• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मैले देखेको अफगानिस्तान : काबुल फेरि बुर्काले छेकिन सक्छ

64x64
हेमन्त मल्ल ठकुरी शनिबार, साउन २, २०७८  ०७:००
1140x725

म अफगानिस्तान पुग्दा तालिवानहरु सत्ताच्युत भइसकेका थिए। तर, उनीहरुको आतंक जारी थियो। त्यही आतंक नै म अफगानिस्तान पुग्ने कारण बन्यो।

हिंसाबाट बिस्तारै बाहिर निस्कँदै गरेको अफगानिस्तानमा फेरि आतंकको छायाँ देख्न थालिएको छ। त्यहाँको पछिल्लो अवस्थालाई निरपेक्ष व्याख्या गर्न सकिँदैन। तालिवान शासनकालसम्म पुग्नै पर्छ।

अफगानिस्तानमा तालिवानहरु सत्तामा थिए। ठाउँ–ठाउँमा युद्ध जारी थिए। पूरा देश अशान्त थियो। यस्तै बेला पश्चिमा देशहरु अफगानास्तिान प्रवेश गरे। अमेरिका नेतृत्वको पश्चिमी सैन्य गठबन्धनले राजधानी काबुलबाट तालिवानलाई लेखेटे। बिस्तारै देशका प्रमुख शहर पनि तालिवानको कब्जाबाट मुक्त भए।

सैनिक कारबाहीको जिम्मा अमेरिकाले लियो। लागुऔषध नियन्त्रणको जिम्मा बेलायत र प्रहरीको जिम्मा जर्मनीले लिए। तर, सहमति विपरीत अमेरिकाले बिस्तारै सबै क्षेत्रमा हात हाल्न थाल्यो। जस कारण यी राष्ट्रबीच मतान्तर र अविश्वास देखिन थालेको विभिन्न बैठकमा भाग लिँदा प्रष्टै थाहा हुन्थ्यो।

अफगानिस्तानका अलग-अलग प्रान्तमा विभिन्न देशका सेना खटिए। खासगरी सैनिक कारबाहीको जिम्मा अमेरिकाले लियो। लागुऔषध नियन्त्रणको जिम्मा बेलायत र प्रहरीको जिम्मा जर्मनीले लिए। तर, सहमति विपरीत अमेरिकाले बिस्तारै सबै क्षेत्रमा हात हाल्न थाल्यो। जस कारण यी राष्ट्रबीच मतान्तर र अविश्वास देखिन थालेको विभिन्न बैठकमा भाग लिँदा प्रष्टै थाहा हुन्थ्यो। प्रहरीको तालिम होस् वा सुरक्षा निकाय संचालनको विषय, उनीहरुबीच मतान्तर चुलिन थालेको थियो।

म सन् २००७ देखि २००८ सम्म अफगानिस्तानमा थिएँ। संयुक्त राष्ट्रसंघ मिशनको पुलिस ‘एडभाइजरी युनिट’ प्रमुखको रुपमा मैले काम गर्ने अवसर पाएको थिएँ। कामका सिलसिलामा अफगानी गृह, रक्षा र अर्थ मन्त्रालय तथा युरोपोल, आईसाफ र विभिन्न राजदूतावासमा प्रत्येक हप्ता वा आवश्यकता अनुसार हुने बैठकमा जानुपर्थ्यो। ती बैठकमा म आफ्ना धारणा प्रष्टसँग राख्थेँ। मेरो मिशन समाप्तीपछि मैले पेश गरेको रिपोर्टमा पनि अफगानिस्तानको भविष्यलाई लिएर सकारात्मक धारणा थिएन। त्योबेला र हाल देखिइरहेको अफगानिस्तानको अवस्थामा मैले तात्विक फरक देखेको छैन।

