• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सरकारले भूमिहीनमाथि बञ्‍चरो हान्ने निर्णय गर्‍यो : देवी ज्ञवाली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, साउन १९, २०७८  २१:४८
1140x725

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता ज्ञवालीको अध्यक्षतामा २०७७ वैशाखमा आयोग गठन गरेका थिए। भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने भन्दै सरकारले आयोग गठन गरेको थियो।

आयोग गठन भएपछि ७७ वटै जिल्लामा जिल्लास्तरीय भूमिसम्बन्धी समस्या समाधान समितिहरु गठन भएका थिए। तर, जिल्लास्तरमा समिति गठनको कार्यलाई कार्यकर्ता भर्ती गर्ने माध्यम बनाइएको भन्दै पछिल्लो समय आयोगको आलोचनासमेत हुँदै आएको थियो। आयोग गठनपछिको १४ महिनामा भएका काम र आयोग खारेज गर्ने सरकारको निर्णयपछि के हुन्छ भन्ने सन्दर्भमा विघटित आयोगका अध्यक्ष ज्ञवालीसँग नेपाल लाइभका लिलु डुम्रेले गरेको कुराकानी:  

सरकारले आयोग खारेज गर्ने निर्णय गरेको छ, अब के हुन्छ? 
भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासी र श्रमजीवि जो शताब्दीऔंंदेखि दलहनमा परेका दलितहरूको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले आयोग गठन गरेको हो। यो काममा युद्धस्तरमै लागेको अवस्था थियो। करिब १२ लाखको लगत संकलन गरेका थियौं भने सिस्टममा एक लाख लगत इन्ट्री गरी नौ हजार बिघाभन्दा बढी जग्गाको नापजाँच गरिसकेका थियौं। मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा गठन भएको ऋषिराज लुम्साली आयोगले काम गर्न खोज्दा जसरी ढालिएको थियो अहिले त्यस्तै भएको छ।

१४ महिनामा के-के काम गर्नुभयो त? 
७४३ पालिकासँग कार्यसम्पादन हस्ताक्षर भएको थियो। स्थानीय पालिकासँग मिलेर गर्नुपर्ने भएकाले त्यही अनुसार काम अघि बढेको थियो। को सुकुम्वासी हो, को होइन भनेर सम्बन्धित पालिकाले छुट्याउने हो। हामीले विभिन्न तह र समिति बनाएका थियौं। हजारौं सहजीकरण समिति हामीले निर्माण गरेका थियौं। हामीले भूमिहीनको लगत निकाल्न सार्वजनिक सूचना निकालेका थियौं। ५५३ पालिकामा हामीले लगत संकलनको सूचना प्रकाशित गर्‍यौं। ३१९ पालिकाले आफ्नो लगत संकलन गर्ने काम सम्पन्न गरेका छन्। सुकुम्वासी दुई लाख ४७ हजार र अव्यस्थित बसोवासी नौ लाख ८० हजार ७६१ को लगत संकलन गरिएको छ। एक लाख ७१ हजारको लगतको एउटा सिस्टममा ल्याएको थियौं। देशभरकै एउटा प्रणाली बनाएर रेकर्ड बनाएका थियौं। अहिलेसम्म विगतका अधुरा आयोगको ४५ हजार निवेदन हेरेका छौं। अचानक यो आयोगको विघटन गरेर कुन वर्गको सेवा गर्न खोजेको हो मैले बुझेको छैन।

राजनीतिक प्रतिशोध भन्न खोज्नुभएको हो? 
विगतमा मनमोहन अधिकारीको समयमा पनि यही भएको हो। यो सरकारले सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोवास गरेका मानिसहरूको अधिकार आवश्यक छैन भन्ने देखिएको छ। यो सुकुम्वासीविरोधी काम भएको छ। भूमिहीनविरुद्धको काम भएको छ। भूमिहीन, वर्गविरोधी काम भएको छ। राजनीतिक प्रतिशोध त छँदै छ। पीडित र गरिबहरूको आवाज उहाँहरूले सुन्न चाहनुभएन।

