काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले दुई करोड ५० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ।
कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात् कम्पनीको नियमअनुरुप उक्त दाबी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति धर्मपत्नी सपना मल्ललाई हस्तान्तरण गरेको हो।
दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडिया, सञ्चालक जगदीशकुमार अग्रवाललगायत कम्पनीका पधाधिकारीको उपस्थिति रहेको थियो।
कम्पनीले हालसम्म आठ करोड २३ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।