• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सरकारले दुःख सुखमा साथ दिन्छ भन्ने अनुभूति दिलाउनेछौं : गृहमन्त्री खाँण [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, असार ३१, २०७८  १५:०८
1140x725

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन्। गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवन रक्षा नै आफ्नो पहिलो दायित्व भएको बताएका छन्।

जुनकुनै कारणले होस् कुनैपनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै मुल मर्मका साथ काम गर्ने उनको भनाइ छ। उनले राजनीतिक विचारधाराबाट परिचालित नभई काम, कर्तव्य, भूमिका र योगदानको आधारमा सुरक्षा निकायलाई प्रोत्साहित तथा उत्साहित गरि मनोबल बढाउने भूमिकामा आफू रहने बताए। प्रस्तुत छ, गृहमन्त्री खाँणसँग गरिएको कुराकानी :

अत्यन्तै चुनौतीपूर्ण अवस्थामा तपाईंले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ। आगामी दिनमा आफ्नो चुनौती के देख्नुभएको छ?
म एउटा नेपाली कांग्रेसको सिपाही हुँ। मुलुकको एउटा जिम्मेवार नागरिक पनि हुँ। त्यसकारण मैले गृह मन्त्रालयलाई एउटा नागरिकको आँखाबाट हेर्छु। जनप्रतिनिधिको रुपमा जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा मैले मिहिनेत गर्छु। त्यसकारण मैले के अनुभूत गरेको छु भने यो मन्त्रालय आउनुभन्दा अगाडिदेखि नै सरकार सञ्चालन गर्ने क्रममा सरकारको बारेमा पहिलो अनुभूति दिने नै यो मन्त्रालय हो, सरकार छ भनेर।

मानौँ, जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जानुपर्‍यो। त्यहाँ गृह मन्त्रालय मातहतको जिल्ला प्रशासन कार्यालय हुन्छ। त्यसैगरी कहीँ केही प्रकोप भयो, त्यहाँ गृह मन्त्रालयको सुरक्षा निकाय पुग्नुपर्‍यो। त्यसले गर्दा जनतालाई सरकार छ, सरकार मेरो साथमा छ , दुःख–सुखमा साथ दिन्छ भन्ने अनुभूति दिनुपर्छ भन्ने मेरो मान्यता र सोच हो। त्यसको लागि नै म कार्यरत रहन्छु।

तपाईंसँग रक्षा मन्त्रालय चलाएको अनुभव छ, सुरक्षाको मनोबल बुझ्नुहुन्छ होला। कतिपय अवस्थामा राजनीतिक हस्तक्षेपका कारण सुरक्षाकर्मीको मनोबल सबैभन्दा कमजोर भएको छ। तपाईंको भूमिका राजनीतिक हस्तक्षेप बढाउनमा केन्द्रित हुन्छ वा मनोबल बढाउनमा?
गृह मन्त्रालय अन्र्तगतका राष्ट्रसेवकहरु होस् या नेपाल सरकारका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी मित्रहरु हुनुहोस्, या शिक्षक, प्राध्यापक सबै हुनुहोस्, या सुरक्षा निकायमा कार्यरत अधिकृत र जवानहरु होस् सबैले मुलुकका निर्माणका लागि महत्त्वपूर्ण योगदान पुर्‍याइरहनु भएको छ। तर, हाम्रो मन्त्रालय मातहत भएका सम्पूर्ण सुरक्षाकर्मी र राष्ट्रसेवकहरुले आवश्यक परेमा चौबीसै घण्टा खट्नुपर्छ। ज्यानको जोखिम राखेर गर्नुपर्छ।

अहिले कोरोना महामारी छ। कहीँ बाढी छ। पानीमा नागरिक डुबिरहेको छ। बाढीले बगाइरहेको छ। पुलिसले त हाम्फालेर रेस्क्यु गर्नुपर्‍यो नि। उसले कोरोना महामारी छ भनेर मास्क खोज्न थाल्दैन नि। आफ्नो जीवनलाई जोखिममा राखेर पनि नागरिकको रक्षा गर्ने दायित्व बोकेका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई हामीले सम्मान गर्नैपर्दछ। उहाँहरुलाई पर्याप्त साधन, स्रोत दिन सकेका छैनौँ। पर्याप्त सुविधा दिन सकेका छैनौँ। त्यही पनि ती राष्ट्रसेवक र सुरक्षाकर्मीहरुको यो देश हाम्रो हो, हामी यो देशको नागरिक हौँ र हाम्रा परिवारका सदस्यहरु पनि नागरिक हुन्।

