• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मान्सिनीले भुलेका प्रतिभाशाली फुटबलर मारियो बालोटेली

64x64
नेपाल लाइभ आइतबार, असार २७, २०७८  २१:०१
1140x725

सन् २०१८ मा फुटबलको माहोलले इटाली निकै तात्यो। विश्व फुटबलमा कमाएको गर्विलो इतिहास मेटिएको समाचारसमेत छापिए। ब्राजिल र जर्मनीपछि सर्वाधिक चारपटक विश्वकप उपाधि उचालेको इटालीजस्तो फुटबलकै शक्तिशाली टोली रसियाले आयोजना गरेको विश्वकपमा छनोट नहुँदा यस्ता समाचार प्रकाशित हुनु स्वाभाविक थियो।

छनोट चरणको असफलतापछि तिखो आलोचना सहेको इटालियन फुटबल फेडेरेसनले त्यसको ६ महिनापछि प्रशिक्षकको जिम्मेवारी रोबेर्टो मान्सिनीलाई दियो। फेडेरेसनले उनीसँग दुई वर्षको सम्झौता गरेको थियो। आफ्नो जमानाको उत्कृष्ट स्ट्राइकरको छवि बनाएका मान्सिनी क्लबस्तरीयमा पनि उतिकै नाम कहलिएका व्यक्ति हुन्।

इटालीले आइतबार राति फाइनल खेलिरहँदा उनै मान्चिनीले आश देखाएका एक खेलाडी भने टिभीमा खेल हेरिरहेका हुनेछन्। ती हुन्, मारियो बालोटेली।

मान्सिनी तिनै प्रशिक्षक हुन्, जसले म्यानचेस्टर सिटीलाई ४४ वर्षपछि पहिलोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जिताएका थिए। सन् २०१३ मा सिटी परित्याग गरेपछि उनी गालातासारी, इन्टर मिलान र सेन्ट पिटर्सवर्गमा आबद्ध भएका थिए।

उनी सन् १९८८ को युरोकपमा इटालीको राष्ट्रिय फुटबल टोलीका सदस्य पनि थिए। अहिले त्यही टोली सम्हाल्दा मान्सिनी निकै दबाबमा थिए। किनभने इटालीलाई शून्य अवस्थाबाट उठाउनुपर्ने थियो । तर, मान्सिनीले सुरुका दिनमा सोचेजस्तो नतिजा दिलाउन सकेनन् । उनको प्रशिक्षणमा पहिलो पाँच खेलमा इटाली पराजित भएको थियो। तर, त्यसयता ३३ खेलमा अपराजित छ। जसको श्रेय मान्सिनीलाई जान्छ। 

इटालीले आइतबार राति फाइनल खेलिरहँदा उनै मान्सिनीले 'आश देखाएका' एक खेलाडी भने टिभीमा खेल हेरिरहेका हुनेछन्। ती हुन्, मारियो बालोटेली।

मान्सिनी र बालोटेलीको सम्बन्ध पुरानै हो। सन् २०१८ मा इटालीको राष्ट्रिय टोली प्रशिक्षक बनेपछि मान्सिनीले उनलाई मौका दिएका थिए। साउदी अरेबियासँगको मैत्रीपूर्ण खेलमा बालोटेलीले गोल पनि गरे। तर, त्यसपछि उनी राष्ट्रिय टोलीमा पर्न सकेनन्। 

मान्सिनीले अल्जेरियाविरुद्ध हुने युरोपियन च्याम्पियनसिप २०२० को छनोटअघि उनलाई इटालीको टोलीमा समावेश गर्ने बचन दिए। तर, त्यसका लागि एक वर्ष कुर्नुपर्ने उनको भनाइ थियो। ‘जब म मारियो बालोटेलीलाई राष्ट्रिय टोलीमा समावेश गर्छु। त्यो उनको रङका कारण हुने छैन। किनभने उनी उत्कृष्ट खेलाडी हुन्,’ मान्सिनीले भनेका थिए। एक वर्षपछि पुनरागमन गर्ने अनुमान गरिएका बालोटेली उनको नजरमा पर्न सकेनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बालोटेली को हुन्?
बालोटेली तीनै हिरो हुन्, जसले इटालीलाई सन् २०१२ को युरोकपको फाइनलमा पुर्‍याएका थिए। सेमिफाइनलमा बालोटेलीले जादूयी प्रदर्शन गरे। जर्मनीविरुद्ध उनले दर्शनीय दुई गोल गरेका थिए।

