• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
ललिता निवास प्रकरण

अदालतमा  विजय गच्छदारको बयान- ‘मलाई भ्रष्टाचार मुद्दा लाग्दैन, बदनियत राखेर मुद्दा दायर गरियो' [बयानसहित]

64x64
नेपाल लाइभ सोमबार, साउन ११, २०७८  ०८:१०
1140x725

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूविरुद्ध परेको भ्रष्टाचार मुद्दा खारेज हुनुपर्ने माग गरेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार बाहिर गएर आफूविरुद्ध मुद्दा दायर गरेको उनको आरोप छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा विभागीय मन्त्रीको रूपमा मन्त्रिपरिषद्‍मा फाइल पठाएर भ्रष्टाचार गरेको आरोप लागेका उनले विशेष अदालतमा बयान दिने क्रममा उक्त कुरा बताएका हुन्। तीन घन्टासम्म चलेको बयानमा उनलाई विशेष अदालतले १८ वटा प्रश्न सोधेको थियो। मानसिक अवस्था ठीक छ कि छैनदेखि कुनै फौजदारी कसुर लागे/नलागेसम्मको प्रश्न उनलाई सोधिएको थियो।

गच्छदारले आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेको र मन्त्रिपरिषद्‍ले गरेको नीतिगत निर्णयमा अख्तियारले मुद्दा चलाउन नसक्ने जिकिर गरेका छन्। उनले उक्त प्रस्ताव आफूले तयार नगरेको र तयार गर्नका लागि कसैलाई पनि निर्देशन नदिएको दाबी गरेका छन्।

सवाल-जवाफको बुँदा नम्बर ८ मा उनले आफूलाई सुनुवाइको मौकासमेत नदिइ भ्रष्टाचार मुद्दा लगाइएको जिकिर गरेका थिए। तत्कालीन व्यवस्थापिका संसद्को सुशासन समिति, पूर्वसचिव शारदाप्रसाद त्रितालको समितिले समेत तयार गरेको प्रतिवेदनबारे केही जानकारी नभएको र आफूलाई सुनुवाइको मौकासमेत नदिएको बयानमा उल्लेख छ। त्यसैले त्यो आफूविरुद्ध प्रमाण नलाग्ने उनको जिकिर छ। आफूले आरोपबमोजिम कुनै गैरकानुनी कार्य वा भ्रष्टाचारजन्य क्रियाकलाप नगरेको दाबी उनले बयानमा प्रस्तुत गरेका छन्।

‘मैले कुनै भ्रष्टाचारजन्य क्रियाकलाप गरेको छैन। आफ्नो पदीय जिम्मेवारी सदैव इमान्दारीपूर्वक तथा कानुन, संविधानबमोजिम पूरा गरेको छु,’ उनले बयानमा भनेका छन्, ‘मातहत कार्यालय, महाशाखा बुझ्ने तथा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाउनका लागि स्वीस्कृतिको लागि मात्र मन्त्रीसमक्ष पेस गर्ने हो।’

उनले यसमा आफ्नो कुनै बदनियत नभएको र मन्त्रिपरिषद्‍बाट भएको निर्णय भएकाले कुनै किसिमको भ्रष्टाचारजन्य कार्य नभएको जिकिर बयानमा गरेका छन्।

माधवकुमार नेपालको मन्त्रिपरिषद्‍मा भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हालेको अवस्थामा २०६६ माघ १४ गते मुख्यसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरूको बैठकबाट प्रधानमन्त्रीनिवास परिसरको व्यवस्थाका लागि सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानुनसम्मत ढंगले छुट्ट्याइ व्यवस्थित बनाउने भनी आएको प्रस्ताव प्रधानमन्त्रीको निर्देशनअनुसार अघि बढाएको दाबी गच्छदारले बयानमा गरेका छन्।
 
