्ट भएको उनीहरुको भनाइ छ।

वास्तवमा सुँगुरको प्रतिमा बनाउने खर्च सुँगुरपालनमा र गाईको प्रतिमा बनाउने खर्च गाईपालनमा लगाउँदा उत्पादनमूलक हुन्छ। त्यस्तै, तेह्रथुमको लसुनेमा लसुनको मूर्ति वा धनकुटामा एभोकाडो र कागतीको मूर्ति बनाउँदा भएको खर्च लसुन खेती, एभोकाडो र कागती खेतीमा लगाउँदा उत्पादनमूलक हुन्छ। सिन्धुलीमा जुनारको मूर्ति बनाउने खर्चलाई पनि यही दृष्टिकोणबाट हेर्न सकिन्छ।

तर, हरेक घटनालाई यस्ता तर्कले जित्न भने सक्दैन। जाति र समुदायसँग जोडिएका सांस्कृतिक पक्षलाई सधैँभरि आर्थिक रुपमा हेर्न संभव हुँदैन। स्थानीय जातजाति तथा समुदायको सांस्कृतिक पक्ष जगेर्ना गर्ने दायित्व स्थानीय सरकारको नै हो। यसमा नाफा–घाटा हिसाब हुँदैन। भलै फरक र अनौठा प्रकारका मूर्तिहरुलाई पर्यटन प्रवर्द्धनमा जोड्न सकिने तर्क हुनसक्छन्।

यस्ता प्रतिमा स्थानीय सरकारले भन्दा सम्बन्धित समुदायका संघ–संस्थाले नेतृत्व लिएर बनाउँदा कम विवादित हुनसक्छ। यसमा स्थानीय सरकारले सहजीकरण गरिदिने र प्राविधिक तथा आर्थिक सहयोग गर्न सक्छ। जमिन उपलब्ध गराउन सक्छ। यसबाट सम्बन्धित समुदायको अपनत्व पनि हुन्छ।

यस्ता मुर्ति बनाएकै आधारमा कुनै समुदायलाई नै दोषारोपण गरेर आक्षेप लगाउनु भने हुँदैन। त्यसले हाम्रो सामुदायिक र जातीय विविधताको सम्मान हुँदैन।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विश्वरसिंह मेवाहाङ
लेखकबाट थप
म सडकको मालिक
बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!
ढकमक गुराँसले राताम्मे तीनजुरेको वन (तस्बिरहरू)
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण आइतबार, असार २८, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकता’ : मन्त्री चौधरी आइतबार, असार २८, २०८३
विमानस्थलको निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईँलाई प्रहरीले घर पठायो आइतबार, असार २८, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्