• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सुँगुरको मूर्तिको विरोध गर्नुअघि किराँत संस्कृति त बुझ

64x64
विश्वरसिंह मेवाहाङ शुक्रबार, साउन २९, २०७८  ०६:४४
1140x725
तस्वीर फेसबुकबाट साभार

उदयपुरको बेलका नगरपालिकाले करिब ६० लाख रुपैयाँ खर्च गरेर सुँगुरको प्रतिमा बनाएपछि सामाजिक संजालमा यसको पक्ष र विपक्षमा बहस भइरहेको छ। बहसले सीमा नाघ्दै जाँदा धार्मिक र साम्प्रदायिक आक्षेपहरु पनि लगाउन थालिएको छ। यसलाई ‘सामाजिक सञ्जालको चरित्र’को रुपमा मात्र बुझ्नु हुँदैन। फरक संस्कृति, सम्प्रदाय र जातजातिलाई हेर्ने दृष्टिकोणको नमूना पनि हो।

देशभरका स्थानीय तहमध्ये अधिकांश केही न केहीको प्रतिमा बनाउन लागि परेका छन्। कतै फलफूलका, कतै तरकारीका, कतै जनावरका प्रतिमा बनेका छन्। यसमा बेलका पनि फरक भएन, उसले सुँगुरको मूर्ति बनायो। यसको पछाडि किराँत समुदायका केही सांस्कृतिक मूल्यले काम गरेका छन्।

त्यसैले सुँगुरको मूर्ति बनाउनु सही हो वा गलत भन्ने बहस गर्नुअघि किराँतहरुको सांस्कृतिक पक्ष बुझ्न जरुरी छ। त्यसपछि मात्र हामी बहसलाई सार्थक निस्कर्षमा पुर्‍याउन सक्छौँ। तर, जातीय घृणा फैलाउने गरि हुने बहसले भने कसैलाई फाइदा गर्दैन। 

प्रतिमाको ऐतिहासिकता
प्राचीनकालमा देवदेवीको प्रतिमा बनाएर सार्वजनिक ठाउँमा राख्ने चलन थियो। राज्य सत्ताको विकास र आधुनिकीकरणसँगै राजा महाराजाहरुको प्रतिमाले सार्वजनिक स्थान पाउन थाले। नेपालकै इतिहास हेर्ने हो भने प्रजातन्त्रको उदय (२००७) हुनुअगाडि लिच्छवि, मल्ल, शाह र राणावंशीय शासकहरुको प्रतिमा सडक, गल्ली र मन्दिरको प्राङ्गणमा सजिन्थे।

विश्वरसिंह मेवाहाङ

प्रजातन्त्र प्राप्तिदेखि बहुदलीय व्यवस्थाको स्थापना (२०४६) सम्म नेता, कलाकार, साहित्यकार, समाजसेवीको प्रतिमाले पनि प्राथमिकता पाए। गणतन्त्रको स्थापनापछि भने प्रतिमा स्थापनाको नयाँ युग सुरु भयो। 

स्थान विशेषको महत्व भएका गैर-मानव प्रतिमाहरु सडक, गल्ली, चौकतिर देखिन थाले। कतै गुराँस, कतै काउली, कतै तोङ्बा, कतै रुद्राक्ष, कतै फुटबल, कतै वाद्यवादनका साधनहरु राख्न थालिए। त्यति मात्र नभइ बच्चाहरुले असाध्यै मन पराएका कार्टुन शृंखलाका पात्र पनि प्रतिमाको रुपमा देखिन थाले।

उदयपुरको बेलका नगरपालिकाले भने वडा नं. ७, मैनामैनीमा सुँगुरको प्रतिमा स्थापना गर्‍यो। यही कारण सामाजिक सन्जालमा बहसको विषय बन्यो। धेरैले यसलाई ‘अनावश्यक कार्य’को रुपमा व्याख्या गरे। यसरी व्याख्या गर्नेहरु गैरकिराँत थिए। किराँत संस्कृतिमा सुँगुरको महत्वबारे यसै क्षेत्रमा बस्ने गैरकिराँत समुदायलाई भने पक्कै जानकारी हुनुपर्छ। त्यसैले यसरी टिप्पणी गर्नेहरु किराँत क्षेत्रबाहिरका बासिन्दा भएको अनुमान गर्न गाह्रो छैन।