‘यो अन्तिम निर्णय लिनसक्ने अन्तिम अधिकार मसँग छैन। मेरो कुनै व्यक्तिगत सक्रियता र भूमिका छैन,’ बयानमा उनले भनेका छन्, ‘मैले कसैलाई त्यस्तो टिप्पणी उठाएर ल्याउनु भनेको वा कुनै काम गर्न लगाएको छैन। प्रक्रियागत रूपमा टिप्पणी उठ्दै आएकाले सो टिप्पणी निर्णयका लागि प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा मन्त्रिपरिषद्‍मा पेस गर्ने प्रयोजनका लागि टिप्पणी सदर गरेको हुँ।’

विभागीय मन्त्रीले पेस गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍को क्षेत्राधिकारभित्र पर्ने र मन्त्रिपरिषद्‍ले नै स्वीकृत वा अस्वीकृत गर्ने अधिकार राख्ने हुनाले आफूले उक्त प्रस्ताव मन्त्रिपरिषद्‍मा पेस गरेको उनले बयानमा दाबी गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘कुनै सरकारी जग्गा अमूक व्यक्तिको नाममा दर्ता गर्नु भनी मबाट कुनै निर्णय भएको छैन, मैले यस्तो आदेश कसैलाई पनि दिएको छैन,’ गच्छदारले बयानमा भनेका छन्, ‘जग्गाको सट्टापट्टासम्बन्धी निर्णय मन्त्रिपरिषद्‍बाट भएकाले सोधभर्ना मात्र हो।’

उनले यसमा आफ्नो कुनै बदनियत नभएको र मन्त्रिपरिषद्‍बाट भएको निर्णय भएकाले कुनै किसिमको भ्रष्टाचारजन्य कार्य नभएको जिकिर बयानमा गरेका छन्।

उनलाई तपाईं निर्दोष हो भन्ने आधार के हो? भनी सोधेको प्रश्नमा आफूले कुनै पनि भ्रष्टाचारजन्य कार्य नगरेको दाबी गरेका छन्। ‘मन्त्रिपरिषद्‍बाट भएको नीतिगत निर्णयउपर मलाई अख्तियारले आफ्नो क्षेत्राधिकार समेत ख्याल नगरी पूर्वाग्रहपूर्वक तरिकाले मुद्दा दर्ता गरेको हुनाले प्रस्तुत मुद्दा न्यायको रोहमा खारेज गरिपाऊँ,’ बयानमा भनिएको छ, ‘मन्त्रिपरिषद्‍को नीतिगत निर्णयउपर अख्तियारले अनुसन्धान छानविन गर्न कानुनतः नमिल्नेमा सो सम्बन्धमा गैरकानुनी तरिकाले अभियोग लगाएकाले सजाय गर्न मिल्दैन।’

गच्छदारविरुद्ध अख्तियारले नौ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानुनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ। ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। विशेष अदालतमा मुद्दा दायर भएको दुई वर्षपछि मात्र हाजिर भएका उनी १० लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७७ फागुन २३ गते उनको घरमा जिल्ला अदालतका कर्मचारीले म्याद तामेली गरेका थिए। म्याद तामेल भएको ३० दिन नाघिसक्दा पनि उनी हाजिर नभएपछि काठमाडौंस्थित घरमा तामेल गरिएको थियो।

उक्त मुद्दामा परेकामध्ये रामकुमार सुवेदीसहित ३२ जना आरोपित अझै अदालतमा हाजिर भएका छैनन्। हालसम्म विशेषले तीन जना अभियुक्तलाई मात्र पुर्पक्षका लागि थुनामा पठाउँदै अरुलाई धरौटीमा रिहा गरेको छ।

भ्रष्टाचार मुद्दा दायर भएपछि २०७६ माघ २४ गते गच्छदारको सांसद पद निलम्बनमा परेको थियो। हाल उनी निलम्बित सांसदका रूपमा रहेका छन्। गच्छदार असार ३० गते विशेष अदालत हाजिर हुँदै धरौटीमा रिहा भएका थिए। करिब तीन घन्टा चलेको बयानपछि उनलाई पुर्पक्षको आदेश गर्दै विशेषले धरौटीमा रिहा गरेको थियो। उक्त मुद्दामा उनी सबैभन्दा ‘हाइप्रोफाइल’ अभियुक्त हुन्।

हेर्नुहोस् गच्छदारको बयान:

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर... बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्