• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सरकारले भूमिहीनमाथि बञ्‍चरो हान्ने निर्णय गर्‍यो : देवी ज्ञवाली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, साउन १९, २०७८  २१:४८
1140x725

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता ज्ञवालीको अध्यक्षतामा २०७७ वैशाखमा आयोग गठन गरेका थिए। भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने भन्दै सरकारले आयोग गठन गरेको थियो।

आयोग गठन भएपछि ७७ वटै जिल्लामा जिल्लास्तरीय भूमिसम्बन्धी समस्या समाधान समितिहरु गठन भएका थिए। तर, जिल्लास्तरमा समिति गठनको कार्यलाई कार्यकर्ता भर्ती गर्ने माध्यम बनाइएको भन्दै पछिल्लो समय आयोगको आलोचनासमेत हुँदै आएको थियो। आयोग गठनपछिको १४ महिनामा भएका काम र आयोग खारेज गर्ने सरकारको निर्णयपछि के हुन्छ भन्ने सन्दर्भमा विघटित आयोगका अध्यक्ष ज्ञवालीसँग नेपाल लाइभका लिलु डुम्रेले गरेको कुराकानी:  

सरकारले आयोग खारेज गर्ने निर्णय गरेको छ, अब के हुन्छ? 
भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासी र श्रमजीवि जो शताब्दीऔंंदेखि दलहनमा परेका दलितहरूको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले आयोग गठन गरेको हो। यो काममा युद्धस्तरमै लागेको अवस्था थियो। करिब १२ लाखको लगत संकलन गरेका थियौं भने सिस्टममा एक लाख लगत इन्ट्री गरी नौ हजार बिघाभन्दा बढी जग्गाको नापजाँच गरिसकेका थियौं। मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा गठन भएको ऋषिराज लुम्साली आयोगले काम गर्न खोज्दा जसरी ढालिएको थियो अहिले त्यस्तै भएको छ।

१४ महिनामा के-के काम गर्नुभयो त? 
७४३ पालिकासँग कार्यसम्पादन हस्ताक्षर भएको थियो। स्थानीय पालिकासँग मिलेर गर्नुपर्ने भएकाले त्यही अनुसार काम अघि बढेको थियो। को सुकुम्वासी हो, को होइन भनेर सम्बन्धित पालिकाले छुट्याउने हो। हामीले विभिन्न तह र समिति बनाएका थियौं। हजारौं सहजीकरण समिति हामीले निर्माण गरेका थियौं। हामीले भूमिहीनको लगत निकाल्न सार्वजनिक सूचना निकालेका थियौं। ५५३ पालिकामा हामीले लगत संकलनको सूचना प्रकाशित गर्‍यौं। ३१९ पालिकाले आफ्नो लगत संकलन गर्ने काम सम्पन्न गरेका छन्। सुकुम्वासी दुई लाख ४७ हजार र अव्यस्थित बसोवासी नौ लाख ८० हजार ७६१ को लगत संकलन गरिएको छ। एक लाख ७१ हजारको लगतको एउटा सिस्टममा ल्याएको थियौं। देशभरकै एउटा प्रणाली बनाएर रेकर्ड बनाएका थियौं। अहिलेसम्म विगतका अधुरा आयोगको ४५ हजार निवेदन हेरेका छौं। अचानक यो आयोगको विघटन गरेर कुन वर्गको सेवा गर्न खोजेको हो मैले बुझेको छैन।

राजनीतिक प्रतिशोध भन्न खोज्नुभएको हो? 
विगतमा मनमोहन अधिकारीको समयमा पनि यही भएको हो। यो सरकारले सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोवास गरेका मानिसहरूको अधिकार आवश्यक छैन भन्ने देखिएको छ। यो सुकुम्वासीविरोधी काम भएको छ। भूमिहीनविरुद्धको काम भएको छ। भूमिहीन, वर्गविरोधी काम भएको छ। राजनीतिक प्रतिशोध त छँदै छ। पीडित र गरिबहरूको आवाज उहाँहरूले सुन्न चाहनुभएन।