त्यसकारणले परिवारका सदस्यप्रतिको मेरो जुन कर्तव्यबोध छ, जुन दायित्व छ देशका नागरिक र देशप्रति पनि मेरो दायित्व बोध छ भनेर त्यो दायित्व बोध भएको कारणले उहाँहरु काम गरिरहनुभएको छ। यस्तो बेलामा हामीले उहाँहरुलाई प्रोत्साहित गर्ने, उत्साहित गर्ने र उहाँहरुको मनोबल बढाउने नै हो।

नेपाल प्रहरीमा पछिल्लो समय आएर जघन्य प्रकृतिको अपराधको अनुसन्धान गर्ने प्रहरीको एउटा टिम छ तर गृह मन्त्रालयले जहिले पनि निजामतिबाट पनि छानविन समिति बनाउँछ। जसका कारण घटनाको सत्यतथ्य बाहिर आउनुको सट्टा अनुसन्धान प्रभावित हुन्छ। उदाहरणका लागि निर्मला पन्तको घटनालाई नै हेरौं। तपाईंको कार्यकालमा यो क्रम तोडिएला?
यसमा मिडियाले पनि सहयोग गर्नुपर्छ। कुनै घटना घट्यो। नेपाल प्रहरीले त तत्काल त्यहाँ अनुसन्धान थाल्छ। उसको त त्यो दायित्व र कर्तव्यभित्रै पर्छ। तर, त्यसको तथ्य छानविन गरेर बाहिर ल्याउन केही समय पनि लाग्छ। फेरि छानविन भइरहेको बेलामा सबै कुराहरु छानविनका रिपोर्टहरु बाहिर ल्याउनुपनि उचित नहोला। किनभने कतिपय कुराहरु छानविन भइराखेको हुन्छ। पत्ता लगाउन खोजिरहेको हुन्छ। जम्मै कुरा भन्ने हो भने त सम्बन्धित अपराधी भागिरहेको पनि हुन्छ। त्यसकारणले त्यसको गोपनियता राखेको पनि होला।

Ncell 2
Ncell 2
nimb
nimb

तर, जनस्तरबाट आवाज उठ्छ, हामीले पनि उठाइन्छ। पुलिसले छानविन गर्नै सकेन। पुलिसले अपराधीलाई पक्रनै सकेन, जाँचबुझ नै गर्न सकेन विभिन्न स्तरबाट त्यो कुरा उठ्दाखेरी छानविन समिति बनाइदिऊँ भनेर मन्त्रालयले छानविन समिति बनाइदिन्छ। छानविन समिति बनाउँदाखेरी पनि प्रहरीले त्यसमा अनुसन्धान त गर्नैपर्छ। त्यसकारणले यसमा कतिपय यस्ता मुद्धाहरु होलान्, कतिपय यस्ता घटना होलान् जहाँ तथ्यगत छानविन गर्नुपर्ला। कहीँ संसदीय छानविन समिति चाहिएला। कहीँ न्यायिक छानविन समिति चाहिएला। कहीँ प्रशासनिक छानविन समिति चाहिएला। तर, कुनै घटना भयो र त्यो घटना बाहिर आयो, जनमानसमा एउटा आक्रोश जाग्यो भने त्यो घटनाको तथ्य पत्ता लगाउने भन्दापनि जनमानसमा उठेको आक्रोशलाई शान्त पार्नका लागि छानविन समिति बनाइदिएको घटनाहरु पनि होलान्।

त्यसकारणले कतिखेर साच्चै छानविन समिति बनाउने, कतिखेर पुुलिसमाथि पुरै भरोसा गरेर पुलिसलाई हामीले साथ दिने, त्यसका लागि बरु आवश्यक सामग्री, उपकरणहरु दिने कि त्यसमा तपाईंहरुले पनि मद्दत गर्नुस्। म पनि लागौंला।

हिजो तपाईँ विपक्षी दलको प्रमुख सचेतक हुनुहुन्थ्यो। प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो। कयौँ घटनामा तपाईंले आफैले प्रश्न गर्नुभएको छ। आज तपाई जवाफ दिने ठाउँमा र जिम्मेवारी लिने ठाउँमा आउनुभएको छ। यी दुई भूमिकाको सन्तुलन कसरी मिलाउनुहुन्छ?
घटना भयो। त्यतिखेर प्रश्न उठाइयो। जिज्ञासा उठाइयो। जानकारी सरकारसँग मागियो। किनकी आम नागरिकसँग, जनप्रतिनिधिसँग घटनाको बारेमा केही तथ्यहरु थाह हुन्छ। केही कुरा देखिन्छ, सुनिन्छ तर सत्य, यथार्थ थाहा नहुनसक्छ। त्यसकारणले यो घटनाको बारेमा यथार्थ कुरा जनतासमक्ष ल्याइयोस् भनेर जनप्रतिनिधिले माग गर्नु त्यो सही कुरा हो।