बालोटेली घाना मूलका हुन्। उनी जन्मिनुअघि नै परिवार इटालीको पालेर्मोमा बसाइ सरेको थियो। गरीब परिवारका उनी तीन वर्षको हुँदा ब्रेससियाकै एउटा परिवारले लालनपालनको जिम्मा लिएको थियो।

यही प्रदर्शनमा इटाली फाइनल पुग्यो। तर, फाइनलमा स्पनेसँग ४–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझायो। सेमिफाइलनको प्रदर्शनपछि बालोटेली निकै चर्चामा आए। जर्मनीविरुद्धका गोलपछि बालोटेली आफ्ना कर्म दिने आमा सिल्भियालाई सम्झिएर भावविह्वल बनेका थिए।

बालोटेली घाना मूलका हुन्। उनी जन्मिनुअघि नै परिवार इटालीको पालेर्मोमा बसाइ सरेको थियो। गरीब परिवारका उनी तीन वर्षको हुँदा ब्रेससियाकै एउटा परिवारले लालनपालनको जिम्मा लिएको थियो। उनको जिम्मा लिने परिवारका मुली थिए, फ्रानसेस्को बालोटेली। उनकी श्रीमती सिल्भिया थिइन्।

Xtrem

Xtrem

बिस्तारै उनको सम्बन्ध आमाबुबासँग टुट्यो। फ्रानसेस्को र सिल्भिया उनलाई प्यारो लाग्न थाले। अनि नाम पनि मारियो बालोटेली लेख्न थाले।

इटालीको राष्ट्रिय टोलीबाट २०१० मा डेब्यु गरेका बालोटेलीले हालसम्म ३६ अन्तर्राष्ट्रिय खेलमा १४ गोल गरेका छन्। तर, उनी २०१० को विश्वकपमा टीममा सामेल गरिएका थिएनन्। त्यो साल इटाली समूह चरणबाटै बाहिरिएको थियो। 

त्योभन्दा अगाडी नै उनले क्लबस्तरीय प्रतियोगितमा नाम कमाइसकेका थिए। बालोटेलीले फुटबल करिअरका सुरुका ६ वर्ष स्थानीय क्लब लुमेज्जेनमा बिताए। निकै प्रतिभावान खेलाडीको छवि बनाएका उनले त्यहीबीचमा स्पेनिस महारथी क्लब बार्सिलोना छिर्ने प्रयास गरे। तर, ट्रायल सफल हुन सकेन।

सन् २००७ मा उनलाई इटालीकै सर्वोत्कृष्ट क्लब इन्टर मिलानले भित्र्यायो। इटालीयन ‘सिरि ए’मा इन्टर मिलानको एकछत्र राज थियो। २००७ नोभेम्बरमा बालोटेलीले मैत्रीपूर्ण खेलमा क्लबबाट पहिलोपटक मौका पाए।

इन्टर ५–२ गोलले विजयी भएको त्यस खेलमा बालोटेली एक्लैले दुई गोल गरे। त्यसपछि क्लबले चासो दिन थाल्यो। उनलाई एक महिनापछि नै घरेलु लिग सिरि एमा डेब्यु गराइयो।

उनी सुरुवाती ११ मा क्लबबाट खेल्न चाहन्थे। तर, उनको चाहना भने पूरा हुन सकेन। उनलाई प्रशिक्षक रोबर्टो मान्सिनीले वैकल्पिक खेलाडी बनाए। त्यसको तीन दिनपछि उनलाई प्रशिक्षक मान्सिनीले कोपा इटालियाको खेलमा सुरुवाती ११ मै समावेश गरे। रेज्जिनाविरुद्ध भएको त्यस खेलमा इन्टर ४–१ गोलले विजयी हुँदा बालोटेली एक्लैले दुई गोल गरे।

म्यान्चेस्टर सिटीमा खेल्दा बालेटोली र प्रशिक्षक रोबर्टो मान्सिनी। तस्वीर : स्काई स्पोर्टस

