काठमाडाैं- धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ विन्दुले उकालो लागेर २८७१.०३ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७४ विन्दुले उकालो लागेर ५३९.५१ मा पुगेको छ।
आज कूल २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार रुपैयाँ मूल्यमा खरिद-बिक्री भए। मंगलबारको कारोबारपछि बजार पुँजीकरण ३९ खर्ब ९३ अर्ब ७५ करोड ९४ लाख ५० हजार रुपैयाँ बराबर पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज जीवन बिमा उपसमूहको मात्रै सेयर ओरालो लागेको छ। सो उपसूहको सेयर ६६.१९ विन्दुले घट्दा अन्य १२ उपसमूहको सेयर भने उकालो लागेको छ। बैंकिङ १४.२४, व्यापार ८.४१, होटल तथा पर्यटन १९.२९, विकास बैंक ७०.३३, जलविद्युत् १३.९१, वित्त ९३.७८, निर्जीवन बिमा १४.४, उत्पादन ५.०९, अन्य ८.११, लघुवित्त ३३.९३, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४ विन्दुले उकालो लागेको छ।
कारोबारका आधारमा आज नेपाल बंगलादेश बैंक शीर्ष स्थानमा रहेको छ। उक्त बैंकको ४५ करोड ४७ लाख ४७ हजार १८८ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै, नेपाल लाइफ इन्स्योरेन्स २३ करोड ३५ लाख ३३ हजार २६८ रुपैयाँ, एनआईसी एसिया बैंक १९ करोड ९५ लाख १९ हजार ८९१ रुपैयाँ, निर्धन उत्थान लघुवित्त १९ करोड ९० लाख ६१ हजार ९८० रुपैयाँ र नबिल बैंक १८ करोड ३० लाख ९० हजार ६९६ रुपैयाँ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहे।
नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स ६.९८, समृद्धि फाइनान्स ६.७९, मञ्जुश्री फाइनान्स ६.६६, प्रोगेसिभ फाइनान्स ६.५९ र आईसीएफसी फाइनान्सका लगानीकर्ताले ६.५२ प्रतिशतले कमाए। यसैगरी, सानिमा लार्ज क्याप फण्ड ३.०८, सीईडीबी हाइड्रोपावर १.६१, इन्फिनिटी लघुवित्त १.३४, ग्लोबल आईएमई समुन्नत स्किम एक १.२६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.१२ प्रतिशतले गुमाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।