• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीलाई बिन्ती–पत्र : पुलिस एकेडेमी हटाउने निर्णय खारेज गरिपाऊँ

64x64
हेमन्त मल्ल ठकुरी सोमबार, साउन १८, २०७८  १०:२६
1140x725

सम्माननीय प्रधानमन्त्रीज्युमा चढाएको बिन्ती-पत्र,

लाखौं प्रहरी उत्पादन गरेको मात्र नभइ प्रहरीको भावनासँग जोडिएको महाराजगन्जस्थित सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान जसलाई पुलिस एकेडेमी भनेर चिनिन्छ) सार्ने निर्णय भइसकेको छ। केन्द्रसहित प्रहरी प्रतिष्ठानलाई काभ्रेको पनौती सार्ने भनिएको छ। यसरी सार्नुपर्ने कारण भने उदेकलाग्दो छ, राष्ट्रपति कार्यालयलाई हेलिप्याड राख्ने ठाउँ अभाव। अनि प्रहरीले तालिम गर्दा राष्ट्रपति कार्यालयमा बाधा परेको समेत भनिएको छ।

प्रहरी प्रतिष्ठान त्यहाँबाट सारिएपछि उक्त ठाउँ राष्ट्रपति कार्यालयले लिनेछ। तर, यसरी प्रहरी प्रतिष्ठान सार्दा प्रहरी सेवामा कस्तो असर पर्छ भन्ने विषय गम्भीर ढंगले अध्ययन नगरिएको स्पष्ट छ। नेपाल प्रहरी एउटा अनुशासित संगठन हो। यो निर्णयविरुद्ध प्रहरी संगठनमा असन्तुष्टिको मसिनो स्वर आए पनि सरकारले त्यसलाई सुन्न सकेको छैन। त्यही स्वर सुन्ने प्रयास सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुन्छ भन्ने आशासहित यो बिन्ती-पत्र लेखेको हुँ।

प्रहरीले आफ्नो आवस्यकता अनुसार वर्षौं लगाएर महाराजगन्जमा प्रतिष्ठान बनाएको हो। त्यसमा सरकारी बजेट र अन्य सहयोग लगानी भएको छ। अब राष्ट्रपति कार्यालयले त्यसलाई कब्जा गर्नु उचित हुँदैन। यसले प्रहरीका लागि गर्नुपर्ने खर्चको अनावश्यक भार त थपिन्छ नै, प्रहरी मनोबलसमेत खस्कन्छ।

तालिम केन्द्र सार्ने कुरा किन उठ्यो?

१. पनौतीको जग्गा उपयोगका लागि

नेतृत्वले लहडमा या कुनै व्यक्तिगत स्वार्थमा विभाग (प्रहरी संगठन)लाई हानी हुने गरी भएका निर्णय चित्त नबुझेर तर्कसहित उठेका स्वर नेपाल प्रहरीमा प्रायः दबेका हुन्छन्। त्यसको परिणाम के हुन्छ भने, केही समयपछि ठूलो विष्फोटमा निस्किन्छन्। अनि विष्फोटको चोट विभागले लामो समयसम्म बेहोर्नु पर्छ। यसको उदाहरण ‘सुडान काण्ड’लाई लिन सकिन्छ।

प्रहरी प्रतिष्ठानको लागि पनौतीमा गरिएको जग्गा खरिदमा नै निहीत स्वार्थ जोडिएको थियो। त्यो ठाउँ प्रहरी प्रतिष्ठानका लागि प्राविधिक हिसाबले उपयुक्त छैन। प्रहरी संगठनभित्रैबाट यो आवाज नउठेको होइन। तर, पटक्कै सुन्ने प्रयास गरिएन। स्वार्थपूर्ण तरिकाले किनिएको जग्गा उपयोग गरेको देखाउन प्रहरी संगठनको कार्य–प्रणाली नै खल्बलिने गरी प्रतिष्ठान सार्नै हुँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

२. राष्ट्रपतीलाई हैरानी !

तालिम केन्द्रमा हुने तालिम र परेडले राष्ट्रपतिलाई बाधा भएको सन्चारमाध्यमहरुबाट थाहा पाइयो। अझ त्यसबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेपछि जानकारी भयो। तालिम केन्द्रको गतिविधिले एकलास वातावरणमा पक्कै अवरोध गरेको होला। तर, छिमेकी लखट्ने होइन, व्यवस्थापन गर्ने हो। राष्ट्रपतिको सुरक्षामा खटिने एउटा पक्ष नेपाल प्रहरी पनि हो। त्यसैले राष्ट्रपतिकै नाममा प्रहरीको इतिहास नै बदल्ने गरी निर्णय गर्नु हुँदैन थियो।

राष्ट्रपति कार्यालयको लागि आवश्यक संरचना बनाउन पर्याप्त भूभाग नभएको बताइएको छ। खासगरी हेलीप्याड निर्माणमा समस्या भएको भनिएको छ। तर, त्यहाँ हेलीप्याड बनाउन समस्या छैन। राष्ट्रपति भवन पछाडि पुग्नेगरी खाली ठाउँ छ।

हामी २०४३ सालमा आधारभूत तालिममा हुँदा पनि तालिम केन्द्र सार्ने हल्ला चलेको थियो। त्यति बेला भैरवनाथ गणले तालिम केन्द्र लिन खोजेको भनिएको थियो। तर, त्यसमा कति सत्यता थियो, र किन रोकियो अहिले म बताउन सक्दिन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

किन सार्न हुँदैन?

