काठमाडाैं- आइतबार उच्च अंकले बढेको पुँजीबजार मापक नेप्सेमा आज सामान्य करेक्सन आएको छ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२४ अंकले घटेर ३०५०.४३ विन्दुमा ओर्लिएको छ।
नेप्सेमा आज कूल १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २२३ वटा कम्पनीका तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर एक लाख ३७ हजार २४२ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.९३ अंकले घटेर ५७१.११ विन्दुमा ओर्लिएको छ।
आज पाँचवटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। एनआईसी एसिया डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ७.२२ प्रतिशतका दरले गुमाएका छन्।
आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै ३९ करोड ३० लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। संख्यात्मक आधारमा एनएमबी५० सबैभन्दा धेरै ३४ लाख ३८ हजार ६७० कित्ता र ग्लोबल आईएमई बैंकको सेयर सबैभन्दा धेरै तीन हजार ७४६ पटक किनबेच भएका थिए।
आज बैंकिङ, विकास बैंक, इन्भेस्टमेन्ट, म्युच्युअल फण्ड तथा अन्यबाहेक सबै उपसमूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।