Ncell 2
Ncell 2
nimb
nimb

विगतका आयोगको कमजोरी के रहेछन् त? 
विगतका आयोगको काम गराइको कुनै तथ्यांक र रेकर्ड पाइएन। उनीहरूले कति काम गरे त्यसको तथ्यांक राखेको भेटिएन। अहिले हामीले निश्चित प्रणाली बनाएर रेकर्ड राखेका छौं। यो आवश्यक परेको समयमा खोज्न सकिने बनाइएको छ। हाम्रो प्रणाली वैज्ञानिक हुनुपर्ने भनेर काम गरेका थियौं। अहिले हामी सुकुम्वासी भनेकै भरमा पत्याउने काम भएको छैन। देशभरका कुनै पनि क्षेत्रमा भएको जमिन नागरिकता हाल्ने बित्तिकै देखाउने व्यवस्था गरेर काम अघि बढाएका थियौं। 

कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप थियो नि? 
यो आरोप त... अब मान्छे कहाँबाट ल्याउने। यही धर्तीका मानिस ल्याउने हो। हामी यो क्षेत्रमा काम गरेका मान्छे थियौं। केवल राजनीतिक पार्टीका मात्र थिएनौं। राजनीतिक आबद्धताका आधारमा मात्र यो जिम्मेवारी नपाउने भन्ने प्रश्न हो र?

कोरोना महामारीको समयमा कार्यकर्तालाई राख्न खर्च बढाउने कार्य गरेको भनी आलोचना भएको थियो नि? 
अब काम कहिले गर्ने त? कहिले पहिरो जाला, कहिले बाढी आउला। कोरोना त अहिले पनि छ नि। अनि कोरोना छ भनेर सुकुम्वासीको समस्या कहिल्यै सम्बोधन नगर्ने भन्ने त हुँदैन होला नि? कहिले न कहिले त गर्नैपर्ने होला। त्यही समयमा गर्ने भनेर सरकारले निर्णय गर्‍यो। हामीले तटस्थ र वैज्ञानिक रूपमा काम अघि बढाएका थियौं। 

Xtrem
Xtrem

नेकपा विभाजन भएपछि केपी शर्मा ओलीनिकट केही मानिसहरूलाई जागिर दिन र आफूमा अडाइराख्न यस्तो आयोगको नियुक्ति दिइएको आरोप पनि थियो नि? 
यो काम गर्नुपर्छ कि पर्दैन भन्नु पर्‍यो। सरकारमा जो छ उसैले गठन गर्ने हो। काम गर्ने कुरालाई कार्यकर्ता वा पूर्वाग्रहको आँखाले हेर्नु भएन।

कार्यकर्ता होइन त? 
देशभर सबै पार्टीका कार्यकर्ता छन्। स्वतन्त्र कोही छैनन्। त्यसैले कोही न कोही कुनै न कुनै पार्टीमा त पर्छन् नै। देशभर कांग्रेसका आठ लाख कार्यकर्ता छन्। उनीहरूलाई पनि पार्टीकै मात्र भन्न मिल्दैन होला। उसले बाहिरको स्वतन्त्र मानिसलाई दिँदैन होला। विगतमा पनि हामी जनताको जिम्मेवारी निर्वाह गरेर आएका मानिस हौं। जिल्लामा भएका मानिसहरूको पनि योग्यता तोकिएको थियो।

अब अदालत जानुहुन्छ? 
यो अहिले भन्न सकिँदैन। के हुन्छ हेरौँ। अदालतमा जान पर्ने, नपर्ने सल्लाह गर्छौं। तर, सरकारले जे गर्‍यो, त्यो सुकुम्वासी र भूमिहीन वर्गलाई अन्याय गर्ने काम भएको छ। सल्लाह गर्छौं। हामी जानेभन्दा पनि सम्बन्धित लाभग्राही मानिसहरू जान सक्छन्।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २१:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्