काठमाडौं- नबिल बैंकले आजदेखि तीन अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ।
‘८ प्रतिशत नबिल डिबेञ्चर २०८५’ नाम दिइएको सात वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रतिएकाइ एक हजार रूपैयाँ अंकित दरमा बिक्री खुल्ला गरिएको बैंकले जानकारी दिएको छ। ऋणपत्रमा लगानी गर्दा वार्षिक आठ प्रतिशत ब्याजदर पाइनेछ।
कूल ३० लाख कित्ता ऋणपत्रमध्ये एक अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी एक अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।