एकपछि अर्को खेलमा आफूलाई सावित गर्दै गएका बालोटेलीले त्यही प्रतियोगिताको क्वाटरफाइनलमा इटालीकै बलियो मानिने युभेन्ट्सविरुद्ध उसकै मैदानमा दुई गोल गरे। ठूला क्लबविरुद्ध पनि अब्बल सावित भएका यी खेलाडीबारे इटाली फुटबलले सोच्न थाल्यो, अब सिनियर राष्ट्रिय टोलीमा ल्याइनुपर्छ।

२००८ को रोमाविरुद्धको  सुपर कोपा इटालियानाको फाइनलमा अन्तिम समयमा मैदान छिराइएका बालोटेलीको प्रदर्शन निर्णायक रह्यो। लुइस फिगोको स्थानमा मैदान छिरेका बालोटेलीले ८३औँ मिनेटमा गोल गरेपछि निर्धारित समयको खेल बराबरीमा सकिएको थियो। त्यसपछि इन्टरले टाइब्रेकरमा उपाधि जित्यो। 

सोही वर्ष आयोजित युरोपियन च्याम्पियन्स लिगमा गोल गर्दै उनी प्रतियोगिताको इतिहासमा गोल गर्ने इन्टरका सबैभन्दा कान्छा खेलाडी भए। युभेन्ट्सको मैदानमा भएको खेलमा बालोटेलीविरुद्ध रंगभेदी व्यवहार भएपछि त्यसले युरोपभर चर्चा पायो। बालोटेलीमाथी दुव्र्यवहार हुनु पछाडि त्यस खेलमा उनले गोल गरेर खेल १–१ गोलको बराबरीमा ल्याएका थिए।

इन्टरको नयाँ प्रशिक्षक भए, जोसे माउरिन्हो। तर, उनलाई बालोटेली खासै मन पर्दैन थियो। जसकारण उनीसँग बालोटेलीको सम्बन्ध दिनदिनै खराब बन्दै गयो। माउरिन्होको आरोप थियो, बालोटेली प्रशिक्षणमा गम्भीर छैनन्। 

चर्को आलोचनापछि युभेन्ट्सले एक खेल घरेलु समर्थकबिनै खेल्ने निर्णय लियो। त्यसयता निरन्तर रंगभेदी व्यवहारको सिकार भएका बालोटेली युभेन्ट्सको मैदानमा खेल्न नसक्ने अवस्थामा पुगे। किशोर अवस्थामा उदाउँदै गरेका प्रतिभालाई फुटबलकै समर्थकले होच्याएपछि उनको आत्मबल निकै कमजोर भयो। त्यही बेला उनका प्रिय प्रशिक्षक मान्सिनीले पनि इन्टर छाडे।

त्यसपछि इन्टरको नयाँ प्रशिक्षक भए, जोसे माउरिन्हो। तर, उनलाई बालोटेली खासै मन पर्दैन थियो। जसकारण उनीसँग बालोटेलीको सम्बन्ध दिनदिनै खराब बन्दै गयो। माउरिन्होको आरोप थियो, बालोटेली प्रशिक्षणमा गम्भीर छैनन्। 

बालोटेलीले एक वर्ष क्लबमा उनलाई झेले। तर, सम्बन्ध दिनानुदिन बिग्रिदै गयो। उदाउँदै गरेका यी युवा खेलाडीलाई युरोपियन च्याम्पियन्स लिगमा चेल्सीसँगको खेलका लागि माउरिन्होले मौकासमेत दिएनन्। 

जसकारण बालोटेली र माउरिन्होबीचको द्वन्द्व चर्किएको फुटबल समर्थकहरुले छर्लङ्ग देख्न पाए। प्रशिक्षकसँग राम्रो सम्बन्ध नभएका बालोटेलीलाई त्यसबेला हौसला दिने व्यक्तिको खाँचो थियो, त्यो काम गर्न सक्थे क्लबका सिनियर खेलाडीले।

तर, भइदियो ठिक उल्टो। टोलीमा नपर्ने डरले सिनियर खेलाडीले अनुशासनहीन काम गरेको भनेर बालोटेलीको छवि नै सकाउने प्रयास गरे। ‘त्यो समयमा बास्तवमै मेरो लागि धेरै कठिन थियो। क्लबसँग मेरो त्यति राम्रो सम्बन्ध थिएन। त्यसमाथि एसी मिलानको जर्सी लगाएर एक टेलिभिजन सोमा देखिएपछि सार्वजनिक रुपमा माफी माग्न बाध्य भएँ,’ उनी सम्झन्छन्।

