काठमाडौं– मानुषी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको तयारी गरेको छ। कम्पनीले साउन २७ गतेदेखि ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
हाल ७ करोड रुपैयाँ रहेको कम्पनीको चुक्तापूँजी आईपीओ बाँडफाँटपश्चात १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ।
कम्पनीको आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ।
आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते स्वीकृति पाएको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ।
साथै मेरो सेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।