काठमाडौं- लक्ष्मी बैंकले सिराहाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा शाखा सञ्चालनमा ल्याएको छ। यो बैंकको १३२औँ शाखा हो।
उक्त शाखामार्फत् ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ।
यससँगै बैंकको सञ्जाल ४८ जिल्लामा १३२ शाखा, ६ एक्स्टेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १६१ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहितबैंकिङ एजेन्ट पुगेको बैंकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।