त्यसपछि प्रशिक्षक माउरिन्होको मन पलायो। बढ्दो क्रेज र उदाउँदो भविष्य भएका युवा खेलाडीलाई मैदान बाहिर राखिराख्न सकेनन्। उनले घरेलु लिगको बोलोग्नासँगको खेलमा बालोटेलीलाई खेलाए। मैदानबाहिर हुँदा पनि उत्तिकै मेहनत गर्ने बालोटेलीले गोलसहित पुनरागमन गरे। उनको त्यो खुशी धेरै दिन टिक्न सकेन।

युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनासँग कमजोर प्रदर्शन गरेको भन्दै उनले समर्थकबाट आलोचना खोपे। उनीमाथि समर्थकबाट आक्रमणको प्रयाससमेत भयो। यद्यपि, त्यो सिजन इन्टर युरोपियन च्याम्पियन भयो। बालोटेलीले युरोपमा २१ वर्षभन्दा मुनिका सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बुटसमेत पाए। 

त्यही वर्ष इटालीको सिनियर राष्ट्रिय टोलीमा प्रवेश पाए, लगत्तै विश्वकप खेले। माउरिन्होसँग बालोटेलीको सम्बन्ध राम्रो नभएको बुझेका प्रशिक्षक रोबर्टो मान्सिनीले उनलाई इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी भित्र्याए।

बालोटेलीले सिटीको डेब्यु खेलमै गोल गरेर माउरिन्होसँग रहेको रिस देखाइदिए। सिटीमा खेल्दा बालोटेली गोल गरेपछि जर्सी माथि उचाल्दै भित्र लगाएको टिसर्ट देखाउँथे जहाँ लेखिएको हुन्थ्यो ‘ह्वाई अलवेज मि?’ 

सन् २०११ मा सिटीले एफए कपको फाइनलमा स्टोक सिटीलाई हराउँदा बालोटेली प्लेयर अफ दि म्याच चुनिए। सिटीले त्यतिबेला ३५ वर्षपछि पहिलो उपाधि जितेको थियो। ‘उनको खेल्ने शैली प्रिमियर लिगमा सुहाउने खालको थियो। उनी युवा अवस्थामा थिए र आफूलाई सुधार र परिपक्व बनाउने ठूलो सम्भावना भएको कारण मेरो नजरमा परेका थिए,’ मान्सिनी भन्छन्।

तर, यतिका विश्वास गरेर मान्सिनीले भित्र्याएका बालोटेलीले उनको इज्जत राख्न सकेनन्। जसका कारण प्रशिक्षक मान्सिनीसँग उनको सम्बन्ध बिस्तारै बिग्रिदै गयो। कारण थियो, छिटो रिसाउने स्वभाव। प्रिमियर लिगमा उनको दोस्रो सिजनमा उनले चार रेड कार्ड पाए र प्रतिबन्धका कारण ११ खेल गुमाए। 

सिजनको अन्त्यतिर बाँकी रहेको खेल पनि प्रशिक्षक मान्सिनीले उनलाई नदिने घोषणा गरे। तर, लिगको अन्तिम खेलमा क्विन्सपार्क रेन्जर्ससँग बालोटेलीलाई उनले अन्तिम समयमा मैदान छिराए। जसमा उनी अब्बल ठहरिए।

खेलको इन्जुरी समयमा बालोटेलीले दिएको पासमा सर्जियो एगुएरोले गोल गर्दै सिटीलाई ४४ वर्षपछि प्रिमियर लिग उपाधि जिताए। तर, बालोटेली क्लबमा धेरै समय खुसी हुन पाएनन्। २०१२/१३ सिजन विन्टर ट्रान्सफरअघि बालोटेलीले घरेलु लिगमा १४ खेल खेले पनि एक गोल मात्र गरे। सिटीले बालोटेलीलाई इटालीको एसी मिलान पठायो।

सिटी छाडेयता क्लबमा राष्ट्रिय टोलीबाट उनले लोभलाग्दो खेल प्रदर्शन गर्न सकेनन्। सिटीमा तीन सिजन बिताएपछि लोनमा एसी मिलान पुगेका बालोटेली पछि प्रिमियर लिगमा लिभरपुलबाट पुनरागमन गरेका थिए। प्रि–सिजनमा एक करोड ६० लाख पाउन्डमा लिभरपुलले भित्र्याउँदा उनले पुनरागमन गर्नसक्ने अनुमान थियो। लिभरपुलबाट २८ खेल खेलेका बालोटेलीले मात्रै चार गोल गरे।

