• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ९, २०८२ Wed, Dec 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीलाई बिन्ती–पत्र : पुलिस एकेडेमी हटाउने निर्णय खारेज गरिपाऊँ

64x64
हेमन्त मल्ल ठकुरी सोमबार, साउन १८, २०७८  १०:२६
1140x725

सम्माननीय प्रधानमन्त्रीज्युमा चढाएको बिन्ती-पत्र,

लाखौं प्रहरी उत्पादन गरेको मात्र नभइ प्रहरीको भावनासँग जोडिएको महाराजगन्जस्थित सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान जसलाई पुलिस एकेडेमी भनेर चिनिन्छ) सार्ने निर्णय भइसकेको छ। केन्द्रसहित प्रहरी प्रतिष्ठानलाई काभ्रेको पनौती सार्ने भनिएको छ। यसरी सार्नुपर्ने कारण भने उदेकलाग्दो छ, राष्ट्रपति कार्यालयलाई हेलिप्याड राख्ने ठाउँ अभाव। अनि प्रहरीले तालिम गर्दा राष्ट्रपति कार्यालयमा बाधा परेको समेत भनिएको छ।

प्रहरी प्रतिष्ठान त्यहाँबाट सारिएपछि उक्त ठाउँ राष्ट्रपति कार्यालयले लिनेछ। तर, यसरी प्रहरी प्रतिष्ठान सार्दा प्रहरी सेवामा कस्तो असर पर्छ भन्ने विषय गम्भीर ढंगले अध्ययन नगरिएको स्पष्ट छ। नेपाल प्रहरी एउटा अनुशासित संगठन हो। यो निर्णयविरुद्ध प्रहरी संगठनमा असन्तुष्टिको मसिनो स्वर आए पनि सरकारले त्यसलाई सुन्न सकेको छैन। त्यही स्वर सुन्ने प्रयास सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुन्छ भन्ने आशासहित यो बिन्ती-पत्र लेखेको हुँ।

प्रहरीले आफ्नो आवस्यकता अनुसार वर्षौं लगाएर महाराजगन्जमा प्रतिष्ठान बनाएको हो। त्यसमा सरकारी बजेट र अन्य सहयोग लगानी भएको छ। अब राष्ट्रपति कार्यालयले त्यसलाई कब्जा गर्नु उचित हुँदैन। यसले प्रहरीका लागि गर्नुपर्ने खर्चको अनावश्यक भार त थपिन्छ नै, प्रहरी मनोबलसमेत खस्कन्छ।

तालिम केन्द्र सार्ने कुरा किन उठ्यो?

१. पनौतीको जग्गा उपयोगका लागि

नेतृत्वले लहडमा या कुनै व्यक्तिगत स्वार्थमा विभाग (प्रहरी संगठन)लाई हानी हुने गरी भएका निर्णय चित्त नबुझेर तर्कसहित उठेका स्वर नेपाल प्रहरीमा प्रायः दबेका हुन्छन्। त्यसको परिणाम के हुन्छ भने, केही समयपछि ठूलो विष्फोटमा निस्किन्छन्। अनि विष्फोटको चोट विभागले लामो समयसम्म बेहोर्नु पर्छ। यसको उदाहरण ‘सुडान काण्ड’लाई लिन सकिन्छ।

प्रहरी प्रतिष्ठानको लागि पनौतीमा गरिएको जग्गा खरिदमा नै निहीत स्वार्थ जोडिएको थियो। त्यो ठाउँ प्रहरी प्रतिष्ठानका लागि प्राविधिक हिसाबले उपयुक्त छैन। प्रहरी संगठनभित्रैबाट यो आवाज नउठेको होइन। तर, पटक्कै सुन्ने प्रयास गरिएन। स्वार्थपूर्ण तरिकाले किनिएको जग्गा उपयोग गरेको देखाउन प्रहरी संगठनको कार्य–प्रणाली नै खल्बलिने गरी प्रतिष्ठान सार्नै हुँदैन।

Ncell 2
Ncell 2

२. राष्ट्रपतीलाई हैरानी !

तालिम केन्द्रमा हुने तालिम र परेडले राष्ट्रपतिलाई बाधा भएको सन्चारमाध्यमहरुबाट थाहा पाइयो। अझ त्यसबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेपछि जानकारी भयो। तालिम केन्द्रको गतिविधिले एकलास वातावरणमा पक्कै अवरोध गरेको होला। तर, छिमेकी लखट्ने होइन, व्यवस्थापन गर्ने हो। राष्ट्रपतिको सुरक्षामा खटिने एउटा पक्ष नेपाल प्रहरी पनि हो। त्यसैले राष्ट्रपतिकै नाममा प्रहरीको इतिहास नै बदल्ने गरी निर्णय गर्नु हुँदैन थियो।

राष्ट्रपति कार्यालयको लागि आवश्यक संरचना बनाउन पर्याप्त भूभाग नभएको बताइएको छ। खासगरी हेलीप्याड निर्माणमा समस्या भएको भनिएको छ। तर, त्यहाँ हेलीप्याड बनाउन समस्या छैन। राष्ट्रपति भवन पछाडि पुग्नेगरी खाली ठाउँ छ।

हामी २०४३ सालमा आधारभूत तालिममा हुँदा पनि तालिम केन्द्र सार्ने हल्ला चलेको थियो। त्यति बेला भैरवनाथ गणले तालिम केन्द्र लिन खोजेको भनिएको थियो। तर, त्यसमा कति सत्यता थियो, र किन रोकियो अहिले म बताउन सक्दिन।

किन सार्न हुँदैन?