के हो सुँगुरको साँस्कृतिक र धार्मिक महत्व?
धेरै मान्छेहरु सुँगुरलाई फोहोरी जनावरको रुपमा लिन्छन्। अर्थात्, उनीहरुका लागि सुँगुर र सुँगुरसँग सम्बन्धित वस्तु फोहोर हुन्। सुँगुरलाई फोहोरको बिम्बका रुपमा व्याख्या गर्ने ‘न्यारेटिभ’ नै छ। कतिपय जाति र धार्मिक समुदायका लागि त यो जिवित वा मृत रुपमा ‘छुन नहुने’ प्राणी हो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, पूर्वी पहाडको बहुसंख्यक जाति किराँतीका लागि सुँगुर एक पवित्र जनावर हो। किराँतीहरुको जन्म, मृत्यु, विवाह जस्ता मुख्य सांस्कृतिक अभ्यासमा सुँगुर अनिवार्य हुन्छ। लिम्बू जातिको विवाहमा बेहुला पक्षले सुँगुर मारेर बेहुली पक्षको घरमा सिङ्गै कोशली लैजानुपर्छ। त्यसरी सुँगुर लैजाँदा बोक्ने र कोशेली दिने निश्चित विधि छन्।

राई, याख्खा, सुनुवारहरुको विवाहमा पनि सुँगुरको फिला र पेरुङ्गोमा मासु च्यापेर बेहुली पक्षको घरमा कोशेली लैजानुपर्छ। मृत्यु संस्कारमा त अधिकांश किराँतीलाई सुँगुर नभई हुदैन। सुँगुरको मासुको पक्वान बनाएर मृतात्माको नाममा चढाउने परम्परा छ। कतिपय किराँतीले मृत्यु संस्कारमा हिंसा गर्न नहुने भन्दै यो परम्परा छोड्दै पनि गएका छन।

यसप्रकार किराँतीहरुको सांस्कृतिक महत्व बोकेको जनावर हो, सुँगुर। किरातीहरु सुँगुरलाई गौरवका साथ आफ्नो जातीय भोजनको रुपमा लिने गर्छन्। किराँतीका प्रायः घरमा सुँगुर पालिएकै हुन्छ। 

किराँती समुदायमा सुँगुरको धार्मिक महत्व अझ ठूलो छ। हिन्दू धर्म अनुसार सत्य युगमा हिरण्यक्ष नाम गरेका राक्षसले लात्तीले हानेर पृथ्वीलाई पातालमा पुराइदिए। समग्र जलचर, थलचर र पृथ्वीलोकको रक्षाको निम्ति भगवान विष्णु बराह अवतार लिएर पाताल गए। 

Xtrem

Xtrem

बराह अवतारका विष्णु र हिरण्यक्ष राक्षसबीच भयंकर युद्ध भयो। हिरण्यक्षको वध गरी बराहले पृथ्वीलाई पुनः साविककै ठाउँमा पुनःस्थापना गरे। यसरी पृथ्वीलगायत सम्पूर्ण जीव जगतको रक्षा गर्ने बराह (बँदेल) को घरपालुवा रुप नै सुँगुर हो। जंगलमा हुने बँदेल र घरमा हुने सुँगुरबीच नाममा मात्र फरक छ, शारीरिक बनावट र आनीबानी उस्तै हुन्छ।

व्यर्थको बहस
उदयपुर जिल्ला किराँत समुदायको सघन बस्ती भएको ठाउँमै पर्छ। खासगरी राई जातिको बसोबास छ। त्यसैको सम्मानका लागि बेलका नगरपालिकाले सुँगुरको मूर्ति बनाएको हो। यसबाट किराँती सभ्यता, संस्कार र पहिचानको सम्मान भएको उनीहरुको बुझाइ छ।

कतिपयले हिन्दूवादी प्रतिकहरुको विरुद्धमा सुँगुरको प्रतिमालाई ‘गौरव’को रुपमा व्याख्या गरिरहेका छन्। पशुपतिमा साँढेको प्रतिमालाई सबैले स्वीकारेझैँ मैनामैनीको सुँगुरको प्रतिमालाई सबैले स्वीकार्नु पर्ने उनीहरुको तर्क छ। तर, यसलाई कोही सम्प्रदायको विरुद्धमा व्याख्या गर्नु जरुरी छैन। यो आफ्नै जाति र सम्प्रदायको गौरव हो। त्यही रुपमा मात्र ग्रहण गर्नु उचित हुन्छ।

सुँगुरको मूर्तिको पक्ष र विपक्षमा देखिएका बहस वास्तवमै व्यर्थ हुन्। प्रतिमा राख्नेबारे स्थानीय आवश्यकता, पहिचान र ऐतिहासिकता महत्वपूर्ण हुन्छ। उक्त प्रतिमाले स्थानीय जनताको भावनाको सम्मान हुन्छ भने अरुले टाउको दुखाउनु पर्दैन।

यो मूर्तिको विपक्षमा बहस गर्नेहरुले राज्यको ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च भएको बताउने गर्छन्। ‘फोहोरी जनावार’को प्रतिमा बनाएर राज्यको बेइज्जत गरेको भन्ने तर्क पनि छ। अझ कतिपयले त सामाजिक सन्जालमा ‘सुँगुरको जस्तो बुद्धि भएकोले सुँगुरको प्रतिमा बनाएको’ अतिवादी तर्क पनि गरिरहेका छन्। अतिवादी तर्कमा भने कुनै दम छैन।