Ncell 2
Ncell 2

विगतका आयोगको कमजोरी के रहेछन् त? 
विगतका आयोगको काम गराइको कुनै तथ्यांक र रेकर्ड पाइएन। उनीहरूले कति काम गरे त्यसको तथ्यांक राखेको भेटिएन। अहिले हामीले निश्चित प्रणाली बनाएर रेकर्ड राखेका छौं। यो आवश्यक परेको समयमा खोज्न सकिने बनाइएको छ। हाम्रो प्रणाली वैज्ञानिक हुनुपर्ने भनेर काम गरेका थियौं। अहिले हामी सुकुम्वासी भनेकै भरमा पत्याउने काम भएको छैन। देशभरका कुनै पनि क्षेत्रमा भएको जमिन नागरिकता हाल्ने बित्तिकै देखाउने व्यवस्था गरेर काम अघि बढाएका थियौं। 

कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप थियो नि? 
यो आरोप त... अब मान्छे कहाँबाट ल्याउने। यही धर्तीका मानिस ल्याउने हो। हामी यो क्षेत्रमा काम गरेका मान्छे थियौं। केवल राजनीतिक पार्टीका मात्र थिएनौं। राजनीतिक आबद्धताका आधारमा मात्र यो जिम्मेवारी नपाउने भन्ने प्रश्न हो र?

कोरोना महामारीको समयमा कार्यकर्तालाई राख्न खर्च बढाउने कार्य गरेको भनी आलोचना भएको थियो नि? 
अब काम कहिले गर्ने त? कहिले पहिरो जाला, कहिले बाढी आउला। कोरोना त अहिले पनि छ नि। अनि कोरोना छ भनेर सुकुम्वासीको समस्या कहिल्यै सम्बोधन नगर्ने भन्ने त हुँदैन होला नि? कहिले न कहिले त गर्नैपर्ने होला। त्यही समयमा गर्ने भनेर सरकारले निर्णय गर्‍यो। हामीले तटस्थ र वैज्ञानिक रूपमा काम अघि बढाएका थियौं। 

नेकपा विभाजन भएपछि केपी शर्मा ओलीनिकट केही मानिसहरूलाई जागिर दिन र आफूमा अडाइराख्न यस्तो आयोगको नियुक्ति दिइएको आरोप पनि थियो नि? 
यो काम गर्नुपर्छ कि पर्दैन भन्नु पर्‍यो। सरकारमा जो छ उसैले गठन गर्ने हो। काम गर्ने कुरालाई कार्यकर्ता वा पूर्वाग्रहको आँखाले हेर्नु भएन।

कार्यकर्ता होइन त? 
देशभर सबै पार्टीका कार्यकर्ता छन्। स्वतन्त्र कोही छैनन्। त्यसैले कोही न कोही कुनै न कुनै पार्टीमा त पर्छन् नै। देशभर कांग्रेसका आठ लाख कार्यकर्ता छन्। उनीहरूलाई पनि पार्टीकै मात्र भन्न मिल्दैन होला। उसले बाहिरको स्वतन्त्र मानिसलाई दिँदैन होला। विगतमा पनि हामी जनताको जिम्मेवारी निर्वाह गरेर आएका मानिस हौं। जिल्लामा भएका मानिसहरूको पनि योग्यता तोकिएको थियो।

अब अदालत जानुहुन्छ? 
यो अहिले भन्न सकिँदैन। के हुन्छ हेरौँ। अदालतमा जान पर्ने, नपर्ने सल्लाह गर्छौं। तर, सरकारले जे गर्‍यो, त्यो सुकुम्वासी र भूमिहीन वर्गलाई अन्याय गर्ने काम भएको छ। सल्लाह गर्छौं। हामी जानेभन्दा पनि सम्बन्धित लाभग्राही मानिसहरू जान सक्छन्।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २१:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुधबार, माघ ७, २०८२
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्