मैले अफगानिस्तान छाडेको १३ वर्ष भइसकेको छ। तर, सुरक्षा, भ्रष्टाचार, मानवअधिकार र कर्मचारीतन्त्रमा खास सुधार छैन। त्यहाँ पश्चिमा देशहरुको उपस्थिति भए पनि भारत, चीन, रुस लगायत देशको स्वार्थ वृद्धि भइरहेको छ। अफगान सरकार र विद्रोही पक्षले अन्तरराष्ट्रिय र क्षेत्रीय स्वार्थ कसरी व्यास्थापन गर्ने हुन्, त्यो महत्वपूर्ण छ। किनकी दोहामा सम्पर्क कार्यालय खोलेपछि तालिवान पहिला जस्तो अफगानिस्तानभित्र मात्र समेटिएर बसेको छैन। अहिलेको अवस्था हेर्ने हो भने तालिवानविरुद्ध सरकारी सुरक्षा संयन्त्रले चलाएको कदममा हतियार उपलब्ध गराइएका सरकार समर्थित मिलिसिया, मुजाहिद्दिनलगायत पनि तालिवान विरुद्धको लडाइमा संलग्न छन्। यसकारण अफगानिस्तानमा फेरि द्वन्द चर्किने संभावना बढेको छ।

सेनाको ज्यादती र नागरिकमा निराशा
सेना र प्रहरीको भर्ना, तालिम, प्रहरीको कमाण्ड तथा संरचना लगायत कारण त्यहाँ अपराध एवं आतंकवाद नियन्त्रण हुन नसकेको भन्दै अफगान सुरक्षा निकायको आलोचना हुने गरेको थियो। आवश्यकता अनुसार दिनुपर्ने लामो तालिमका लागि समय थिएन। एक महिने तालिम पश्चात् बर्दी र हतियार दिएर फिल्डमा पठाइएका प्रहरीबाट सुरक्षाको कल्पना गर्न सकिँदैन पनि थियो। यसरी खटाइएका कतिपय प्रहरी नै अपराधमा संलग्न हुन्थे। तालिवानका नाममा सेनाले जनतामाथि अनावश्यक ज्यादती गरेको थियो। भ्रष्टाचार व्यापक थियो। सरकारी कार्यालयबाट प्राप्त हुने सेवाबारे नागरिकमा चरम असन्तुष्टी थियो। न्यायको कल्पना गर्न सकिंदैन थियो। यो अवस्था जनताका लागि सरकारबाट टाढिन पर्याप्त थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी पक्षबाट तालिवान विरुद्ध हुने धेरैजसो अपरेशन ग्रामीण इलाकामा केन्द्रित थियो। यस कारण पनि तालिवानलाई जनता माझ आफ्नो पहुँच बनाउन सजिलो भएको थियो। ग्रामीण क्षेत्रका नागरिक विकासबाट त टाढा थिए नै, सरकारी निकायमा पहुँच पनि निकै कम थियो। 

न्याय, सुरक्षा लगायत विषयमा सरकारबाट सुनुवाइ नहुँदा उनीहरु तालिवानको शरणमा पुग्थे। उनीहरुका समस्या सरकारभन्दा तालिवानबाट चाँडै निरुपण हुन्थ्यो। भलै निरुपण गर्ने आधार र तरिका फरक थियो। यसो हुँदा जनता तालिवानसँग सहज मान्थे। तालिवानीहरु पनि स्थानीयलाई भद्र व्यवहार गर्थे। तर, भोलिका दिनमा सत्तामा पुगिहाले कस्तो व्यवहार गर्लान् भन्न सकिने अवस्था भने छैन।

तालिवानले आफ्नो नियन्त्रित क्षेत्रमा सरकारद्वारा संचालित स्कुल र अस्पताललाई ‘तालिवानी कानून’ मान्ने गरी संचालन हुन दिएको थियो। अहिले पनि त्यसरी नै संचालित छन्। 

अफगानिस्तानमा हुने महिला हिंसाको विरोधमा सन् २०१२ मा काबुलमा प्रदर्शन गर्दै किशोरीहरु। तस्वीर : डाउन 