१. पीजीडीपीएस कोर्ष (आधारभूत तालिम) मा समस्या

हामीले आधारभूत तालिम लिँदा अनुशासन र परेडमा बढी जोड दिइन्थ्यो। तालिम केन्द्रमा उपलब्ध प्रशिक्षकले नै पढाउने र तालिम दिने गर्छन्। विषय विशेषज्ञले पढाएको मलाई थाहा छैन।

अहिलेको आधरभूत तालिम फरक भइसकेको छ। यसलाई पोष्ट ग्राजुएट डिप्लोमा इन पोलिस साइन्सेज (पीजीडीपीएस) भनिन्छ। यो कोर्ष त्रिभुवन विश्वविद्यालयबाट पनि मान्यता प्राप्त छ। त्रिविबाटै खटाइएका प्रतिनिधिको सुपरीवेक्षणमा कोर्ष सन्चालन हुन्छ। पढाउन र तालिम दिन त्रिविका प्राध्यापक र प्रहरीको आन्तरिक जनशक्तिका अतिरिक्त कानुन तथा अन्य विषयका विज्ञको पनि सहयोग लिइन्छ। यी विज्ञलाई एउटा विषय पढाउनका लागि काठमाडौंबाट पनौती जाने समय नमिल्न सक्छ। जसले गर्दा तालिममा ‘काम चलाउ’ तरिका अपनाउनुपर्ने हुनसक्छ।

२. एड्भान्स तालिम प्रभावित हुने

प्रहरीको उन्नत तालिममा ८० प्रतिशत विषयविज्ञ प्रतिष्ठानबाहिरबाट बोलाइन्छ। विज्ञहरुको अभावमा त्यस्ता तालिमको औचित्य रहँदैन। केही तालिम र छलफल अनलाइन पनि गर्न सकिन्छ होला। तर, त्यस्ता छलफल र कक्षा प्रभावकारी हुँदैनन्। किनभने, विद्यार्थी र शिक्षक एक अर्कासँग जोडिएको महसुस गरेका हुँदैनन्। एकतर्फ पढाइ हुने भएकाले आवश्यकता अनुसार खुलेर छलफल नहुने मैले अनुभव गरेको छु।

नेपाल प्रहरीको तालिम ‘फिल्ड’मा नै हुनुपर्छ। यो एकेडेमिक तालिम मात्र होइन। त्यसैले फिल्डमा नगइ दिइएको तालिमको औचित्य हुँदैन। अझ, प्रहरीको एड्भान्स तालिम नै अनलाइन भयो भने त्यसले प्रहरीको कार्यशैलीमा नै असर गर्नेछ।

३. जुलुस नियन्त्रण र रिजर्भ संख्या

प्रहरी तालिमको पाठ्यक्रमका लागि आवश्यक विषय हो, भिड नियन्त्रण। तालिममा भिडका प्रकार र भिडको मनोविज्ञान अध्यापन गरिन्छ। तालिमेहरुलाई यसको अभ्यासका लागि भिड नियन्त्रणमा नै खटाउने गरिन्छ। काठमाडौँ प्रहरी परिसर आफैंमा एउटा विद्यालय हो, भनिन्छ।

त्यति मात्र नभइ प्रहरी प्रतिष्ठान तालिम केन्द्र मात्र नभएर प्रहरी रिजर्भ राखिने ठाउँ पनि हो। त्यहाँका तालिमेलाई आवश्यक परे विभिन्न काममा खटाउन सकिन्छ। पन्चायतकालमा मात्र नभइ प्रजातान्त्र आएपछि पनि काठमाडौमा भिड नियन्त्रणका लागि अनुशासित टोलीको आवश्यकता पर्दा तालिम केन्द्रबाट खटाउने गरिन्थ्यो। तालिम केन्द्र सारिए तालिमेलाई दिइने स्थलगत अभ्यास त छुट्छ नै, प्रहरीको काममा नै व्यवधान हुन्छ।

४. दैवी प्रकोपको ज्ञान

महाराजगञ्ज शहरको बीचमा भए पनि गाउँसमेत नजिक पर्छ। काठमाडौंको विशिष्ट शहरी बनावटका कारण हुने भुकम्प, आगलागी, बाढी जस्ता ठूला घटनामा तालिमेलाई खटाउन सकिन्छ। हामीलाई पनि तालिमका बेला यसरी खटाइएको थियो। त्यसबखत खत्री फिड इन्डस्ट्रीको आगलागी, सामाखुशीको बाढी र दशरथ रंगशाला दुर्घटनापछि शव व्यस्थापनमा हामी प्रशिक्षकसहित खटिएका थियौँ। यी सबै तालिमका अंग हुन्। 

पहिला विश्वेश्वरप्रसाद कोइरालालाई त्यहाँ थुनामा पनि राखिएको थियो। सम्माननीयज्यू आफैँलाई पनि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा त्यहाँ थुनिएको सम्झना होला। त्यसकारण प्रहरी प्रतिष्ठान महाराजगन्जमै हुनुको महत्व छ।

नेपाल प्रहरीको तालिम समयअनुसार र विश्व परिवेश सुहाउँदो हुनुपर्छ। तर, एकलासमा लगेर गुरुकुल शैलीमा पढाउने हो भने त्यसको औचित्य हुँदैन। तसर्थ, प्रधानमन्त्रीज्यू, एक पटक पुनः बुझ्ने प्रयास गरौँ, र प्रहरी प्रतिष्ठान सार्ने निर्णय खारेज गर्ने प्रकृया अगाडि बढाऔं।

(ठकुरी नेपाल प्रहरीका पूर्वडीआइजी हुन्।)

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्