काठमाडौं- एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डु लगायतका स्टोरहरूमा विद्युतीय भुक्तानी गरी समान खरिद गर्दा ‘क्यास ब्याक’ उपलब्ध गराउने भएको छ।
बैंकले ती कम्पनीयसँग यससम्बन्धी द्विपक्षीय समझदारी गरेको जानकारी दिएको छ।
बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खानालगायत अन्य आवश्यक सामग्री फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५०० रूपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने जनाएको छ।
बैंकले आफ्नो सेवाहरू विस्तार गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।