तालिवानसँग डराएको शहरी क्षेत्र मात्र हो। उनीहरुले कब्जा गरे आधुनिकता, आधुनिक शिक्षा, हक र अधिकार नियन्त्रित हुने डर शहरबासीलाई छ, जुन सही पनि हो। अहिले काबुल लगायत ठूला शहरमा बुर्का नलगाएका महिला देखिनु सामान्य हो। स्कुले लुगा लगाएर हिँडिरहेका केटीहरुको समूह देख्न सकिन्छ। रेडियो, टीभी सिरियल (त्यसमा पनि भारतिय टिभी सिरियल) भारतीय सिनेमा भन्दा लोकप्रिय छन्। सिरियलका कलाकार सिनेमाका कलाकारभन्दा लोकप्रिय छ्न। परिवारसहित रेष्टुरेन्ट जाने प्रचलन बढेको छ। स्टेज कार्यक्रम पनि यदाकदा देखिन्छन्।

नेपालमा कल्पना नै नगरेका अत्याधुनिक सवारी साधन काबुलको शहरमा देख्न सकिन्छ। व्यापार फस्टाएको छ। यी सबै कुरामा नियन्त्रण हुन्छ भन्ने शहरबासीको डर हो। आधुनिक लुगा लगाउन, दारी काट्न पाईंदैन भन्ने चिन्ता हो। महिलाको पढ्ने र स्वतन्त्र घुम्ने अधिकार हनन हुन्छ। बुर्का युगमा फर्किनुपर्ने चिन्ता शहरका महिलालाई छ।

जोखिममा पर्न सक्छन् अफगानिस्तानमा रहेका नेपाली
तालिवानी शासनको अन्त्यपछि हजारौँ नेपाली अफगानिस्तान पुगेका छन्। नेपालीहरु विश्व बैंक, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय, विदेशी सुरक्षा कम्पनी र अफगानिस्तानस्थित विदेशी कम्पनीमा काम गर्न पुगेका छन्। सुरक्षा कम्पनीमार्फत गएका नेपाली अमेरिकी दूतावास, बेलायती दूतावास लगायतको सुरक्षामा खटिएका छन्। उनीहरु अमेरिकाद्वारा ल्याइएका विज्ञहरुको सुरक्षामा पनि खटिएका छ्न।

सुरक्षामा खटिएका नेपाली खतरा मोलेर अफगानिस्तानमा बसेका छन्। सन् २०१६ मा काबुलस्थित क्यानडाको दूतावासमा भएको आत्मघाती आक्रमणमा १३ नेपालीको मृत्युु भएको थियो। केही अन्य स्थानमा भएका आत्मघाती हमलामा पनि सुरक्षामा खटिएका नेपालीले ज्यान गुमाएका छन्। 

अफगानिस्ताबाट विदेशी सेना फर्किएपछि त्यहाँ विदेशी निकायको सुरक्षामा नेपालीहरुको संलग्नता बढ्ने छ। अर्कोतर्फ तालिवानबाट हुने हमला नियन्त्रण गर्न अफगानी सुरक्षा संयन्त्रलाई हम्मे परे उनीहरुले विदेशी सुरक्षा कम्पनीसँग सहयोग माग्ने संभावना पनि छ। यस्तो भए अफगानिस्तानको सुरक्षाका लागि नेपालीहरु सुरक्षा संयन्त्रमा भर्ना भएर पुग्ने संभावना बढी हुन्छ। यो निकै जोखिमपूर्ण काम हो। 

- ठकुरी नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक (डीआइजी) हुन्।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए? शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : राहत, उद्धार र पुनर्स्थापनाका लागि अहिलेसम्म कति देशबाट आयो सहयोग? शुक्रबार, भदौ १९, २०८३
बाढीले क्षति पुर्‍याएका २० वटा झोलुंगे पुल तत्काल मर्मत गरी सञ्चालनमा ल्याइने शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्