• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विघटित भूमि आयोगले १५ महिनामा कति काम गर्‍यो?

64x64
लिलु डुम्रे बुधबार, साउन २०, २०७८  १८:२०
1140x725

काठमाडौं- भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेकाहरुको समस्या समाधान गर्न पूर्ववर्ति सरकारले गठन गरेको आयोगलाई सरकारले विघटन गरेको छ। 

२०७७ वैशाखमा एमाले चितवनका नेता देवी ज्ञवाली नेतृत्वमा भूमिहीनको समस्या समाधान गर्न ‘शक्तिशाली’ आयोग गठन गरेको थियो। आयोग बन्ने तर सरकार परिवर्तनसँगै विघटन हुने परम्परा फेरि दोहोरिएको छ। 

भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबास गरेकालाई एकपटक जग्गा वितरण गरि समस्या समाधान गर्ने तत्कालीन सरकारको परिकल्पना थियो। सरकारी जग्गा व्यक्तिलाई बाँड्नका लागि र आफ्ना कार्यकर्तालाई भर्ति गर्न आयोग गठन गरिएको भन्दै वर्तमान सरकारले आयोग भंग गरिदिएको छ।

एमाले नेता पद्‌मा अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेको समय आयोग गठन गरिएको थियो। जिल्ला तहमा आयोगको समिति गठन हुँदा शिवमाया तुम्बाहाङ्फेले उक्त मन्त्रालय सम्हालेकी थिइन्। जिल्ला तहको संरचनामा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ता भरिएको भन्दै अन्य दलले विरोध गरेका थिए। ७७ जिल्लामा आयोगको संरचना बनेको छ।

ज्ञवाली नेतृत्वको आयोगले करिब १५ महिना आफ्नो कार्य गर्न पाएको छ। यसबीचमा युद्धस्तरमा कार्य गरेको विघटित आयोगका अध्यक्ष ज्ञवालीले बताए। ‘युद्धस्तरमा काम गरिरहेका थियौं। भूमिहीनको संख्या २ लाख ४७ हजार ९६० र अव्यवस्थित बसोबासीको ९ लाख ३२ हजार ८०१ गरी ११ लाख ८० हजार ७६१ परिवारको लगत संकलन गरिएको छ’, उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

७४३ पालिकासँग कार्यसम्पादन समझदारी पत्रमा सम्झौतामा हस्ताक्षर भएको थियो।  स्थानीय तहले भूमिहीन को हो? र, को होइन? भनी पहिचान गर्न सक्ने भएकाले स्थानीय तहको साथ लिएको उनले जानकारी दिए। पालिकाभित्र सहजीकरण समिति बनेका थिए। ५१३ भन्दा बढी स्थानमा सहजीकरण समिति बनेको विघटित आयोगले जनाएको छ। वडा तहमा पनि सहजीकरण गर्न हजारौं समिति गठन गरिएको विघटित आयोगका अध्यक्ष ज्ञवालीले जानकारी दिए। 

यो पनि पढ्नुहोस्

सरकारले भूमिहीनमाथि बञ्‍चरो हान्ने निर्णय गर्‍यो : देवी ज्ञवाली [अन्तर्वार्ता]मंगलबार, साउन १९, २०७८

लगत संकलनका लागि आयोगले विज्ञापन गरिएको सूचना समेत राष्ट्रिय पत्रिकामा निकालेको थियो। ५५३ पालिकामा लगत संकलनका लागि विज्ञापन समेत प्रकाशित गरिएको र त्यसमध्ये ३१९ पालिकाले आफ्नो लगत संकलन सकिसकेको ज्ञवालीको दाबी छ।

लगत संकलनलाई व्यवस्थित तरिकाले आर्काइभ गर्न नयाँ प्रणालीको विकास गरिएको विघटित आयोगको दाबी छ। १ लाख ७१ हजार लगतलाई नयाँ प्रणालीमा इन्ट्री गरिएको थियो। आयोगले ९ हजार विघा जग्गाको यसबीचमा नापजाँच गरेको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

स्थानीय तहमा आयोगका ३७२ र स्थानीय तहले खटाएका २४६ जनशक्ति परिचालन गरिएको थियो। त्यसअघिका आयोगहरुलाई प्राप्त तर समाधान निस्कन नसकेका ४५ हजार बढी उजुरीमा आयोगले अध्ययन गर्न सुरुवात गरेको थियो। 

पूर्ववर्ति सरकारले गठन गरेको आयोग भंग गरेपछि सरकारको निर्णयप्रति ज्ञवाली रुष्ट छन्। ‘भूमिहीनमाथि सरकारले बञ्चरो चलाउने कार्य गर्‍यो। वर्गविरोधी कार्य सरकारले गर्‍यो। श्रमजिविले भूमि प्राप्त गरे आफ्नो हैकम सकिने भयले आयोगको खारेज गरियो’, ज्ञवालीले नेपाल लाइभसँग भने, ‘भूमिपति हुनेहरुलाई अप्रत्यक्ष सहयोग गर्ने गरी श्रमजिवीमाथि प्रहार गर्ने कार्य सरकारको तर्फबाट भएको छ।’

मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा बनेको ऋषिराज लुम्साली नेतृत्वको आयोगले भूमिहीनका पक्षमा काम गर्दैगर्दा हट्नु परेको ज्ञवालीले स्मरण गरे। तत्कालीन समयको सरकार हटाउन लागेको शक्तिले नै अहिले आयोग खारेज गरेको उनले बताए।

‘देउवाजीहरू नै त्यो बेलाको सरकार हटाउन लाग्नुभएको हो नि!’ तत्कालीन समय स्मरण गर्दै ज्ञवालीले भने, ‘आयोग विघटन गरेर यो सरकारले कुन वर्गको सेवा गर्न खोजेको हो? सरकारले वर्ग विरोधी कार्य गरेको छ।’

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्