सुँगुरको मूर्तिको पक्ष र विपक्षमा देखिएका बहस वास्तवमै व्यर्थ हुन्। प्रतिमा राख्नेबारे स्थानीय आवश्यकता, पहिचान र ऐतिहासिकता महत्वपूर्ण हुन्छ। उक्त प्रतिमाले स्थानीय जनताको भावनाको सम्मान हुन्छ भने अरुले टाउको दुखाउनु पर्दैन। पर्यटन प्रवर्द्धनको दृष्टिले त प्रतिमाहरुको महत्व निकै ठूलो हुन्छ। यही कारण संसारकै ठूलो अथवा अग्लो अथवा अनौठो प्रतिमा बनाउने होडबाजी पनि हुन्छ।

तर, मुख्य विषय चाहिँ मैनामैनीमा निर्माण गरिएको सुँगुरको प्रतिमाले उल्लिखित मापदण्ड पालन गर्छ वा गर्दैन भन्ने हो। देश संघीयतामा गइसकेपछि स्थानीय सरकारहरुले यस्तै खाले थुप्रै प्रतिमा स्थापना गरिसकेका छन्। स्थानीय ठाउँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक पहिचानको सम्मानको लागि प्रतिमाहरु राखिएको छ। 

मैनामैनीलाई पौराणिक कोणबाट हेर्ने हो भने सुँगुरको प्रतिमा सान्दर्भिक छ। त्यही ठाउँबाटै बराह अर्थात् बँदेल सप्तकोशीमा हाम फालेर बराह क्षेत्र पसेको किंवदन्ती छ। यही किंवदन्तीका आधारमा बराहको प्रतिमा स्थापना गरिएको बेलकाका मेयर दुर्गाकुमार थापाले स्पष्ट पारिसकेका छन्। 

प्रतिमाबारे फरक मत
सडक, चोक, गल्लीतिर राखिने जुनसुकै प्रतिमाहरु राज्य ढुकुटीको दुरुपयोग हो भन्ने तर्कलाई नजरअन्दाज गर्न मिल्दैन। लाखौँ, करोडौँ खर्च गरेर निर्माण गरिने यस्ता प्रतिमा अनुत्पादक हुन् भन्ने फरक मतवालाहरुको तर्क छ। यस्तो कामले जनताको कर नष्ट भएको उनीहरुको भनाइ छ।

वास्तवमा सुँगुरको प्रतिमा बनाउने खर्च सुँगुरपालनमा र गाईको प्रतिमा बनाउने खर्च गाईपालनमा लगाउँदा उत्पादनमूलक हुन्छ। त्यस्तै, तेह्रथुमको लसुनेमा लसुनको मूर्ति वा धनकुटामा एभोकाडो र कागतीको मूर्ति बनाउँदा भएको खर्च लसुन खेती, एभोकाडो र कागती खेतीमा लगाउँदा उत्पादनमूलक हुन्छ। सिन्धुलीमा जुनारको मूर्ति बनाउने खर्चलाई पनि यही दृष्टिकोणबाट हेर्न सकिन्छ।

तर, हरेक घटनालाई यस्ता तर्कले जित्न भने सक्दैन। जाति र समुदायसँग जोडिएका सांस्कृतिक पक्षलाई सधैँभरि आर्थिक रुपमा हेर्न संभव हुँदैन। स्थानीय जातजाति तथा समुदायको सांस्कृतिक पक्ष जगेर्ना गर्ने दायित्व स्थानीय सरकारको नै हो। यसमा नाफा–घाटा हिसाब हुँदैन। भलै फरक र अनौठा प्रकारका मूर्तिहरुलाई पर्यटन प्रवर्द्धनमा जोड्न सकिने तर्क हुनसक्छन्।

यस्ता प्रतिमा स्थानीय सरकारले भन्दा सम्बन्धित समुदायका संघ–संस्थाले नेतृत्व लिएर बनाउँदा कम विवादित हुनसक्छ। यसमा स्थानीय सरकारले सहजीकरण गरिदिने र प्राविधिक तथा आर्थिक सहयोग गर्न सक्छ। जमिन उपलब्ध गराउन सक्छ। यसबाट सम्बन्धित समुदायको अपनत्व पनि हुन्छ।

यस्ता मुर्ति बनाएकै आधारमा कुनै समुदायलाई नै दोषारोपण गरेर आक्षेप लगाउनु भने हुँदैन। त्यसले हाम्रो सामुदायिक र जातीय विविधताको सम्मान हुँदैन।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विश्वरसिंह मेवाहाङ
लेखकबाट थप
म सडकको मालिक
बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!
ढकमक गुराँसले राताम्मे तीनजुरेको वन (तस्बिरहरू)
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्