त्यसपछि उनी फ्रान्सको निस पुगे। निसमा रहँदा उनले आफू इङ्ल्यान्ड फर्किए पूर्वक्लब म्यानचेस्टर सिटी जाने बताउँथे। ६ खेलमा ६ गोल गरेका बोलोटेली निसमा रहँदा अधिकांश समय चोटग्रस्त भएर मैदान फर्किन सकेनन्। त्यसपछि उनी मार्सेली हुँदै ब्रेससिया पुगे। 

सन् २०१४ को विश्वकपअघि भएको युरोपियन छनोटमा उनी इटालीका लागि सर्वाधिक गोलकर्ता बने। विश्वकपको पहिलो खेलमा उनले इङ्ल्यान्डविरुद्ध विजयी गोल पनि गरे। तर, लगातार दुई खेल हारेपछि इटाली पहिलो चरणबाटै बाहिरियो। त्यसयता करीब पाँच वर्ष उनी राष्ट्रिय टोलीबाहिर रहे।

बालोटेलीकै पुराना प्रशिक्षक मान्सिनी सन् २०१८ मा इटालीको राष्ट्रिय टोली प्रशिक्षक बनेपछि उनलाई टोलीमा मौका दिइएको थियो। उनले क्लबका लागि २५ खेलमा ८ गोल मात्र गरेका थिए।

फुटबल क्षेत्रमा क्रियाशिलहरु एउटा कुरामा सहमत छन्, करिअरमा गति लिनुपर्ने समयमा उनी विवादमै अल्झिए, जसको असर उनको प्रदर्शनमा पर्यो। यसकै कारण ठूला क्लबमा लामो समयसम्म रहन सकेनन्।

३० वर्षीय बालोटेलीलाई अब राष्ट्रिय टोलीमा फर्किन त्यति सजिलो छैन। त्यसका लागि उनले ब्रेससियाबाट उत्कृष्ट प्रदर्शन गर्नैपर्ने छ, अनि विगतका विवादहरुबाट मुक्त पनि हुनुपर्नेछ। इटालीका प्रशिक्षक मान्सिनी  भन्छन्, ‘म मारियोलाई चिन्दछु र उनलाई माया पनि गर्छु। उनी उत्कृष्ट खेल्छन्। फुटबलले द्वन्द्व ल्याउनुभन्दा पनि एकतामा बाँध्ने काम गर्नुपर्छ। बालोटेलीले अझै राष्ट्रिय टोलीमा योगदान दिन सक्छन्।’

टोलीमा नसमेटिँदैमा बालोटेलीको खेल जीवनमा पूर्णविराम लाग्यो भन्ने सोच्न नमिल्ने उनले बताए। यसपटक केही युवा खेलाडीलाई अवसर दिएको भन्दै उनले आगामी दिनमा समेट्न सकिने पनि बताए।

यता, बालोटेलीले पनि आफू मानसिक र शारीरिक रूपमा राम्रो अवस्थामा नरहेको कारण फुटबलमा ‘कमब्याक’ गर्न नसेकको स्वीकारेका छन्। ‘यदि तपाईं मलाई बल दिनुहुन्छ भने म यसलाई पहिलो टचमा नियन्त्रणमा राख्न सक्दिनँ,’ उनले भने,  ‘मैले दुई महिनासम्म बललाई लात हानेको छैन। म दुई हप्ता जति पागल जस्तै भएको थिएँ, म पूरै एक्लै थिएँ।’

बालोटेलीसँग जहिले पनि फुटबल समर्थकहरुलाई चकित पार्न सक्ने क्षमता छ। उनले  आफ्नो राष्ट्रिय टोलीमा स्थान खोजिरहेका छन्। यद्यपि, विगतका घटना र खस्कदो प्रदर्शनका कारण कसैले मौका नदिँदा उनले आफ्नो असीम सम्भावना समाप्त भएको ठानिसकेका छन्।

-दीप सुवेदी, एजेन्सीको सहयोगमा

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  २१:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्