काठमाडौं- नेपालको पुँजीबजार मापक परिसूचक नेप्से आज सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.४७ अंकले बढेर ३१०९.६० विन्दुमा उक्लिएको छ।
नेप्सेमा आज कूल १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२४ वटा कम्पनीका दुई करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर एक लाख २८ हजार ९५९ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २.०६ अंकले घटेर ५७५.९४ विन्दुमा ओर्लिएको छ।
आज छ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लाग्दा एनसबीएल डिबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.९६ प्रतिशतका दरले गुमाएका छन्।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका सेयर सबैभन्दा धेरै ६७ करोड ४८ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा पनि सोही कम्पनीका सेयर सबैभन्दा धेरै १० लाख ८० हजार २२४ कित्ता र अपर तामाकोशी हाइड्रोपावरका सेयर सबैभन्दा धेरै चार हजार ९६६ पटक किनबेच भएका थिए।
आज फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, निर्जीवन बिमा र अन्यबाहेक सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।