काठमाडाैं- नेपालको पुँजीबजार मापक नेप्से आज सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १.२६ अंकले बढेर ३०८१.०७ विन्दुमा उक्लिएको छ।
नेप्सेमा आज कूल १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २२६ वटा कम्पनीका तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता सेयर एक लाख १७ हजार ४९० पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.२५ अंकले बढेर ५७२.१६ विन्दुमा उक्लिएको छ।
आज छ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लाग्दा लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.९८ प्रतिशतका दरले गुमाएका छन्।
आज नेसनल हाइड्रोपावर कम्पननीका सेयर सबैभन्दा धेरै ३८ करोड ६१ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा एनआईबीएल प्रगति फण्ड सबैभन्दा धेरै २२ लाख ६६ हजार ९६१ कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सेयर सबैभन्दा धेरै तीन हजार २०० पटक किनबेच भएका थिए।
आज बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, जीवन बिमा, म्युच्युअल फण्ड, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ। बाँकी उपसमूहका परिसूचक भने बढेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।