१. पीजीडीपीएस कोर्ष (आधारभूत तालिम) मा समस्या

हामीले आधारभूत तालिम लिँदा अनुशासन र परेडमा बढी जोड दिइन्थ्यो। तालिम केन्द्रमा उपलब्ध प्रशिक्षकले नै पढाउने र तालिम दिने गर्छन्। विषय विशेषज्ञले पढाएको मलाई थाहा छैन।

अहिलेको आधरभूत तालिम फरक भइसकेको छ। यसलाई पोष्ट ग्राजुएट डिप्लोमा इन पोलिस साइन्सेज (पीजीडीपीएस) भनिन्छ। यो कोर्ष त्रिभुवन विश्वविद्यालयबाट पनि मान्यता प्राप्त छ। त्रिविबाटै खटाइएका प्रतिनिधिको सुपरीवेक्षणमा कोर्ष सन्चालन हुन्छ। पढाउन र तालिम दिन त्रिविका प्राध्यापक र प्रहरीको आन्तरिक जनशक्तिका अतिरिक्त कानुन तथा अन्य विषयका विज्ञको पनि सहयोग लिइन्छ। यी विज्ञलाई एउटा विषय पढाउनका लागि काठमाडौंबाट पनौती जाने समय नमिल्न सक्छ। जसले गर्दा तालिममा ‘काम चलाउ’ तरिका अपनाउनुपर्ने हुनसक्छ।

२. एड्भान्स तालिम प्रभावित हुने

प्रहरीको उन्नत तालिममा ८० प्रतिशत विषयविज्ञ प्रतिष्ठानबाहिरबाट बोलाइन्छ। विज्ञहरुको अभावमा त्यस्ता तालिमको औचित्य रहँदैन। केही तालिम र छलफल अनलाइन पनि गर्न सकिन्छ होला। तर, त्यस्ता छलफल र कक्षा प्रभावकारी हुँदैनन्। किनभने, विद्यार्थी र शिक्षक एक अर्कासँग जोडिएको महसुस गरेका हुँदैनन्। एकतर्फ पढाइ हुने भएकाले आवश्यकता अनुसार खुलेर छलफल नहुने मैले अनुभव गरेको छु।

नेपाल प्रहरीको तालिम ‘फिल्ड’मा नै हुनुपर्छ। यो एकेडेमिक तालिम मात्र होइन। त्यसैले फिल्डमा नगइ दिइएको तालिमको औचित्य हुँदैन। अझ, प्रहरीको एड्भान्स तालिम नै अनलाइन भयो भने त्यसले प्रहरीको कार्यशैलीमा नै असर गर्नेछ।

३. जुलुस नियन्त्रण र रिजर्भ संख्या

प्रहरी तालिमको पाठ्यक्रमका लागि आवश्यक विषय हो, भिड नियन्त्रण। तालिममा भिडका प्रकार र भिडको मनोविज्ञान अध्यापन गरिन्छ। तालिमेहरुलाई यसको अभ्यासका लागि भिड नियन्त्रणमा नै खटाउने गरिन्छ। काठमाडौँ प्रहरी परिसर आफैंमा एउटा विद्यालय हो, भनिन्छ।

त्यति मात्र नभइ प्रहरी प्रतिष्ठान तालिम केन्द्र मात्र नभएर प्रहरी रिजर्भ राखिने ठाउँ पनि हो। त्यहाँका तालिमेलाई आवश्यक परे विभिन्न काममा खटाउन सकिन्छ। पन्चायतकालमा मात्र नभइ प्रजातान्त्र आएपछि पनि काठमाडौमा भिड नियन्त्रणका लागि अनुशासित टोलीको आवश्यकता पर्दा तालिम केन्द्रबाट खटाउने गरिन्थ्यो। तालिम केन्द्र सारिए तालिमेलाई दिइने स्थलगत अभ्यास त छुट्छ नै, प्रहरीको काममा नै व्यवधान हुन्छ।

४. दैवी प्रकोपको ज्ञान

महाराजगञ्ज शहरको बीचमा भए पनि गाउँसमेत नजिक पर्छ। काठमाडौंको विशिष्ट शहरी बनावटका कारण हुने भुकम्प, आगलागी, बाढी जस्ता ठूला घटनामा तालिमेलाई खटाउन सकिन्छ। हामीलाई पनि तालिमका बेला यसरी खटाइएको थियो। त्यसबखत खत्री फिड इन्डस्ट्रीको आगलागी, सामाखुशीको बाढी र दशरथ रंगशाला दुर्घटनापछि शव व्यस्थापनमा हामी प्रशिक्षकसहित खटिएका थियौँ। यी सबै तालिमका अंग हुन्। 

पहिला विश्वेश्वरप्रसाद कोइरालालाई त्यहाँ थुनामा पनि राखिएको थियो। सम्माननीयज्यू आफैँलाई पनि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा त्यहाँ थुनिएको सम्झना होला। त्यसकारण प्रहरी प्रतिष्ठान महाराजगन्जमै हुनुको महत्व छ।

नेपाल प्रहरीको तालिम समयअनुसार र विश्व परिवेश सुहाउँदो हुनुपर्छ। तर, एकलासमा लगेर गुरुकुल शैलीमा पढाउने हो भने त्यसको औचित्य हुँदैन। तसर्थ, प्रधानमन्त्रीज्यू, एक पटक पुनः बुझ्ने प्रयास गरौँ, र प्रहरी प्रतिष्ठान सार्ने निर्णय खारेज गर्ने प्रकृया अगाडि बढाऔं।

(ठकुरी नेपाल प्रहरीका पूर्वडीआइजी हुन्।)

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
वडा र क्षेत्रपछि केन्द्रीय महाधिवेशन गर्न काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्