Xtrem

Xtrem

तर, सरकारले, सरकारको प्रतिनिधि या मन्त्रीले त्यसमा सत्यतथ्यको जानकारी दिने हो। विगतमा हामीले जुन ढंगले प्रश्न उठाएका छौँ ती प्रश्नहरुको जवाफ कतिपय सवालमा आफैं दिने ठाउँमा पनि पुगिन्छ। त्यसकारणले खास गरेर हाम्रो यो बहुदलीय शासन व्यवस्था त्यो पनि बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा सरकार कहिले प्रतिपक्षमा पुग्छ कहिले प्रतिपक्ष सरकारमा पुग्छ। त्यसैले यसलाई सहजै रुपमा लिनुपर्ने हुन्छ। र, विगतको कतिपय सन्दर्भहरुलाई हामीले अध्ययन पनि गर्नुपर्दछ। त्यो अध्ययनबाट हामीले पाठ लिएर आउने दिनमा अझै राम्रो पनि गर्न सक्नुपर्दछ।

तपाईंका प्राथमिकताहरु के-के हुन्?
पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो। किनकी यो राज्यप्रणालीको दुनियाँमा प्रार्दुभाव किन भयो, सरकार किन बन्यो, समुदायमा हामी किन बस्यौँ भन्दा हाम्रो जीवन रक्षाको लागि हो। मान्छेले आफ्नो जीवनरक्षाको लागि मान्छे मान्छेसँग मिलेर समुदाय बनायो राज्य प्रणालीमा सुरुवात गर्‍यो।

जुनसुकै सरकारले पनि मेरो शासन व्यवस्था भित्रको नागरिकको जीवन रक्षा मेरो पहिलो दायित्व हो, कुनैपनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै हाम्रो मुल प्राथमिकता हो। त्यसकारले विभिन्न घटना परिघटनाबाट मान्छेको ज्यान जाने कुरा होस्, चाहे यो कोरोना महामारीबाट मान्छेको ज्यान जाने कुरा होस्, संक्रमणको कारणले, जुनखालको हाम्रो अर्थ व्यवस्था पनि थिलथिलो भएको छ। यसैलाई नै हामीले प्राथमिकताको साथ अगाडि लाने हो। गृह मन्त्रालयका थुप्रै कार्यक्षेत्रहरु छन्। त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो।

तपाईंले पदबहाली गरेलगत्तै विभिन्न सुरक्षा अधिकारीहरुसँग छलफल गर्नुभएको थियो। के कुराकानी भएको थियो?
उहाँहरुले मन्त्रालयको सांगठनिक ढाँचा, यसको काम, कर्तव्य, कार्यक्षेत्रको बारेमा जानकारी गराउनुभयो। मैले आफ्नो अनुभवहरु र उहाँले जानकारी गराएको विषयमा आफ्नो धारणाहरु राखें। सबैलाई धन्यवाद दिएँ। त्यसपछि यो मन्त्रालय मातहतका सुरक्षा निकायहरुसँग आफ्नो–आफ्नो निकायमै छलफल हुन्छ। त्यसपछि विभिन्न तहगत विभागहरु छन् उनीहरुसँग पनि छलफल हुन्छ। 

अहिले खाली मैले पदबहाली गरें। सचिवजीले यहाँको स्थितिको बारेमा र यसको सांगठनिक ढाँचाको बारेमा, काम, कर्तव्य, अधिकार र भुमिकाको बारेमा, केही समस्या र चुनौतीहरुको बारेमा ब्रिफ गर्नुभयो। मैले एउटा नागरिकको चस्मा लगाएको जुन अवस्थामा म छु, मैले एउटा नागरिकले गृहको बारेमा, नागरिकले सुरक्षाको बारेमा, सुरक्षाकर्मीको बारेमा जे धारणा राख्छ, त्यो मैले राखें। हामी सबै मिलौँ। मुलभूत रुपमा नेपालको जुन शासन प्रणाली छ यो शासन प्रणालीमा नेपाली जनता नै मालिक हुन्। र, हामीहरु राजनीतिकर्मी जनप्रतिनिधिहरुपनि हामी सेवक हौँ। तपाईंहरु राष्ट्रिय सेवक पनि जनताको सेवक हो। त्यसकारणले हामी एक आपसमा हातेमालो गरौँ। जनतालाई मालिक बनाउने, मालिकको अनुभूति दिने, संविधानमा, विधिमा, कानुनमा मालिक त बनाइयो। तर मनमा, अनुभूतिमा जनतालाई साँच्चै सरकार सेवक भएछ, जनप्रतिनिधि सेवक भएछन्, हामी मालिक भएछौँ भन्ने अनुभूति दिन सकौँ। त्यसको लागि सामूहिक प्रयत्न गरौँ। म तपाईंहरुसँग मित्रवत् व्यवहार गर्छु। म तपाईंहरुको साथीको रुपमा आएको छु भनेर भनेको छु। 

