काठमाडौं- नेपालको पुँजीबजार मापक नेप्से आज पनि सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा उक्लिएको हो।
नेप्सेमा आज कारोबार रकम भने घटेको छ। आज कूल १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आज कूल २२६ वटा कम्पनीका दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता सेयर एक लाख पाँच हजार ५७९ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३० अंकले बढेर ५७२.४६ विन्दुमा उक्लिएको छ।
आज घलेम्दी हाइड्रो लिमिटेडको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको थियो। गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ९.९८ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक ९.०९ प्रतिशत र युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता नौ प्रतिशतका दरले कमाएका छन्। नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.३३ प्रतिशतका दरले गुमाएका छन्।
आज अरुण काबेली पावर लिमिटेडको सेयर सबैभन्दा धेरै ३७ करोड ७५ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा एनआईसी एसिया ब्यालेन्स फण्ड सबैभन्दा धेरै ११ लाख ८९ हजार १९० कित्ता र युनिभर्सल पावर कम्पनीका सेयर सबैभन्दा धेरै तीन हजार १४९ पटक किनबेच भएका थिए।
आज बैंकिङ, फाइनान्स, इन्भेस्टमेन्ट, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ।
यी हुन् धेरै कमाउने र गुमाउने कम्पनी:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।