काठमाडौं- सनराइज क्यापिटल आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ।
दाङको घोराहीमा रजिस्ट्रार कार्यालय रहेको उक्त कम्पनीले एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न सनराइज क्यपिटलसँग सम्झौता गरेको हो। कम्पनीले निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने जानकारी दिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।