सशस्त्र प्रहरीको बीओपी स्थापनाको कार्य आक्रमक ढंगले अघि बढिरहेको छ। यसमा तपाईंको प्राथमिकता के रहन्छ? प्रहरीको समायोजन, सरुवा बढुवाको बारेमा के छ?
बीओपीको बारेमा, नेपालको भूमिको रक्षा गर्ने काम हाम्रो हो। सरकारको हो। नागरिकको सुरक्षा गर्ने दायित्व पनि हाम्रो हो। बीओपीले राष्ट्रिय भूमिको रक्षा र नागरिकको रक्षामा मद्दत पुर्‍याउँछ भन्ने नै हामी सबैको विश्वास हो र त्यसले निरन्तरता पाउँछ। जहाँसम्म सरुवा, बढुवाको कुरा गर्नुभयो। त्यसमा कार्यक्षमताकै आधारमा गर्नुपर्दछ भन्ने मेरो मान्यता हो। एउटा सामान्य नागरिकले पनि के भन्छ भने यसले राम्रो जनताको मन जित्ने काम गरेको छ।

जनतालाई सम्मानित गर्दै आफ्ना कामहरु सम्पन्न गरेको छ भने कतिपय जिल्लामा सीडीओलाई, राष्ट्रसेवक कर्मचारीलाई, पुलिस प्रशासकलाई अभिनन्दन गरेर खाँदा र मालाले ढाकेर पठाइदिएका पनि छन्। सम्मान गरेर बिदाई हुने बेलामा। कतिपय ठाउँमा साटाकसुटुक हिड्नुपर्ने अवस्था पनि छ। यो सन्तुलन मिलाएरै गर्नुपर्ने हुन्छ।

मैले यसमा अध्ययन गर्नै बाँकी छ। भर्खर आएको छु। सबैको सल्लाह मलाई चाहिन्छ, कसरी मैले जाने। बाहिर जनमानसमा के छ भन्दाखेरी बढुवामा व्याचका व्याच जम्प गराउनु राम्रो होइन, भन्ने छ जनतामा। एकदमै विशेष दख्खल हासिल गरेको, कुनै विज्ञता हासिल गरेको, कुनै त्यस्ता ठूला घटनाहरुलाई बढो गम्भीरताका साथ अनुसन्धान गरेर ठूलो स्याबासी लायक काम गरेकाहरुलाई काम गर्नेले सम्मान पाउँछ, काम गर्नेले स्थान पाउँछ भनेर इम्प्रेसन दिन गर्ने कुरा अलग हो। नभएदेखि व्याचका व्याच मिचेर गर्नु राम्रो होइन भन्ने आम जनताको भनाइ छ। त्यसप्रति म गम्भीर छु।

कोभिड महामारीमा अग्रभागमा खटिएका सुरक्षाकर्मीलाई दिने भनेको भत्ता अहिलेसम्म पनि नपाएको अवस्था छ। यसबारेमा के गर्नुहुन्छ?
कोभिड महामारीमा सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरु खटिनुपरेको छ। जनताको सुरक्षाका लागि पनि सरकारको प्रतिवद्धता छ। सबैलाई भ्याक्सिन छिटोभन्दा छिटो लगाउने योजनामा छौं। सबैको उपचार गर्ने, सबै संक्रमितहरुको जीवन बचाउँ त्यसका लागि सरकार दत्तचित्त छ।

त्यसको साथसाथै गृह मन्त्रालय र हाम्रो सुरक्षा निकायहरुले फ्रन्टलाइनमा बस्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सुरक्षाकर्मीहरुको पनि उनीहरुको पनि जीवन रक्षाको दायित्व सरकारको हो। मन्त्रालयको हो। विभागको हो। त्यतापट्टिपनि हामी गम्भीर छौँ। उहाँहरु संक्रमित नहुनुहोस्। त्यसका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउने। आवश्यक प्रशिक्षण दिने। आवश्यक भ्याक्सिनहरु दिने। संक्रमित भइहाल्यो भने ती सुरक्षाकर्मी र राष्ट्रसेवकको पनि जीवन रक्षा गर्ने, तीनको पनि उपचार गर्ने दायित्व हाम्रो हो भनेका छौँ।

त्यसका लागि मैले उहाँहरुसँग ब्रिफिङमा पनि भनेको छु कि– राम्रो कामको लागि स्रहाना गर्दछु र तपाईंहरुको जीवन रक्षाको लागि सरकार साथमा छ। मन्त्रालय तपाईंहरुको साथमा छ। उहाँहरुलाई उत्साहित र प्रोत्साहित गर्ने काम गर्छौं।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्